विजनेश

सुनको मूल्य प्रतितोला ९३ हजार ६००

काठमाण्डौं । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९३ हजार ६०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९४ हजारमा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु ४००ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९३ हजार १०० कायम भएको छ, जसको मूल्य गत शुक्रबार प्रतितोला रु ९३ हजार ५०० तोकिएको थियो । आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर… पुरा पढौ

तल्लो मोदी जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन सुरु

पर्वत । जिल्लाको मोदी खोलामा निर्मित २० मेगावाट क्षमताको तल्लो मोदी जलविद्युत् आयोजनाको उत्पादन सुरु भएको छ । निर्माण सुरु भएको नौ वर्षमा आयोजनाले व्यावसायिक उत्पादन सुरु गरेको हो । कुश्मा नगरपालिका–८ मा पावर हाउस र मोदी गाउँपालिका– ५ बाजुङमा ड्याम रहेको यो आयोजनाले गत सातादेखि नियमित उत्पादन सुरुआत गरेको जनाएको छ । रु. तीन अर्ब ६० करोड लागत अनुमान गरी २०६९ साउनमा सुरु भएको आयोजनाले ६० महिना अर्थात् २०७४ असार भित्रै उत्पादन दिने दाबी गरेको थियो । भूकम्प नाकाबन्दी,… पुरा पढौ

ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी २३ अर्ब ७९ करोड

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको चुक्ता पूँजी रु २३ अर्ब ७९ करोड पुगेको छ । बैंकको आज स्म्पन्न १५औँ वार्षिक साधारणसभामा प्रस्तुत भएको विवरणअनुसार आव २०७७/७८ को कूल मुनाफाबाट बैंकले आफ्ना शेयरधनीलाई प्रस्ताव गरेको १३.५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित भएसँगै बैंकको चुक्ता पूँजीमा वृद्धि भएको हो । बैंकले आव २०७७/७८ मा सञ्चालन मुनाफा रु सात अर्ब नौ करोड र कर पछिको मुनाफा रु चार अर्ब १६ करोड आर्जन गरेको थियो । प्रस्तावित लाभांश शेयर वितरण पश्चात बैंकको चुक्ता… पुरा पढौ

सेयर बजारमा भारी अङ्कको गिरावट, सबै उपसमूह राताम्मे

काठमाडौँ । साताको पहिलो दिन आज आइतबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले घटेको छ । बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव देखिन थालेपछि लगातार ओरालो लागेको नेप्से परिसूचक ओरालो लाग्दा दुई हजार ३०० को बिन्दुमा झरेको छ । आजसम्म आइपुग्दा बजार झण्डै एक हजार अङ्कले घटेको छ । यस्तै बजार पूँजीकरण समेत झण्डै रु ११ खर्बले घटेको छ । साताको पहिलो दिन नै सेयर बजारमा कारोबार मापक नेप्से परिसूचक झण्डै ८९ अङ्कले ओरालो लागेको हो ।… पुरा पढौ

नेप्से परिसूचक ५३ अङ्कले घट्यो

काठमाडौँ । सेयर बजार २०७८ सालकै न्यून बिन्दुमा झरेको छ । बजारको परिसूचक नेप्से ५३ अङ्कले झरेसँगै २४५५ अङ्कमा कायम भएको छ । यो अङ्क २०७७ चैत ४ गतेयताकै न्यून विन्दु हो । २०७७ चैत ४ गते बजार २४३१ अङ्कमा थियो । मुख्यतः बैंकहरुमा तरलताको चरम सङ्कट उत्पन्न भएसँगै बजार प्रभावित भएको हो । भदौको ३ गते कारोबार भइरहँदा परिसूचकले ३२ सय अङ्क नाघेको थियो । कारोबार बन्द हुँदा भने भदौ २ गते ३१९८ को अङ्क नै हालसम्मकै उच्चतम अङ्क… पुरा पढौ

क्लासिक चुलो रेष्ट्रो एण्ड ब्यङ्गक्युट संचालनमा

पोखरा । मंगलम हस्पिटालिटी प्रा.लि द्धारा सञ्चालित क्लासिक चुलो रेष्ट्रो एण्ड ब्यङ्गक्युट पोखरा चिप्लेढुङ्गा ट्रेड मलको पाचौं तलामा संचालनमा ल्याएको छ ।  दुई करोड रूपैयाको लागत रहेको उक्त रेष्ट्रो चुलो विशेष प्रकारका नेपाली खानाका परिकारहरू ग्राहकहरूले स्वाद लिन पाउने छन् ।  नेपाली खानाका परिकारहरूका साथै नेपाली संस्कृतिको प्रवर्द्धन गर्ने उद्धेश्य रहेको  उक्त रेष्ट्रो चुलोका परियोजना सल्लाहाकार अरूण मानन्धरले जानकारी गराउनु भयो । नेपाली खाना र संस्कृतिको प्रवर्द्धन गर्ने, अवको दुई वर्ष भित्र देशका मुख्य शहरहरू काठमाण्डौं, चितवन र वुटवलमा शाखा… पुरा पढौ

सुनचाँदीका मूल्यमा सामान्य गिरावट

काठमाडौँ, १४ मङ्सिर। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १०० ले घटेर रु ९१ हजार ९०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९२ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ४०० तोकिएको छ यसको मूल्य सोमबार प्रतितोला रु ९१ हजार ५०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले घटेर रु एक हजार २०५ तोकिएको… पुरा पढौ