बैँक / वित्त

१११ अंक बढ्यो सेयर बजार

काठमाडौँ। अघिल्लो कारोबार दिन ६ प्रतिशत घटेर नेगेटिभ सर्किट ब्रेक लागेको सेयर बजार आइतबार ४.४४ प्रतिशत बढेको छ ।  १११ अंक बढेसँगै नेप्से परिसूचक २६२३ अंकमा कायम भएको छ । अघिल्लो दिन २५११ अंकमा झरेको थियो । सुरुवाती कारोबारका क्रममा बजार उथलपुथल भए पनि साढे ११ बजेपछि उकालो लागेको नेप्से अन्तिम समयसम्म कायम रह्यो । ९ अर्ब १७ करोडको कारोबार भएको छ । २२४ कम्पनीको मूल्य बढ्दा २८ को घट्यो । निर्जीवन बीमा बाहेकका सेक्टर बढेका छन् । पुरा पढौ

गरिमा बैंकको मोबाइल बैंकिङ एपबाट भर्चुअल क्रेडिट कार्ड सेवा सुरु

गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गरेको छ। बैंकले फोनपे नेटवर्कसँगको सहकार्यमा आफ्नो मोबाइल बैंकिङ एप ‘गरिमा डीजी बटुवा’ मार्फत भर्चुअल क्रेडिट कार्ड सेवा सञ्चालनमा गरेको हो । बैंकका ग्राहकहरूले नजिकको शाखा कार्यालयमा गएर फारम भरेपछि यो सेवा आफ्नो मोबाइल बैंकिङ एपमा सुचारु गर्न सक्ने बैंकले बताइएको छ । यो भर्चुअल कार्ड प्रयोग गरी ग्राहकले फोनपेको कुनै पनि क्युआर कोड र नेटवर्कमा सजिलै भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ । न्यूनतम १० हजारदेखि अधिकतम… पुरा पढौ

नेप्से परिसूचक १५ अंकले घट्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५ दशमलव ६४ अंकले घटेर दुई हजार ७२६ दशमलव ३३ को विन्दुमा कायम भएको छ । आज ३२६ कम्पनीको एक करोड १३ लाख ४५ हजार ९९४ कित्ता शेयर ६८ हजार ५९४ पटक खरिदबिक्री हुँदा कारोबार रकम रु चार अर्ब ७२ करोड ८० लाख ५२ हजार ८६० मा खुम्चिएको हो । आजको कारोबारमा म्युचुअल फण्ड शून्य दशमलव २२ र व्यापार समूह शून्य दशमलव शून्य सात प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।… पुरा पढौ

नेप्से परिसूचक १९ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९ दशमलव ८९ अंकले घटेर दुई हजार ७४१ दशमलव ९७ विन्दुमा कायम भएको छ । आज तीन सय २३ कम्पनीको एक करोड पाँच लाख ३५ हजार ८७४ कित्ता सेयर ८९ हजार ७७५ पटक खरिद बिक्री हुँदा रु चार अर्ब ४३ करोड ८२ लाख ५१ हजार ८१२ बराबरको कारोबार भएको छ । आज सबै समूहका उपसूचक घटेका छन् । बैंकिङ शून्य दशमलव ४९, विकास बैंक शून्य दशमलव ३९, वित्त शून्य दशमलव ८८, होटल तथा… पुरा पढौ

सुन र चाँदीको मूल्यमा निरन्तर रेकर्ड ब्रेक

नेपाली बजारमा सुन र चाँदीको मूल्यले निरन्तर रेकर्ड बनाउँदै बढेको छ । आज सुन तोलामा ६ सय रुपैयाँले बढेर दुई लाख ५ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन तोलामा दुई लाख ५ हजार तीन सय रुपैयाँमा कायम भएको थियो । यस्तै, चाँदीको मूल्यमा पनि बढेको छ । आज चाँदी प्रतितोला  १५ रुपैयाँले बढेर प्रतितोला २ हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार २ हजार ४ सय ७० रुपैयाँमा कायम भएको थियो… पुरा पढौ

नेप्से परिसूचक १२ अङ्कले बढ्यो

काठमाडौँ, १६ भदौः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज परिसूचक १२ दशमलव ०३ अङ्कले बढेर दुई हजार ७६१ दशमलव ८६ को विन्दुमा कायम भएको हो । आज विभिन्न ३२६ कम्पनीका एक करोड १४ लाख ४० हजार ८४४ कित्ता शेयर ६८ हजार ७७५ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब १० करोड ५७ लाख ४६ हजार ६५७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा व्यापार समूह शून्य दशमलव ८५ र अन्य समूह शून्य दशमलव… पुरा पढौ

नेप्से परिसूचक ३१ अङ्कले घट्यो

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारका सबै सूचक घटेका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१ दशमलव १७ अङ्कले घटेर दुई हजार ७४९ दशमलव ८३ को बिन्दुमा कायम भएको छ । सेन्सिटिभ तथा फ्लोट सूचक पनि घटेका छन् । आज ३२१ कम्पनीको एक करोड ४८ लाख पाँच हजार ५६९ कित्ता शेयर ९७ हजार १७४ पटक खरिद बिक्री हुँदा रू छ अर्ब छ करोड १८ लाख २२ हजार ३७९ बराबरको कारोबार भएको छ । आज सबै समूहको… पुरा पढौ