अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ निरन्तर उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य रु. दुई लाख ५२ हजार २०० कायम भएको छ । आज चाँदीको मोल पनि बढेर तोलामा रु. तीन हजार ४९० निर्धारण भएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला रु. दुई लाख ५० हजार ६०० कायम भएको थियो भने एक तोला चाँदी रु तीन हजार ३४५ मा कारोबार भएको थियो…
पुरा पढौ
नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा दुई हजार दुई सय रुपैयाँले बढेर दुई लाख ५० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन तोलामा दुई लाख ४८ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ६५ रुपैयाँले बढेर ३ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी तोलामा ३ हजार २८० रुपैयाँ कायम भएको थियो…
पुरा पढौ
साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार बढेको छ । अघिल्लो दिनको तुलनामा १०.४३ अंक बढ्दै नेप्से परिसूचक २६७६ मा पुगेको छ । यो साताको सबै कारोबार दिन बजार बढेको छ । गत साता २५६० अंकमा रहेको नेप्से एक सातामा ११६ अंक बढ्यो । आज कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन ६ अर्ब ६९ करोडको कारोबार भएकोमा आज ६ अर्ब ६६ करोडको भयो । दोहोरो अंकले बढेको सेयर बजारमा चारवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।…
पुरा पढौ
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले बिहीबार एक सूचना जारी गर्दै आजदेखि नयाँ नोट चलनचल्तीमा आएको जानकारी दिएको हो । नयाँ विशेषतासहित चलनचल्तीमा आएको नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ । नोटको मध्य भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्र रहने बैंकले जनाएको छ । साबिककै आकार र रङमा आउन लागेको यो नयाँ नोटमा ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपियाँ भुक्तानी माग्न आएमा नेपाल…
पुरा पढौ
साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ३९.९२ अंक बढेको छ । सो वृद्धिसँगै नेप्से २६०० अंकमा पुगेको छ । कारोबार सुरु भएपछि नै उकालो लागेको नेप्से दिनभर हरियो रह्यो । कुल २३७ कम्पनीको मूल्य बढ्दा १८ को घट्यो भने २ को स्थिर रह्यो । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन बिहीबार ४ अर्ब ६८ करोडको कारोबार भएकोमा आज ६ अर्ब २८ करोडको भयो । लगानी र जीवन बीमा समूह २ प्रतिशतभन्दा धेरै बढेको…
पुरा पढौ
नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा दुई हजार नौ सय सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ४४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन तोलामा दुई लाख ४१ हजार सात सय रुपैयाँमा कायम भएको थियो । यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ३५ रुपैयाँले बढेर प्रतितोला तीन हजार १३५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी तोलामा तीन हजार एक सय…
पुरा पढौ
नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा सात सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ४३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन तोलामा दुई लाख ४२ हजार तीन सय रुपैयाँमा कायम भएको थियो । यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ३५ रुपैयाँले बढेर प्रतितोला तीन हजार १८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी तोलामा तीन हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।
पुरा पढौ