
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाएका छन् ।
समसामयिक राजनीतिक विषयमा छलफलका लागि राजनीतिक दलहरुको बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
त्यस्तै सोमबार स्थगित मन्त्रिपरिषद् बैठक अहिले बालुवाटार जारी छ। बैठक साेमबार नै बस्ने तय भए पनि मंगलबार बिहान बसेकाे हाे । बैठक नियमित भएकाे बताइएकाे छ।

