ताजा समाचार

गौरिका सिंहलाई नवौं राष्ट्रिय खेलकुदमा पहिलो स्वर्ण पदक

पोखरा । त्रिभुवन आर्मी क्लबकी गौरिका सिंहले नवौं राष्ट्रिय खेलकुदमा पहिलो स्वर्ण पदक जितेकी छिन् । अस्वस्थताका कारण ४ वटा इभेन्ट छाडेकी गौरिकाले आइतबार १ सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जितेकी हुन् । पोखरास्थित फिस्टेल एकेडेमीको पौडी कोर्समा गौरिकाले १ मिनेट ५.५ सेकेन्डमा पार गरी १ सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जितेकी हुन् । यस्तै ४ वटा स्वर्ण पदक जितिसकेकी एनआरएनएकी एस्ली सापकोटा डंगोलले रजत र आर्मीकी अनुषिया तन्डुकारले कास्य पदक जितेकी छिन् । एस्लीको समय १ मिनेट ८.७९ सेकेन्ड… पुरा पढौ

सुदूरपश्चिमबाट गठबन्धनका उम्मेदवार विजयी

सुदूरपश्चिम । रिक्त हुन लागेको राष्ट्रियसभा सदस्यमा आज भएको निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट गठबन्धन दलका साझा उम्मेदवार विजयी हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार महिला सदस्यतर्फ नेकपा (एकीकृत समाजवादी) का मदनकुमारी शाह (गरिमा), दलिततर्फ नेकपा (माओवादी केन्द्र) का जगत पार्की र अन्य समूहतर्फ नेपाली कांग्रेसका नारायणदत्त मिश्र विजयी हुनुभएको छ । महिलातर्फ विजयी शाहले तीन हजार ८३४ मत पाउनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) की सन्तोषी शर्मा थापाले एक हजार ७२८ मत पाउनुभयो । यस्तै दलिततर्फको राष्ट्रियसभा सदस्य पदमा… पुरा पढौ

शैक्षिकसत्र जेठसम्म लम्ब्याउने तयारी

काठमाडौँ, १२ माघ । कोभिड–१९ का कारण प्रभावित शैक्षिक सत्रलाई दुई महिना थप गरेर व्यवस्थापन गरिने भएको छ । हरेक वैशाखमा शुरु भई चैतमा सकिने शैक्षिक सत्रलाई यस वर्ष आगामी वैशाख र जेठसम्म लम्ब्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कानूनी परामर्श शुरु गरेको छ । विद्यमान शिक्षा नियमावलीमा वर्षमा २२० दिन विद्यालय खुल्नुपर्ने र १९२ दिन पढाइ हुनुपर्ने व्यवस्था भएकामा कोरोना महामारीपछि विद्यालय पूर्ववत् सञ्चालन हुन नसक्दा सञ्चार तथा सूचना प्रविधिको सहायतामा वैकल्पिक माध्यमबाट सिकाइ सहजीकरण भएका बेला पाठ्यक्रम समायोजन… पुरा पढौ

दक्षिण कोरियाले सन् २०२१ मा नेपालसहित अन्य देशबाट ५२ हजार कामदार लाने

दक्षिण कोरियाको प्रवासी श्रमिक कोटा निर्धारण समितिको बुधबार बसेको बैठकले सन् २०२१ लागि इपिएस अन्तर्गत लैजाने प्रवासी श्रमिकको कोटा ५२ हजार निर्धारण गरेको छ । यो सङ्ख्या नेपालसहित अन्य १६ मुलुकका लागि हो । यो सङ्ख्या सन् २०२० को तुलनामा चार हजार कम हो । कोरोनाका कारण २०२० को कोटामध्येका ३० हजार ९०९ प्रवासी श्रमिक कोरिया आउन पाएका छैनन् । सन् २०२१ मा तोकिएको ५२ हजारमध्ये उत्पादन क्षेत्रमा ३७ हजार ७००, कृषि क्षेत्रमा छ हजार ४००, मत्स्यपालन क्षेत्रमा तीन हजार,… पुरा पढौ

राजदूत डा खतिवडाबाट शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त राज्य अमेरिकाका लागि आवासीय राजदूत डा युवराज खतिवडाले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको सहभागिता थियो । पुरा पढौ

बेलायतबाट नेपाल आएका व्यक्ति १० दिन क्वारेन्टिनमा

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज विज्ञप्ति जारी गर्दै बेलायतमा नयाँ प्रकारको कोभिड–१९ को प्रजाति देखिएकाले त्यहाँबाट आउने व्यक्ति अनिवार्य १० दिन क्वारेन्टिनमा बस्न अनुरोध गर्नुभएको छ । उक्त नयाँ जातको प्रजातिको भाइरसको रोकथाम र नियन्त्रणका लागि यही पुस १ गतेदेखि ७ गतेभित्र बेलायत वा बेलायतको बाटो हुँदै नेपाल प्रवेश गरेका सबै अनिवार्यरुपमा १० दिन होटल क्वारेन्टिनमा बस्नुहुन उहाँले अनुरोध गर्नुभएको छ । उहाँले त्यहाँ देखिएको नयाँ प्रजातिको कोभिड–१९ को भाइरसको सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले… पुरा पढौ

मर्दी हिमाल आरोहण बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पर्वतारोहण संघको तत्वावधान तथा नेपाल पर्वतारोहण संघ, गण्डकी प्रदेशको आयोजनामा मर्दी हिमाल आरोहण तथा त्यससंग संबंधित साहसिक पर्यटनका बिबिध आयामहरुका बारेमा सरोकारवालाहरु बीच एक अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, रातोपैरो पोखरा को सभाहलमा सम्पन्न उक्त कार्यक्रममा पोखराबाट एकदमै छोटोदुरिमा तथा माछापुच्छ्रे को काखमा रहेको ५५८७ मिटर अग्लो मर्दी हिमालको दक्षिण पश्चिम मोहोडाबाट आरोहण मार्गमा संकेत चिन्हहरु लगाउने, डोरी टांग्न प्रयोग हुने एंकर तथा रक पिटोन्स हरुलाई ड्रील गरेर फिक्स गर्ने लगायतका सम्पूर्ण प्राबिधिक कामहरू सकेर… पुरा पढौ