विजनेश

इमर्जिङ नेपालको आईपीओ बाँडफाँट

काठमाडौँ । इमर्जिङ नेपाल लिमिटेडले साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले आज दिउँसो आईपीओ बाँडफाँट गरेको हो । सो कम्पनीले माघ २६ गतेदेखि फागुन १ गतेसम्म सर्वसाधारणको लागि आईपीओ खुल्ला गरेको थियो । सर्वसाधारणका लागि छुट्याइएको ५१ हजार ६ सय ६२ जनाले १० कित्ताका दरले र ८ जनाले ११ कित्ताका दरले सेयर पाएका हुन । आईपीओ गोला प्रथा मार्फत बाँडफाँट भएको हो । आईपीओमा आवेदन दिएकाहरुले मेरो सेयर, एनआईसी एसिया क्यापिटलको वेबसाइट र सीडीएस… पुरा पढौ

आइपिओ जारी गर्दै नेष्डो समृद्ध लघुवित्त

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि यही फागुन ११ गतेदेखि साधारण शेयरको बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु आठ करोड २८ लाख ७५ हजार मूल्य बराबरको आठ लाख २८ हजार ७५० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आइपिओ)को बिक्री खुला गर्ने लागेको हो । कम्पनीले निष्काशन गर्ने साधारण शेयरमा कूल निष्काशनको पाँच प्रतिशत अर्थात् ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषलाई र जारी पुँजी (रु २५ करोड ५०लाख)को शुन्य दशमलव पाँच प्रतिशत अर्थात् १२ हजार… पुरा पढौ

पोखरामा फागुन ६ गतेदेखि केबलकार सञ्चालनमा आउँने

पोखरा । पोखरामा नयाँ पर्यटकीय गन्तव्यका रूपमा थपिएको अन्नपूर्ण केबलकार सञ्चालनमा आउने भएको छ । पोखराको पर्यटकीय स्थल फेवातालको किनार भागबाट अर्को पर्यटकीय स्थल सराङकोटलाई जोड्ने गरी निर्माण भएको अन्नपूर्ण केबलकार फागुन ६ गतेबाट सञ्चालनमा आउन लागेको हो । पोखरा महानगरपालिका–१८ को सेदी बगरमा निर्माण भएको केबलकार फागुन ६ गते सफ्ट ओपनिङ गरी व्यावसायिक रूपमा सञ्चालनमा ल्याउन लागिएको अन्नपूर्ण केबलकार प्रालिका सञ्चालक एवं निर्देशक तीर्थराज त्रिपाठीले बताए । दुई/तीन पटकसम्म सञ्चालन मिति तोकिए पनि विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ सङ्क्रमणका… पुरा पढौ

नेप्सेमा झिनो सुधार

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ०.०८ अङ्कले उकालो लागेर दुई हजार ७००.९८ मा पुगेको छ । आइतबार एक सय भन्दा बढीले ओरालो लागेको नेप्से परिसूचक आज थोरै अङ्कले बढेपनि ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.३७ अङ्कले घटेर ५११.३० मा पुगेको छ । नेप्सेमा झिनो सुधार भए पनि कारोबार रकम भने ओरालो लागेको छ । कूल २२७ कम्पनीको ७५ लाख ४९… पुरा पढौ

याक एन्ड यति होटलको पाँचतारे वर्गीकरण र क्यासिनो लाइसेन्स रद्द

काठमाडौं । धेरैपटक ताकेता गर्दा पनि ४२ करोड रुपैयाँभन्दा बढी क्यासिनो रोयल्टी बक्यौता नबुझाएको भन्दै सरकारले काठमाडौंको दरबारमार्गस्थित याक एन्ड यति होटलको पाँचतारे दर्जा र क्यासिनो लाइसेन्स रद्द गरिदिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धेरैपटक ताकेता गर्दा पनि अटेर गरी याक एन्ड यति होटलले क्यासिनो सञ्चालनबापत सरकारलाई बुझाउनुपर्ने ४२ करोड २५ लाख ६८ हजार २ सय ५२ रुपैयाँभन्दा बढी बक्यौता राजस्व रोयल्टी नतिरेको भन्दै सो होटलको पाँचतारे दर्जा र क्यासिनोको लाइसेन्स रद्द गर्ने निणर्य गरिदिएका हुन्… पुरा पढौ

इमर्जिङ नेपालको आइपिओमा आजदेखि आवेदन

काठमाडौँ, २६ माघ । इमर्जिङ नेपाल लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु पाँच करोड ५५ लाख ६० हजार बराबरको पाँच लाख ५५ हजार ६०० कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गरेको हो । कम्पनीले निष्काशन गर्ने साधारण शेयरमध्ये पाँच प्रतिशत अर्थात् २७ हजार ७८० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ भने दुई प्रतिशत अर्थात् ११ हजार ११२ कित्ता साधारण शेयर कर्मचारीकम लागि सुरक्षित गरी बाँकी रहने… पुरा पढौ

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । आइतबार दोहोरो अङ्कले घटेको बजारमा आज नेप्से परिसूचक १५.७१ अङ्कले बढेर दुई हजार ८५१.८८ मा पुगेको हो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.०५ अङ्कले बढेर ५३५.३२ मा पुगेको छ । नेप्से उकालो लागे पनि कारोबार रकम भने खासै बढेको छैन । कूल २२४ कम्पनीको ९५ लाख १२ हजार ५८० कित्ता शेयर रु पाँच अर्ब दुई करोड २० लाख १७ हजार १८१ मूल्यमा खरिद… पुरा पढौ