Author Archive

मुस्ताङ भन्सारः ५६ करोड राजस्व सङ्कलन

मुस्ताङ । भोटेकोशीमा बाढीका कारण (रसुवागढी—केरुङ) नाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङ भन्सार कार्यालयमा राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि भएको छ । भन्सार कार्यालयका अनुसार यही भदौ १० देखि २३ गतेसम्म  ५६ करोड रुपैयाँ बढी राजस्व सङ्कलन भएको छ । रसुवा र तातोपानी नाका एकैसाथ बन्द हुँदा मुस्ताङ भन्सार कार्यालय मात्रै वैकल्पिक नाका बनेको छ । कोरलानाका हुँदै नेपाल प्रवेश गरेका ८८ वटा मालवाहक कन्टेनर र १३० वटा विद्युतीय सवारी (इभी) को भन्सार जाँचपास भएको भन्सार प्रमुख विदुर चुुडालले जानकारी दिए… पुरा पढौ

मादी नदीमाथि निर्माणाधीन चार लेनको पुल

मुग्लिन पोखरा सडकखण्ड अन्तर्गत व्यास नगरपालिका–४ र ५ मादी नदीमाथि निर्माणाधीन चार लेनको पुल । पुलको दुवैतर्फको आर्क तयार हुनुका साथै काम अन्तिम चरणमा पुगेको छ । तस्बिर: कृष्ण न्यौपाने पुरा पढौ

आज यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी, मधेस, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका सबै भू-भाग तथा गण्डकी र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमा साधरणतया बादल लागेको छ भने गण्डकी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा आंशिक बादल लागेको छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा भइरहेको  महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज… पुरा पढौ

पहिरो खसेर किम्रुङ खोला थुनियो, किनाराका बस्तीमा प्रहरीको माइकिङ

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा पहिरो खसेर खोला थुनिएको खबर आएपछि प्रहरीले आसपासका बस्तीका स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङले वडाध्यक्षबाट खोला थुनिएको जानकारी आएको र सम्भावित जोखिमलाई ध्यानमा राखेर सुरक्षा टोलीलाई सतर्क बनाइएको प्रशासन सिंहदरबार विशेष ब्युरोलाई बताए। ‘खोला थुनियो भन्ने खबर आएको छ। पहिरो आएको र झोलुङ्गे पुल बगाएको थियो,’ गुरुङले प्रशासनसँग भने, ‘नदीमा पानीको बहाव घटेको छैन। वडाध्यक्षबाट थुनिएको खबर आएको छ। टोलीलाई अलर्ट हुन… पुरा पढौ

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस सञ्चालनमा समस्या परेको छ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण तल्लो भाग कटान हुँदा भदौ १३ गतेदेखि पृथ्वी राजमार्ग बन्द भएको छ । पर्यटकीय गन्तव्य पोखरा, चितवनको सौराहा, लुम्बिनीलगायतका क्षेत्रमा जाने पर्यटक बस सोही राजमार्ग भएर आवतजावत गर्ने गरेकोमा विगत १४ दिनदेखि काठमाडौँ, पोखरा,  चितवन र लुम्बिनीमा रोकिएका छन् ।  पर्यटक  बस एसोसियसन अफ नेपाल (टिवान) का अध्यक्ष भीष्मप्रसाद न्यौपाने कृष्ण भीरको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध हुँदा पर्यटक बस आवतजावतमा समस्या परेको बताउछन्… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघमा शोभा गौतम विजयी

पोखरा । पोखरा उद्योग वाणिज्य संघको ७० वर्ष लामो इतिहासमा पहिलोपटक महिलाले नेतृत्व सम्हाल्ने भएकी छन् । संघको ३६ औं अधिवेशनबाट शोभा गौतम अध्यक्षमा निर्वाचित भएकी हुन् । उनले आफ्ना तीन पुरुष प्रतिस्पर्धीलाई पराजित गर्दै ऐतिहासिक जित निकालेकी हुन् । गौतमले निर्वाचनमा अर्जुन पोखरेल, उत्तममान बुद्धाचार्य र बलराम आचार्यलाई पछाडि पारिन् ।  यसअघि विन्दु कोइराला र हीरा भट्टराईले अध्यक्षका लागि प्रयास गरे पनि उनीहरू सफल हुन सकेका थिएनन् । वर्तमान महासचिवको जिम्मेवारी सम्हालिरहेकी गौतमले अब संघको बागडोर सम्हाल्नेछिन् । यो… पुरा पढौ

आज ‘जेन्जी’ शहीद दिवस, देशभरि सार्वजनिक बिदा

‘जेन्जी’ आन्दोलनका शहीदहरूको सम्झनामा सरकारले आज देशभरि सार्वजनिक बिदा दिएको छ। २०८२ भदौ २३ गतेको ‘जेन्जी’ आन्दोलनले राजनीतिक उथलपुथल भएको थियो । १८ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले ‘जेन्जी’ आन्दोलन भएको २३ भदौको दिनलाई ‘‘जेन्जी’ शहीद दिवस’ घोषणा गर्दै आज देशभरि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । ‘जेन्जी’ आन्दोलनको आज एक वर्ष पूरा भएको छ । आन्दोलनमार्फत तत्कालीन सरकार विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो । पुरा पढौ