सुनौलो बचत तथा ऋण सहकारीको साधारणसभा तथा छैठौं अधिवेशन सम्पन्न

-


     मर्दी न्युज    
     पुस १९ गते २०८२ मा प्रकाशित


पोखरा । सुनौलो बचत तथा ऋण सहकारी संस्थाको १८ औं वार्षिक साधारणसभा तथा छैठौं अधिवेशन सम्पन्न भएको छ ।

शुक्रवार पोखरामा सम्पन्न छैठौं अधिवेशनले जिवनराज सापकोटाको अध्यक्षतामा ९ सदस्यीय नयाँ संचालक समिति चयन गरेको छ । त्यस्तै लिला भट्टराईको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समितिमा सर्वसम्मतले चयन गरेको छ ।

यस्तै संस्थाको उपाध्यक्षमा जगन्नाथ तिमिल्सिना, सचीवमा ईश्वरीप्रसाद पौडेल, कोषाध्यक्षमा गुणराज आचार्य, संचालक सदस्यहरुमा क्रमशः झबिलाल अधिकारी, उमादेबि अधिकारी, पार्बता पाण्डे, झन्कनाथ पौडेल, सुधा सुवेदी बराल साथै लेखा सुपरिबेक्षण समिति सदस्य पदमा ताराप्रसाद गौतम र श्रीकृष्ण श्रेष्ठ निर्वाचित भएका छन् ।

निर्वाचन कार्यक्रमलाई संस्थाका सल्लाहकार डम्बरबहादुर केसीले सम्पन्न गराएका थिए ।
संस्थाका अध्यक्ष टिकाराम सापकोटाको अध्यक्षतामामा संचालन थियो । संस्थाका उपाध्यक्ष भोजकुमार श्रेष्ठले सहकारीका ७ सिद्धान्त बाचन गरेर स्वागत मन्तब्य व्यक्त गरेका थिए भने संस्थाका सचीव सोमबहादुर थापाले कार्यक्रमको संचालन गरेका थिए ।

उक्त अवसरमा आधारभुत तहमा अध्ययनरत आइशा क्रान्ति शर्मा र माध्यमिक तहमा भास्कार प्रताप श्रेष्ठ गरि २ जना विद्यार्थीलाई शैक्षिक पुरस्कार बितरण गरेका थिए । यस्तै उत्कृष्ट कर्मचारी पुरस्कारतर्फ रिसेप्सनिष्ट अनिशा देवकोटालाई सम्मान गरिएको थियो भने उत्कृष्ट कारोबारी सदस्यतर्फ सदस्यद्वय शान्ता श्रेष्ठ र बिष्णुमाया सार्की लामिछानेलाई सम्मान गरिएको थियो ।

यसैगरी संस्थामा बिगत १० वर्ष देखि निरन्तर कार्यरत संस्थाका ब्यवस्थापक गिरिधारी ढकाल र क्यासिअर लक्ष्मी थापालाई दशक सेवा पदकबाट सम्मान गरिएको थियो ।

संस्थाका सल्लाहकार डम्बर बहादुर के सी, बच्चुराम तिवारी, कानुनी सल्लाहकार दामोदर अधिकारीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने अध्यक्षले सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।