विजनेश

गरिमा बैंकको मोबाइल बैंकिङ एपबाट भर्चुअल क्रेडिट कार्ड सेवा सुरु

गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गरेको छ। बैंकले फोनपे नेटवर्कसँगको सहकार्यमा आफ्नो मोबाइल बैंकिङ एप ‘गरिमा डीजी बटुवा’ मार्फत भर्चुअल क्रेडिट कार्ड सेवा सञ्चालनमा गरेको हो । बैंकका ग्राहकहरूले नजिकको शाखा कार्यालयमा गएर फारम भरेपछि यो सेवा आफ्नो मोबाइल बैंकिङ एपमा सुचारु गर्न सक्ने बैंकले बताइएको छ । यो भर्चुअल कार्ड प्रयोग गरी ग्राहकले फोनपेको कुनै पनि क्युआर कोड र नेटवर्कमा सजिलै भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ । न्यूनतम १० हजारदेखि अधिकतम… पुरा पढौ

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार रुपैयाँले घटेर दुई लाख १६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन तोलामा दुई लाख १७ हजार एक सय रुपैयाँमा कायम भएको थियो ।  यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ४५ रुपैयाँले घटेर दुई हजार ५५०रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । मंगलबार चाँदी दुई हजार ५९५ रुपैयाँमा कारोबार भएको थियो । पुरा पढौ

सुन र चाँदीको मूल्यमा रेकर्ड

सुनको भाउमा मंगलबार फेरि नयाँ रेकर्ड बनेको छ । अघिल्लो दिनको तुलनामा सुन तोलामा १ हजार ९ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला २ लाख १७ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख १५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि गत शुक्रबार हालसम्मकै उच्च २ लाख १५ हजार ८ सय रुपैयाँको रेकर्ड बनेको थियो । यस्तै, चाँदीको भाउमा पनि नयाँ रेकर्ड बनेको छ । अघिल्लो दिनको… पुरा पढौ

कोरला नाकाबाट एक सय बढी विद्युतीय सवारी आयात

मुस्ताङको लोमान्थाङस्थित कोरला नाकाबाट १०० बढी विद्युतीय सवारी आयात गरिएका छन् ।  भन्सार विभागको प्रक्रिया पुर्‍याइ चीनबाट आयात गरिएका ती सवारी हाल भन्सार कार्यालय न्हेचुङमा राखिएका छन् । मुस्ताङ भन्सार कार्यालयले कोरलानाकाबाट करिव ५०० बढी बीवाइडी कम्पनीका सवारी आयात गरिने जनाएको  छ । आठ दिन अघि मात्रै खुल्ला गरिएको यस नाकाबाट हालसम्म १०० बढी विद्युतीय सवारी भित्रिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए ।  यसअघि ती विद्युतीय सवारी रसुवागढी र तातोपानी नाकाबाट आयात गर्ने तयारी थियो । तर, त्यहाँका… पुरा पढौ

११ सयले बढ्यो सुनको मूल्य

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार एक सय रुपैयाँले बढेर दुई लाख १५ हजार आठ सयमा रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   बिहीबार सुन तोलामा दुई लाख १४ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।  यस्तै आज चाँदीको मूल्य पनि बढेको छ ।  आज चाँदी ६० रुपैयाँले बढेर  तोलामा २ हजार ५६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।  बिहीबार चाँदी तोलामा दुई हजार ५०५ मा कायम भएको… पुरा पढौ

सुनको मूल्यमा रेकर्ड बन्ने क्रम जारी

सुनको मूल्यमा नयाँ रेकर्ड बन्ने क्रम जारी छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलाको १६ सयले बढेर प्रतितोला २ लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रवार भने सुन तोलाको २ लाख १० हजार ४ सयमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले बढेर २५०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार चाँदी तोलाको २४९० मा कारोबार भएको थियो। पुरा पढौ

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा २५ सय बढ्यो

शुक्रबार सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । यस दिन सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँ पुगेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २५ सय रुपैयाँ बढी हो । बिहीबार सुन प्रतितोला रु. दुई लाख सात हजार ९०० कायम भएको थियो ।  यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १० रुपैयाँले बढेर रु. दुई हजार चार सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  बिहीबार चाँदीको मूल्य प्रतितोला रु… पुरा पढौ