Author Archive

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १६.५४ अंकले घट्यो

सेयर कारोबार साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ। गत साताभर निरन्तर ओरालो लागेको बजारले यो साताको पहिलो कारोबार दिन सोमबार पनि गिरावटको क्रमलाई निरन्तरता दिएको हो। सोमबार नेप्से परिसूचक १६.५४ अंकले घट्दै २६३२ अंकमा कायम भएको छ। यसअघि गत साताको सोमबार १.४६ अंक, मंगलबार २६.१७ अंक, बुधबार १४.४६ अंक, बिहीबार ८.५० अंक र शुक्रबार २ अंकले बजार घटेको थियो। कारोबार अवधिभर बजार अधिकांश समय नकारात्मक प्रवृत्तिमा देखिएको थियो। नयाँ कम्पनी ऐन, २०८३ को… पुरा पढौ

राष्ट्रिय धान दिवसमा आधुनिक प्रविधिको प्रदर्शन, ड्रोनबाट मल छर्ने र मेसिनबाट रोपाइँ गर्ने अभ्यास

काठमाडौँ । २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा ललितपुरको खुमलटारमा आधुनिक कृषि प्रविधिको प्रयोग गर्दै ड्रोनमार्फत मल छर्ने र मेसिनको सहायताले धान रोप्ने प्रदर्शन गरिएको छ। ‘जलवायुमैत्री प्रविधि : धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नारासहित राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र तथा बाली विकास एवं कृषि जैविक विविधता संरक्षण केन्द्रले संयुक्त रूपमा आयोजना गरेको महोत्सवमा आधुनिक कृषि प्रविधिको उपयोगलाई प्राथमिकतामा राखिएको थियो। कार्यक्रमको उद्घाटन प्रतिनिधि सभा, कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीले खेतमा ड्रोनमार्फत मल छरेर… पुरा पढौ

आज यी स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको पूर्वी भू-भागको थोरै स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ। अन्य भू-भागमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ। साथै गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भू-भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भू-भागमा २-३ दिनमा मनसुन विस्तार हुने सम्भावना छ । विभागका अनुसार कोशी र मधेस प्रदेश तथा देशको पहाडी र हिमाली भू-भागमा साधरणतया बादल लागेको छ र तराईका भू-भागमा आंशिक बादल लागेको छ ।… पुरा पढौ

सक्रिय हुँदै मनसुन, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने

मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी असार १६ र १७ गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने बताएको छ ।  महाशाखाले आज साँझ विशेष मौसम बुलेटिन जारी गर्दै मधेस, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा तथा एकदुई स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ ।   देशका पहाडी तथा तराई क्षेत्रका धेरै  र हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षाको सम्भावना… पुरा पढौ

बजेट कार्यान्वयनमा स्रोतको कमी हुन नदिने गण्डकीका मुख्यमन्त्री पाण्डेको दावी

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी आर्थिक वर्ष २०८३,८४ को बजेट कार्यान्वयनमा स्रोतको कमी नहुने स्पष्ट पारेका छन् । प्रदेशसभाको आजको बैठकमा बजेटबारे उठेका प्रश्नहरूको जवाफ दिँदै उनले प्रदेश सरकारले यथार्थ र कार्यान्वयनयोग्य बजेट ल्याइएको बताए । “स्रोत सुनिश्चित गरेर बजेट ल्याइएको छ, कार्यान्वयनमा स्रोतको कमी हुँदैन”, उनले भने । तलब वृद्धि र महँगी भत्ताका कारण चालु खर्चतर्फको बजेट बढाउनुपरेको मुख्यमन्त्री पाण्डेले बताए । नागरिकका माग र आवश्यकतालाई बजेटमा अधिकतम रूपमा सम्बोधन गर्ने प्रयत्न गरिएको उनको भनाइ छ ।… पुरा पढौ

शिशुवामा २१ औं असारे रोपाइँ महोत्सव (फोटो फिचर)

पोखरा । पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ संस्करणको असारे रोपाइँ महोत्सवमा यस वर्ष पनि विदेशी पर्यटक उत्साहका साथ सहभागी भएका छन् । ‘पोखरा सबै मौसमका लागि‘ भन्ने मूल नाराका साथ विगत दुई दशकदेखि सञ्चालन हुँदै आएको असारे रोपाइँ महोत्सव यस वर्ष पोखरा महानगरपालिका–३० स्थित लेखनाथ शिशुवा देउराली खोलाछेउमा आयोजना गरिएको हो । परिषद्ले २१औँ संस्करणको महोत्सव असार १५ मा पूर्णिमा परेकाले एक दिनअघि आइतबार आयोजना गरेको हो। महोत्सवमा हलगोरु दौड, असारे भाकासहित रोपाइँ प्रतियोगिता, हिलोमा माछा समात्ने, विदेशी तथा… पुरा पढौ

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

पर्वत । यहाँको मोदी गाउँपालिकाले घर छाउन, आँगनमा बिछ्याउन वा आधुनिक घरहरूमा (मार्बल) स्लेटका रूपमा प्रयोग गरिने स्लेट (ढुङ्गा) खानी सञ्चालन गर्ने भएको छ । मोदी गाउँपालिकाअन्तर्गत वडा नं १ भुकताङ्ले, वडा नं ३ देउराली र वडा नं ४ क्याङको सिमानामा अवस्थित माटेको लेकमा रहेको धवलागिरि क्षेत्रकै ठूलो ढुङ्गाखानी विगत १८ वर्षदेखि बन्द अवस्थामा रहेको हो । तत्कालीन क्याङ, देउराली र भुकताङले गाविसबीचको सिमाना विवादका कारण बन्द भएको स्लेटखानी चालु आर्थिक वर्षमा सञ्चालनमा ल्याइने भएको हो । मोदी गाउँपालिकाको गत… पुरा पढौ