विजनेश

बैंकर्स सङ्घको आग्रह

काठमाडौँ । वाणिज्य बैङ्कहरूको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले क्रिप्टो, भर्चुअल करेन्सी तथा नेटवर्क मार्केटिङ कारोबार/व्यवसाय गैरकानुनी भएको जनाएको छ । सङ्घले आज एक सूचना जारी गर्दै नेपालमा भर्चुअल करेन्सी तथा नेटवर्किङ कारोबार गैरकानुनी रहेको भन्दै त्यसको कारोबार नगर्न आग्रह गरेको हो । सङ्घले त्यस्तो कार्य गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने जनाएको छ । ‘नेपालमा विदेशी विनिमय वा मुद्राका रुपमा क्रिप्टो/भर्चुअल करेन्सीले मान्यता नपाएको सन्दर्भमा क्रिप्टो/भर्चुअल तथा नेटवर्क मार्केटिङलगायतका गैरकानुनी वित्तीय औजारमा आवद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने,… पुरा पढौ

नेप्सेको ओरालो यात्रा कायमै

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । सोमबार झण्डै १०० अङ्कले खस्किएको बजार आज भने सामान्य अङ्कले मात्रै ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज कारोबार मापक नेप्से ५.५९ अङ्कले ओरालो लागेर दुई हजार ८१५.०६ मा झरेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.०९ अङ्कले घटेर ५२४.९४ मा ओर्लेको छ । कूल २२९ कम्पनीको ९७ लाख ८४ हजार ६५१ कित्ता शेयर रु पाँच अर्ब ३९ करोड ५६ लाख… पुरा पढौ

बढ्यो सुनको मूल्य

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५०० ले उकालो लागेर रु ९४ हजार पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९३ हजार ५०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५०० कायम भएको छ । जसको मूल्य सोमबार प्रतितोला रु ९३ हजार तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु १५ ले घटेर प्रतितोला रु एक हजार… पुरा पढौ

निगमले आइओसीलाई पठायो १३ अर्ब

Mardi News
काठमाडौँ । सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमले सरकारसँग पैसा मागेर इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई रु १३ अर्ब बढी भुक्तानी गरेको छ । निगमले मूल्य स्थिरीकरण कोषबाट रु एक अर्ब ८० करोड लिएर जनवरी महिनाको दोस्रो किस्ताबापतको रकम आइओसीलाई भुक्तानी गरेको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । निगमले आज आइओसीलाई रु १३ अर्ब २० करोड पठाएको छ । सञ्चित बचत शून्यमा पुगेसँगै आइओसीलाई तिर्नुपर्नेमध्ये रु एक अर्ब ८० करोड अपुग भएपछि निगमले उक्त रकम उपलब्ध गराइदिन… पुरा पढौ

भर्चुअल तथा नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाहीको चेतावनी

काठमाडौं । नेपाल राष्ट्र बैंकले भर्चुअल करेन्सी तथा नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनी दिएको छ । बैंकले आज एक सूचना जारी गर्दै क्रिप्टोकरेन्सी तथा पिरामिडमा आधारित नेटवर्किङ हाइपर फन्ड, जोसियल, क्राउडवान, सोलम्याक्स ग्लोबलजस्ता नेटवर्किङ कारोबारमा संलग्नहरुलाई कारबाही गर्ने चेतावनी दिएको हो । ‘नेपालमा विदेशी विनियम वा मुद्राका रुपमा भर्चुअल करेन्सीले कानुनी मान्यता नपाएको सन्दर्भमा भर्चुअल करेन्सी तथा नेटवर्किङ लगायतका गैरकानुनी वित्तीय औजारमा आबद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पूँजी पलायन हुने भएकाले त्यस्ता कारोबार… पुरा पढौ

एकैदिन एक हजारले बढ्यो सुन

काठमाडौँ । साताको पाँचौँ दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोलामा ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार १ हजार रुपैयाँले बढेर ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन प्रतितोलामा ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । जसको मूल्य बुधबार प्रतितोला ९२ हजार २ सय रुपैयाँ तोकिएको थियो । चाँदीको मूल्य पनि आज ३० रुपैयाँले बढेर १ हजार ३ सय… पुरा पढौ

सुन्दर पर्यटकीय गन्तव्य बन्दै ताङतिङ र क्रपु डाँडा

कास्की । पोखराबाट पूर्वाेत्तरमा मादी गाउँपालिका वडा न २ मा रहेको  ताङतिङ गाउँ अहिले पर्यटकीय हिसाबले चर्चित बनेको छ।  गुरुङ जातिको बाहुल्यता यो गाउँमा चिटिक्क परेका सुन्दर घरहरु, प्रत्येक घरको आगन बाट देखिने अन्नपूर्ण हिमश्रृंखलाको मनोरम दृश्य, न्यानो अतिथि सत्कार लगायतका कारण आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा ताङतिङ परेको हो।  गाउँको शिरमा रहेको क्रपुडाँडा सम्मको आवागमन सहज भएकोले हिंउदमा हिउँ खेल्न र सेल्फी खिच्नको लागि पर्यटकहरुको लर्को लाग्ने गरेको छ। पोखराबाट नजिक २१ किलोमिटरमा रहेको ताङतिङ गाउँ पुग्न बसमा जाँदा… पुरा पढौ