Author Archive

चिनका पन्छी बिज्ञहरुलाइ नेपाल भ्रमणको निम्तो

चिनको राजधानी बेइजिङ्गमा हालै सम्पन्न दोस्रो एशियाली चरा सम्मेलनमा सहभागी हुन गएको नेपाली प्रतिनिधी मण्डलले चराको अनुसन्धान र संरक्षणमा काम गर्ने चराप्रेमीहरुलाई चरा हेर्न नेपाल आउन निम्तो गरेका छन । आयोजक संस्था इन्सटिच्युट अफ जुलोजी, चाइनिज एकेडेमी अफ साईन्सेजका प्रध्यापकहरु तथा आयोजक समितीका सदस्यहरुलाई भेटी पोखरा पन्छी समाजको टिसर्ट, नेपाल बर्ड फेएरको क्याप, नेपाली ढाका टोपी, नेपालमा पाईने गिद्ध र घाँसे मैदानमा बस्ने दुर्लभ चराको पोष्टर हस्तान्तरण गरी नेपाल भ्रमणको अनुरोध गरीएको पोखरा पन्छी समाजका सचिव हेमन्त ढकालले बताए ।… पुरा पढौ

ठुला र समानान्तर भौतिक संरचना गिद्धलाइ चुनौती बन्दै

विकास निर्माणका ठूला र समानान्तर भौतिक संरचना गिद्धका लागि चुनौती बन्दै गएको विज्ञहरुले औंलाएका छन् । लुम्बिनी प्रदेशको राजधानी भालुवाङ, दाङ्गमा आयोजित सरोकारवाला निकायहरु बीच आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा उक्त कुरा बताईएको हो । कार्यक्रममा नेपालमा गिद्धको अवस्था र वर्तमान चुनौती बारे पोखरा पंछी समाजका साचिव हेमन्त ढकालले आफ्नो प्रस्तुति राख्दै पशु उपचारमा प्रयोग गरिने पिडानाशक औषधी डाईक्लोफेनेकको प्रतिबन्ध र अन्य संरक्षणका कार्यक्रमहरुले पछिल्ला वर्षहरुमा गिद्धको सङ्ख्या सुधारउन्मुख देखिएपनि सिनोमा विष हाल्ने र विधुतीय तारहरुमा ठोक्किएर र करेन्ट लागेर गिद्धको… पुरा पढौ

गण्डकी कविता मञ्जरी सार्वजनिक

पोखरा । छन्दकवि पुण्यप्रसाद भट्टराईद्वारा लिखित `गण्डकी कविता मञ्जरी´ कविता सङ्ग्रह सार्वजनिक भएको छ । सिर्जनजनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराद्वारा शनिबार आयोजित एक कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्व प्रा. डा. रामप्रसाद भट्टराईले उक्त कृतिको लोकार्पण गरेका हुन् । कृतिको लोकार्पण गर्दै भट्टराईले कृतिमा पूर्वीय दर्शन र जीवन जगतका विविध पक्षको चित्रण भएको बताए । कृतिमा विषयगत विविधता, छन्दगत अनेकता र शिल्पगत कुशलता रहेको भनी लेखकलाई बधाई दिनुका साथै साहित्यिक यात्राको शुभकामना व्यक्त गरे । कृतिका समीक्षक प्रा. डा. जगन्नाथ रेग्मीले लेखकलाई बहुआयमिक… पुरा पढौ

बडा दशैको दिनमा समेत चरा अबलोकनमा उत्साहजनक सहभागिता 

हिजो अक्टोबर बिग डे मा नेपालभर २६० स्थानमा ६४ जना चरा अबलोकनकर्ताहरुले ३५९ प्रजातिका चराहरुको अबलोकन गरेका छन् ।  विश्वभरका ३८ हजार ३०५ अबलोकनकर्ताहरुले अभिलेख गरेका ७९ हजार २२८ चेकलिस्टमा ७ हजार ५९१ प्रजातिका चराहरुको एक दिनमा अभिलेख गरिएको छ । नेपालमा बाग्मती प्रदेशमा सबै भन्दा बढी २४२ प्रजाति, त्यस पछि गण्डकी प्रदेशमा १९३ प्रजाति, कोशी प्रदेशमा १४७ प्रजाति, लुम्बिनी प्रदेशमा ९४ प्रजाति, सुदुरपश्चिम प्रदेशमा ८६ प्रजाति र मधेश प्रदेशमा ४५ प्रजातिको अभिलेखमा कर्णाली प्रदेशमा भने शुन्य रहेको छ । … पुरा पढौ

मर्दी हिमालका अग्रणी स्व. गौतमको सालिक अनाबरण

मर्दी हिमाल पर्यटन पदमार्गका पायनियर तथा अवधारणाकार साथै होटल ट्रेकर्स प्याराडाइज मर्दी हाइक्याम्प र ट्रेक इन्साइड नेपालका संचालक अग्रज पर्यटन ब्यबसायी स्व. सुदिप गौतमको अर्धकदको शालिक एक कार्यक्रमका बिच मर्दी पदमार्गको खुदारसिंग भन्ने स्थानमा हिजो २०८१ असोज २३ गते अनावरण गरिएको छ। बि सं २०७९ साल असोज १४ गते शुक्रबारका दिन मर्दी हाइक्याम्प भन्दा केहि माथी खानेपानीको पाइप मर्मत गरि पानीको आपूर्ति सुचारु गर्नजाने क्रममा भिरमा चिप्लिएर गौतमको दु:खद निधन भएको थियो। वैदिक बिधीद्वारा गरिएको शालिक अनावरण तथा प्राण प्रतिष्ठा… पुरा पढौ

राष्ट्रपतिद्वारा प्रधानन्यायाधीशलाई शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले प्रधानन्यायाधीश राउतलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री,उपसभामुख, मन्त्रीहरू, सर्वोच्च अदालतका न्यायाधीशहरू, संवैधानिक अङ्गका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायत उच्च पदस्थ अधिकारीको उपस्थिति थियो । राष्ट्रपति पौडेलले राउतलाई आज बिहान प्रधान न्यायाधीश पदमा नियुक्त गर्नुभएको थियो । पुरा पढौ

मर्दी न्यूजका प्रधान सम्पादक गुरुङ लाई पितृशोक

मर्दी न्यूज डटकमका प्रधान सम्पादक खडकजंग गुरुङलाई पितृशोक परेको छ । गुरुङका पिता सिरि बहादुर गुरूङको मिति २०८१ असोज २० गतेका दिन ८८ बर्षको उमेरमा उपचारको क्रममा आज विहान करिव २ वजेको समयमा असामयिक निधन भएको छ । पारिवारिक श्रोतका अनुसार गुरूङको संस्कार बमोजिम आज नै दाहसंस्कार गरिने र चोखिने कार्य पर्सि मंगलवार पुलिमराङ, व्यास ८ तनहुँ गर्ने जनाइएको छ । स्वर्गिय आत्माको चिरशान्तिको कामना सहित परिवारमा गहियो समवेदना व्यक्त गर्दछौं । पुरा पढौ