Author Archive

नेप्से परिसूचक ८.८१ अंकले बढ्यो

धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आठ दशमलव ८१ अंकले बढेर दुई हजार ६५१ दशमलव २१ मा पुगेको छ ।  ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ९७ अंकले बढेर ४६४ दशमलव ५९ मा पुगेको छ ।  त्यस्तै, फ्लोट सूचक शून्य दशमलव ६० अंकले बढेर १८२ दशमलव १६ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ३६ अंकले बढेर १५७ दशमलव ३३  मा… पुरा पढौ

मिडिया सोसाइटीले भन्यो– पत्रकार किशोर श्रेष्ठलाई तत्काल र नि:शर्त रिहा गर

काठमाडौँ । नेपाल मिडिया सोसाइटीले जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा पक्राउ गरिएको भन्दै गम्भीर आपत्ति जनाएको छ। सोसाइटीले श्रेष्ठलाई तत्काल र नि:शर्त रिहा गर्न सम्बन्धित निकायसँग माग गरेको छ। सोसाइटीका महासचिव बोधराज त्रिपाठीले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा प्रकाशित समाचारका विषयमा कुनै गुनासो वा आपत्ति भए प्रचलित कानुन तथा प्रेससम्बन्धी स्थापित प्रक्रियाबाट समाधान खोजिनुपर्ने उल्लेख गरिएको छ। ‘पत्रकारले प्रकाशित गरेको समाचारको विषयमा कुनै गुनासो वा आपत्ति भएमा प्रचलित कानुन तथा प्रेससम्बन्धी स्थापित प्रक्रियामार्फत… पुरा पढौ

स्वदेश फर्किए पूर्वप्रधानमन्त्री देउवा,विमानस्थलमा कार्यकर्ताको भीड

नेपाली काँग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएका छन् । उनलाई स्वागत गर्न पार्टीका शीर्ष नेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् । सभापति देउवाको स्वागतका लागि नेपाली काँग्रेसका पूर्व उपसभापति पूर्णबहादुर खड्का, नेताहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, आनन्द ढुंगाना, मोहन बस्नेत र विमलेन्द्र निधी लगायतका नेताहरू विमानस्थल पुगेका हुन् ।  गत फागुन १३ मा श्रीमती आरजु राणासहित सिंगापुर उडेका देउवा करिब ६ महिनापछि बिहीबार नेपाल फर्किएका हुन् । उनी उपचारका लागि भन्दै सिंगापुर गएका थिए । उनलाई… पुरा पढौ

रोल्पामा पहिरोले घर/गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइते

रोल्पा । अविरल वर्षाका कारण पहिरो जाँदा यहाँस्थित थबाङ गाउँपालिका–५ बोटलबारामा घर सहित गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा थबाङ –५ बोटलबाराका १८ वर्षीया शान्ति पुन मगर र सोही स्थानका ६०वर्षीय कमलबहादुर पुन मगर छन् भने घाइते हुनेमा सोही स्थानका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर छन् । कार्यालयले दिएको जानकारी अनुसार यही साउन २७ गते दिउँसोदेखि परेको अविरल वर्षाका कारण… पुरा पढौ

सक्रिय मनसुन: यी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ । मधेस प्रदेश तथा कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी, बागमती र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म पानी परिरहेको विभागले जनाएको छ… पुरा पढौ

एनसेलको शेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

सरकारले एनसेल आजियाटाको शेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन, २०८० सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकले पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित समितिले तयार पारेको उक्त प्रतिवेदन सार्वजनिक गर्दै त्यसमा उल्लिखित सुझाव कार्यान्वयन गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को उक्त निर्णय पछि सूचना तथा सञ्चार मन्त्रालयले प्रतिवेदन सार्वजनिक गरेको हो । समितिको प्रतिवेदनअनुसार एनसेल आजियाटा साविकको स्पाइस सेल प्रालिका रूपमा विसं २०५८ मा स्थापना भएदेखि हालसम्म १४ पटक शेयर तथा स्वामित्व खरिद–बिक्री भएको छ । तीमध्ये अधिकांश कारोबार… पुरा पढौ

म्याग्दीमा पाँच प्रतिशतले आलु उत्पादन घट्यो

म्याग्दी । म्याग्दीमा यस वर्ष आलु उत्पादन घटेको छ । आलु म्याग्दीबाट निर्यात हुने प्रमुख कृषि उपज हो । गत वर्षको तुलनामा पाँच दशमलव ३७ प्रतिशत आलु उत्पादन घटेको कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख सञ्जीव बास्तोलाले यस वर्ष म्याग्दीमा एक हजार ८४० हेक्टर क्षेत्रफलमा ३३ हजार १२० मेट्रिक टन आलु उत्पादन भएको जानकारी दिए । “अघिल्लो वर्षको तुलनामा थप २० हेक्टर क्षेत्रफलमा आलु खेती विस्तार भए पनि वैशाख र जेठ महिनाको असिनाले बोट हुर्किन तथा दाना बढ्न… पुरा पढौ