पोखरा । पोखराको सिमलचौरमा रहेको जनप्रिय बहुमुखी क्याम्पसमा शनिबार वक्तृत्वकला, स्वागत र विदाई कार्यक्रम सम्पन्न भएको छ । शिक्षाशास्त्र सङ्कायद्वारा आयोजित उक्त कार्यक्रमको पहिलो चरणमा शिक्षाशास्त्र संकाय चौथो वर्षका विद्यार्थीहरूद्वारा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा अमृत काफ्ले प्रथम भएका भए । यसैगरी द्वितीय, तृतीय र सान्त्वना स्थान क्रमशस् प्रतिभा विक, सुस्मिता अधिकारी र विन्दु पौडेलले प्राप्त गरे । विजयी विद्यार्थीलाई पुरस्कार वितरण गर्दै सहायक क्याम्पस प्रमुख मेखराज पौडेलले जनप्रिय क्याम्पसले नियमित पठनपाठनका अतिरिक्त सहकार्यकलापलाई पनि महत्त्व दिएको बताउनुभयो…
पुरा पढौ