विजनेश

आदर्श लघुवित्तको आइपिओ बाँडफाँट

काठमाडौँ, १३ असार । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयरको बाँडफाँट भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडको कार्यालयमा आज प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ)को बाँडफाँट भएको हो । बिक्री प्रबन्धकका अनुसार कम्पनीले निष्काशन गरेको आईपिओमा १६ लाख ७४ हजार ६५२ जनाले एक करोड ८४ लाख २४ हजार ९०० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए । आवेदन दिएकामध्ये एक हजार ८५८ जना आवेदकको आवेदन रद्ध भएको र बाँकी १६… पुरा पढौ

नेप्सेमा ९४ अङ्कको वृद्धि

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूच ९४ अंकले बढेर बन्द भएको छ । सूचक सँगै कारोबार रकममा समेत दोब्बर वृद्धि भएको छ । समग्रमा ५.१० प्रतिशतले बढेको बजारमा नेप्से परिसूचक ९४.९२ अङ्कले बढेर १९५६.९८ को बिन्दुमा पुगेको छ । कुल २३० कम्पनीको सेयर खरिद बिक्री हुँदा आइतबार २१ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबारमा आएका सबै कम्पनीको सेयर मूल्य बढ्दा कुल कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ । आइतबार २ अर्ब १९… पुरा पढौ

कारोबार रकम १ अर्बभन्दा कम, किन एकदिन पनि टिक्न सकेन बजार वृद्धि ?

काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचक घटेर बन्द भएको छ । यो दिन नेप्से परिसूचक ३१ दशमलव २१ अंक घटेर १ हजार ८९३ दशमलव ५३ विन्दुमा बन्द भएको छ । नेप्से मंगलबार करिब ४० अङ्क बढेर १९२४ अङ्कमा कायम भएको थियो । बुधबार फेरि ३१.२ अङ्क घटेर नेप्से १८९३ अङ्कमा कायम भएको हो । कारोबार रकम भने १ अर्ब पनि पुगेन । ८४ करोड ३७ लाख रुपैयाँको कारोबार भयो । सबै उपसमूहका सूचक घटेका छन् । बैङ्किङ… पुरा पढौ

पिपुल्स पावरको आइपीओ खुला

काठमाडौँ । पिपुल्स पावर लिमिटेडले आयोजनाबाट असर पर्न सक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा रु छ करोड ३२ लाख ६० हजार मूल्य बराबरको छ लाख ३२ हजार ६०० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आइपीओ) बिक्री खुला गरेको हो । कम्पनीले कूल निष्कासनमध्ये आयोजनाबाट असर पर्ने इलाम जिल्लाको इलाम नगरपालिका– १ र ४ का बासिन्दालाई एक लाख ८९ हजार ७८० कित्ता र ती वडा बाहेक इलाम जिल्लाका बासिन्दाका लागि… पुरा पढौ

मंगलवार ३७ अङ्कले बढ्यो नेप्से

काठमाडौं । बजेट घोषणायता निरन्तर घटिरहेको सेयर बजार साताको तेस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचक ३७ दशमलव ४९ अंक बढेर बन्द भएको छ । यो दिन नेप्से परिसूचक १ हजार ९२२ दशमलव ३० विन्दुमा पुगेको हो । कुल २३१ कम्पनीको ३७ लाख ६५ हजार ५१६ कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा कारोबार रकम एक अर्ब २५ करोड ३७ लाख पुगेको छ । मङ्गलवार सबै उपसमूह बढेर हरियाली हुँदा १८९ कम्पनीको सेयर मूल्य बढेको नेप्सेले जनाएको छ । कारोबारमा आएका… पुरा पढौ

हिमालयन हाइड्रोपावर आइपीओ आउँदै

काठमाडौँ । हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही असार १५ गतेदेखि प्राथमिक सार्वजनिक निष्कासनको बिक्री खुला गर्न लागेको हो । कम्पनीले प्रतिशेयर रु १०० अङ्कित मूल्यका दरले नौ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेकामा दुई लाख ८१ हजार ७५० कित्ता मात्र बाँडफाँट भएको र बाँकी छ लाख १८ हजार २५० कित्तासहित कूल १९ लाख ६८ हजार २५० कित्ता साधारण शेयर निष्कासन गर्न लागेको सार्वजनिक आह्वान पत्रमा… पुरा पढौ

मुद्रा सटही ब्यबसायी संगठनले ल्यायो बित्तिय साक्षरता कार्यक्रम

पोखरामा कृयाशिल पर्यटन क्षेत्रको अग्रणी संस्था मुद्रा सटही ब्यबसायी संगठन, पोखराले आफ्नो सदस्यहरुलाई परिबर्तिय बिदेशी मुद्रामा बित्तिय साक्षरता एवं लेखा परिक्षण बिषयक अन्तर्कृया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ। लेकसाईडको हल्लनचोक स्थित टीका रिसोर्टको सभाहलमा हिजो असार ५ गते अपरान्ह सम्पन्न कार्यक्रमको प्रबर्द्धन नेपाल पर्यटन बोर्डले गरेको थियो भने विशेष सहयोग नेपाल राष्ट्र बैंकको रहेको थियो । बित्तीय साक्षरता कार्यक्रमको महत्त्व र आबश्यकता बारेमा संस्थाका निवर्तमान अध्यक्ष कृष्ण भण्डारीले प्रकाश पार्नुभएको थियो भने सल्लाहकार बासु त्रीपाठीले कार्यपत्र प्रस्तुत गरेका थिए… पुरा पढौ