विजनेश

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

काठमाडौँ, २ असार । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२.५७ अङ्कले वृद्धि भई एक हजार ९७८.९४ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.९३ अङ्कले उकालो लागेर ३८१.८३ मा पुगेको छ । कूल २२१ कम्पनीको ३५ लाख ९४ हजार ५९४ कित्ता शेयर रु एक अर्ब १८ करोड ७१ लाख ४५ हजार ५१९ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका… पुरा पढौ

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको मर्जर सम्झौता

काठमाडौँ, २ असार । नेपालको बैंक तथा वित्तीय संस्थालाई एकापसमा मिलाएर लैजान सक्ने भनेर परिचित ग्लोबल आइएमई बैंकले फेरि अर्को ऐतिहासिक निर्णय गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले एकापसमा गाभिने सम्झौता गरेको केही दिन पनि नबित्दै ग्लोबलले बैंक अफ काठमाण्डूसँग एकापसमा गाभिने निर्णय गरेका हुन् । दुई बैंकबीच एकापसमा गाभ्न गाभिनका लागि आज प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रमा हस्ताक्षर भएसँगै रु ५२ अर्ब कूल पूँजीसहित मुलुककै सबैभन्दा ठूलो बैंकका रूपमा ग्लोबल आइएमई बैंकले आफ्नो… पुरा पढौ

सेयर बजारको ओरालो यात्रा कायमै

काठमाडौँ । सेयर बजारको ओरालो यात्रा मंगलबार पनि कायम रह्यो । बजार २ हजारको बिन्दुबाट तल झर्दै १९९६.२६ बिन्दुमा आएर रोकिएको छ । मंगलबार ३६.०७ अंकले घटेको सेयर बजार कारोबार रकम पनि मुस्किलले १ अर्ब नाघेको छ । यस दिन कुल २३२ कम्पनीको ३१ हजार ८०६ वटा कारोबारबाट ४१ लाख ४७ हजार २५५ कित्ता सेयर किनबेच भएको छ । यस दिन १ अर्ब १८ करोड ५५ लाख ४६ हजार १७९ रुपैयाँ बराबरको कारोबार भएको छ । दोहोरो अंकले घटेको बजारमा… पुरा पढौ

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो, कारोबार रकम अर्ब पनि पुगेन

काठमाडौँ, २७ जेठ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि एक दिनमात्रै उकालो लागेको नेप्से परिसूचक पुनः लगातार ओरालो लागिरहेको छ । सोही क्रममा शेयर कारोबार हुने साताको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक १४ दशमलव ६४ अङ्कले ओरालो लागेर दुई हजार ४८ दशमलव १६ अङ्कमा झरेको छ । त्यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४ दशमलव ११ अङ्कले ओरालो लागेर ३९२ दशमलव… पुरा पढौ

सयपत्री हाइड्रोपावरको आइपिओ आउँदै

काठमाडौँ, २४ जेठ । सयपत्री हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी असार २ गतेदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा रु तीन करोड मूल्य बराबरको तीन लाख कित्ता शेयर प्रारम्भिक सार्वजनिक निष्काशन ९आइपिओ०को बिक्री खुला गर्ने भएको हो । आयोजनाले प्रभाव पार्ने बाग्लुङ जिल्लाको ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकामा स्थायी बसोबास गर्ने स्थानीयवासीले आगामी असार १६ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे असार ३१ सम्म न्यूनतम… पुरा पढौ

राप्ती हाइड्रोको आइपिओ खुला

काठमाडौँ, २४ जेठ । राप्ती हाइड«ो एण्ड जनरल कन्स्ट्रक्शन लिमिटेडले आयोजनाबाट असर पर्न सक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयरको निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा रु छ करोड १२ लाख ७९ हजार ३०० मूल्य बराबरको छ लाख १२ हजार ७९३ कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन ९आइपिओ०को बिक्री खुला गर्ने भएको हो । आयोजनाले प्रभाव पार्ने रुकुमपूर्व जिल्ला र रुकुमपश्चिम जिल्लाका स्थानीय बासिन्दाले आगामी असार ७ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे असार… पुरा पढौ

नेप्सेको ओरालो यात्रा कायमै

हाल ‘वियरिस ट्रेन्ड’ मा रहेको धितोपत्र बजारको शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । यही जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि लगातार ओरालो लागेको नेप्से परिसूचक यस साताको पहिलो कारोबार अर्थात् आज सोमबार पनि सोही लयमा रहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२.८९ अङ्कले ओरालो लागेर दुई हजार ६५.८२ अङ्कमा ओर्लिएको छ । त्यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.१२ अङ्कले ओरालो लागेर ४००.३६ अङ्कमा ओर्लिएको छ… पुरा पढौ