विजनेश

नेप्से परिसूचकमा दोहोरो अङ्कले वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २१ दशमलव ३० अङ्कले उकालो लागेर एक हजार नौ सय ३४ दशमलव शून्य चार अङ्कमा उक्लेको हो । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ८३ अङ्ककले उकालो लागेर तीन सय ७६ दशमलव १७ मा पुगेको छ । कूल दुई सय ३१ कम्पनीको ३१ लाख ४६ हजार नौ सय ९६ कित्ता शेयर रु ९२ करोड… पुरा पढौ

साल्ट ट्रेडिङले दसैँअगावै तोरीको तेल उत्पादन गर्ने

काठमाडौँ । दैनिक उपभोग्य वस्तुको आपूर्ति, उत्पादन र बजारीकरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशनले तोरीको तेलको उत्पादनगर्ने भएको छ । दसैँअघिदेखि हेटौँडास्थित नेपाल वनस्पति उद्योगबाट शुद्ध तोरीको तेल उत्पादन गरी बजारमा ल्याइने कर्पोरेशनले जनाएको छ । तोरीको तेल उत्पादन गरेसँगै स्थानीयस्तरमा उत्पादित तोरीको खपत वढ्ने र उपभोक्ताले सुपथ मूल्यमा गुणस्तरीय तोरीको तेलको उपभोगगर्न पाउने कर्पोरेशनका विभागीय प्रबन्धक बज्रेशकुमार झाले बताए । कर्पोरेशनले अहिले आयोडिनयुक्त नून, एसटिसी ब्राण्डको खाना पकाउने ग्यास, चामल, गेडागुडी, स्थानीय उत्पादनलाई प्याकिङगरी उपभोक्तामाझ पुर्याउँदै आएको छ ।… पुरा पढौ

२१.९७ अंकलेघट्यो नेप्से, १ अर्ब १२ करोडको कारोबार

नेप्से परिसूचक बुधबार २१.९७ अंक घटेको छ । गत कारोबार दिन २.३३ अंक बढेको नेप्से आज १.१० प्रतिशत घटेर १९७३.३८ बिन्दुमा रोकिएको हो ।   गत कारोबार दिनको तुलनामा आज कारोबार रकम भने बढेको छ । गत कारोबार दिन एक अर्ब एक करोड रुपैयाँको सेयर कारोबार भएकोमा आज एक अर्ब १२ करोड रुपैयाँको सेयर कारोबार भएको छ । नेप्सेसँगै सबै उपसूचकमा गिरावट हुँदा वित्त कम्पनी उपसूचक सर्वाधिक २.४२ प्रतिशत र हाइड्रोपावर उपसूचक २.१७ प्रतिशतले गिरावट भएको छ । त्यस्तै बजारलाई लिड… पुरा पढौ

सेयर बजारमा सामान्य वृद्धि, १ अर्ब २६ करोडको कारोबार

काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा एकल अंकको सामान्य सुधार भएको छ । लगातार तीन कारोबार दिनेसम्म दोहोरो अंकले गिरावट भएको बजार परिसूचक नेप्से सोमबार भने ३.७६ अंक (०.१९ प्रतिशत) ले वृद्धि भएर बन्द भएको छ । यस दिन कारोबारमा आएका २२२ धितोपत्रको ३४ लाख ४० हजार ९ सय कित्ता शेयर २६ हजार ४६ पटकमा रू. १ अर्ब २६ करोड ६६ लाख १९ हजार १५० बराबरको शेयर खरीदविक्री भएको छ । आज विन नेपाल लघुवित्त वित्तीय संस्थाको… पुरा पढौ

आज पिपुल्स पावरको आइपिओ बाँडफाँट

काठमाडौँ । आज पिपुल्स पावर कम्पनीको आइपिओ बाँडफाँट हुँदै छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आफ्नै कार्यालय कमलादी काठमाडौँमा दिउँसो २ बजे आइपिओ बाँडफाँट गर्ने तयारी भएको छ। यसको प्रि-अलोटमेन्ट गत बुधबार नै सम्पन्न भइसकेको छ। यसमा मागभन्दा ७.९३ गुणा बढी आवेदन परेको छ। यसर्थ गोलाप्रथाबाट आइपिओ बाँडफाँट हुनेछ। जसमा २ लाख २९ हजार ४६८ जनाले मात्र सेयर हात पार्नेछन्। बाँकी १३ लाख ७६ हजार ६४१ जनाको भने हात खाली हुनेछ। यसमा कुल १६ लाख ६ हजार ११० जनाले १… पुरा पढौ

नेप्से परिसूचकमा गिरावट जारी

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक सात दशमलव ४१ अङ्कले ओरालो लागेर दुई हजार ५३ दशमलव १३ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ४७ अङ्कले ओरालो लागेर तीन सय ९७ दशमलब ११ मा सीमित भएको छ । कूल दुई सय २२ कम्पनीको ५२ लाख ३० हजार सात सय ६३ कित्ता शेयर रु एक अर्ब ७२ करोड ६२… पुरा पढौ

पेट्रोलियम पदार्थको मूल्य नघटदा उपभोक्ता मारमा

काठमाडौँ, ३१ साउन । पछिल्लो दुई महिनादेखि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार ओरालो लागिरहेको छ । रुस–युक्रेन युद्धका कारण विश्व बजारमा कच्चा तेलको मूल्यमा भारी वृद्धि भएको थियो । सन् २०२१ को जुन महिनामा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको औसत मूल्य प्रतिव्यारेल ७१.३५ अमेरिकी डलर थियो । रुस र युक्रेनबीच युद्ध सुरु भएपछि कच्चा तेलको मूल्य अस्वाभाविकरूपमा वृद्धि भयो । सन् २०२२ को जुनमा क्रुड र प्रशोधित तेलको मूल्य ह्वात्तै बढेर प्रतिव्यारेल ११९.५५ अमेरिकी डलर पुग्यो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम… पुरा पढौ