
देशभरका शैक्षिक संस्थामा नयाँ शैक्षिक सत्र आगामी वैशाख १५ गतेदेखि सुरु हुने भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले सो निर्णय गरेको हो ।
सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलका अनुसार २०८३ साल वैशाख १५ बाट नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरिएको हो ।
यससँगै सरकारले सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णयसमेत गरेको छ ।

