Author Archive

अवरुद्ध पृथ्वी राजमार्ग पूर्णरूपमा सञ्चालनमा

चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित पृथ्वीराज मार्गमा खसेको पहिरो हटाएपछि सवारी आवागमन पूर्ण रूपमा सुचारु भएको छ । शनिवार राति करिब १०:२५ बजे सडक माथिबाट रुखसहितको सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्गको मुग्लिन-काठमाडौं सडक खण्ड दुईतर्फी अवरुद्ध भएको थियो । पहिरोका कारण सडक अवरुद्ध भएपछि पहिरो पन्छाउने कार्य गरिएको थियो । पहिरो हटाएपछि आज बिहान ०६:४५ बजेदेखि सवारीसाधनको आवागमन पूर्ण रूपमा सुचारु भएको हो । सडक सञ्चालनमा आएपछि उक्त सडक खण्डमा रोकिएका तथा आवतजावत गर्ने सवारीसाधनहरू नियमित रूपमा सञ्चालनमा आएका छन् । पुरा पढौ

देशभर मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरमा नेपाल नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर साधारणतया बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका धेरै, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा कोशी प्रदेशका पहाडी भागका एकदुई स्थानमा मध्यम वर्षा भइरहेको छ । गण्डकी प्रदेशका एकदुई स्थानमा पनि भारी वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ ।… पुरा पढौ

वर्षायाममा सहज बन्न सकेन बेँसीसहर–चामे सडक

मनाङ । डुम्रे–बेँसीसहर–चामे सडकको ट्र्याक खोलिएको करिब तीन दशक बढी भयो । यस सडकको लमजुङतर्फको सडक अझैसम्म पनि सहज बनाउन सकिएको छैन । डुम्रे–बँेसीसहर–चामे सडक आयोजनाले निर्माण तथा मर्मतको काम गर्दै आएको भए पनि अपेक्षाकृत काम भने हुन सकेको छैन । सडक आयोजनाले मात्रै काम गर्दा पुरा नहुँदा स्थानीयवासीका साथै पर्यटकीय क्षेत्र मनाङ पुग्न सास्ती भोग्नुपर्ने बाध्यता रहेको छ । हिउँदयाममा कच्ची सडकमा सहज यात्रा गर्न सकिन्छ भने वर्षायाममा सकस हुने गरेको छ । वर्षायाममा मनाङको मेरुदण्ड (लाइफलाइन) तथा एक… पुरा पढौ

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता, एकको पहिचान खुल्यो

पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा महानगरपालिका १४ विजयबस्तीबाट वडा नम्बर २६ सक्नेरी तर्फ खोला तर्ने क्रममा दिउँसो करिब १ बजेतिर उनीहरुलाई खोलाले बगाएको हो । भगवती हाइड्रोपावर नजिकै खोला तर्दा अन्दाजी १४ देखि १५ वर्षका दुई बालक बेपत्ता भएका हुन् । बेपत्ता भएकामध्ये एक जनाको पहिचान खुलेको प्रहरीले जनाएको छ । जिल्ला स्याङ्जा बिरुवा गाउँपालिका ७ घर भई हाल पोखरा १४ छिन्नेडाँडा आर्मी पल्ट्रिङमा बस्ने १४ वर्षका निकसन गुरुङलाई खोलाले बगाएको पुष्टि… पुरा पढौ

‘गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिकता: ग्रामीण अर्थतन्त्रको नयाँ आधार’- मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेश सरकारले ‘औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्न बनेको विधेयक’ लाई पुनः पारित गरेसँगै यसको व्यावसायिक उत्पादन र कानूनी प्रक्रियाबारे बहस तिब्र बनेको छ । प्रदेश प्रमुखबाट केही बुँदामा पुनर्विचारका लागि फिर्ता भएको उक्त विधेयकलाई प्रदेश सभाले गत शुक्रवार संशोधनसहित सर्वसम्मत रूपमा पारित गरेको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यो कदम केवल गाँजा खेतीलाई अनुमति दिनु मात्र नभई ग्रामीण अर्थतन्त्रको पुनरुत्थान र युवा पलायन रोक्ने एउटा वृहत् रणनीतिक योजना भएको बताए ।… पुरा पढौ

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतर्फ नेपालनजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भागमा साधारणतया बदली रहेको छ । मधेस प्रदेश तथा गण्डकी र लुम्बिनी प्रदेशका तराई भागमा आंशिक बदली रहेको छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान… पुरा पढौ

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड रुपैयाँ खर्च

मुस्ताङ । चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि आठ अर्ब ९६ करोड बढी वित्तीय खर्च भएको छ । कालिगण्डकी करिडोर कोरला सडक योजनाले सुरुआती आव २०७३/०७४ देखि आव २०८२/०८३ सम्मको अवधिमा उक्त बजेट खर्च भएको जनाएको छ । कोरला सडकका योजना प्रमुख तेजस्वी शर्माका अनुसार गतवर्षसम्म कोरला सडक योजनाको साविक लागत अनुमान दश अर्ब ५६ करोड रहेकोमा आठ अर्ब ९६ करोड बजेट खर्च भएको उल्लेख गरेको छ । योजनाको पछिल्लो संशोधित लागत अनुमान १५ अर्ब पु¥याइएको छ… पुरा पढौ