अर्थतन्त्र

समय तालिका मिलाएर सबै व्यवसाय खुलाउनुपर्ने पोखराका व्यवसायीहरुको माग

पोखरा । पोखराका निजी क्षेत्रका प्रतिनिधिहरुले लकडाउनले अर्थतन्त्र सिथिल भएको भन्दै अब समय तालिका मिलाएर सबै व्यापार, व्यवसाय खोल्न पाउनुपर्ने माग गरेका छन् । उनीहरुले आफूहरु प्रशासनले तोकेको समयमा सुरक्षाका सबै निर्देशन पालना गर्दै व्यवसाय गर्न तयार रहेको प्रतिवद्धता पनि व्यक्त गरेका छन् । पोखरा उद्योग वाणिज्य संघले शुक्रबार संघसँग आवद्ध बस्तुगत संघका प्रतिनिधि तथा सदस्यहरुबीच गरेको भर्चुअल बैठकको क्रममा उनीहरुले सो धारणा राखेका हुन् । कार्यक्रमको सुरुवात गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले सधैँभर लकडाउन भनेर कति… पुरा पढौ

यी हुन् बजेटले प्राथमिकता दिएका कार्यक्रम

पोखरा । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीवार संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७७÷७८ को बजेटले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको प्रभाव आगमी बजेटमा पनि परेको छ । आगमी आर्थिक वर्षको बजेटमा कोरोना संक्रमण रोकथाम र स्वास्थ्य प्रणालीमा सुधारलाई पहिलो प्राथमिकता दिएको छ । कोरोना भाइरसको प्रभावस्वरुप नै आगामी आर्थिक वर्ष २०७७÷७८ को कूल बजेट गतवर्षको भन्दा घटेको छ । आगामी वर्षको बजेटको आकार कुल बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको तय… पुरा पढौ

बजेटको आकार घट्यो, आगामी वर्ष १४ खर्ब, ७४ अर्ब, ६४ करोडको बजेट (पूर्णपाठ)

काठमाडौं, १५ जेठ । कोरोना भाइरसको प्रभाव अर्थतन्त्रमा परेपछि आगामी आर्थिक वर्ष २०७७/७८ को कूल बजेट गतवर्षको भन्दा घटेको छ । चालु आर्थिक वर्ष २०७६/७७ का लागि भने सरकारले १५ खर्ब ३२ अर्बको ९६ करोड ७१ लाख रुपैयाँको बजेट ल्याएको थियो । विहीबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गरेका हुन् । आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड छ भने पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१… पुरा पढौ

चालू आवको आर्थिक वृद्धिदर २.३ प्रतिशत हुने प्रक्षेपण, प्रतिव्यक्ति आय एक हजार ८५ अमेरिकी डलर [आर्थिक सर्वेक्षणसहित]

काठमाडौँ, १३ जेठ । सरकारले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशत हुने जनाएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार सङ्घीय संसद्मा पेश गर्दै चालू आर्थिक सर्वेक्षण २०७६/७७ मा कोरोनाका कारण विश्व अर्थतन्त्र नै प्रभावित भएको सन्दर्भमा नेपालको आर्थिक वृद्धिदर सरकारले तय गरेको भन्दा निक्कै कम हुने बताए । यो वर्ष आर्थिक वृद्धिदर खुम्चने भए पनि प्रतिव्यक्ति आयमा भने सुधार आउने प्रक्षेपण गरिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक सर्वेक्षण संसदमा पेश गर्दै चालु आर्थिक वर्ष २०७६/७७ प्रतिव्यक्ति… पुरा पढौ

विश्वभरि लकडाउनका कारण माग घटेपछि अमेरिकी तेलको मूल्य पहिलो पटक ‘ऋणात्मक’

अमेरिकी तेलको मूल्य पहिलो पटक घटेको छ। यसको अर्थ तेल उत्पादकहरूले मे महिनामा आफ्नो भण्डारण क्षमता सकिने डरले उक्त पदार्थ लिन क्रेतालाई भुक्तानी दिइरहेका छन्। विश्वव्यापी रूपमै लकडाउनका कारण सर्वसाधारणहरू घरभित्रै बस्न बाध्य भएसँगै तेलको माग निकै कम भएको छ। फलस्वरूप तेल कम्पनीहरूले बढी भएको तेल भण्डारण गर्नका लागि ट्याङ्कर भाडामा लिन थालेका छन् र यसले अमेरिकी तेलको मूल्यमा ऋणात्मक प्रभाव पारेको छ। अमेरिकी तेलको मानक वेस्ट टेक्सस इन्टर्मीडिएट (डब्ल्यूटीआई) को प्रतिब्यारल मूल्य -३७.६३ अमेरिकी डलरमा झरेको छ। सोमवार तेलको… पुरा पढौ

आजदेखि कालीमाटी बजार बन्द

काठमाडौं, २७ चैत । कालीमाटीस्थित देशकै ठूलो तरकारी तथा फलफूल बजार बिहीबारदेखि बन्द गरिनेभएको छ । काठमाडौँ महानगरपालिकाले कालीमाटीमा तरकारी किन्ने उपभोक्ता र व्यापारीको भीड नियन्त्रण गर्न कारोबार बन्द गरेको हो । बजारमा बिहीबारदेखि तरकारी भित्रिए पनि कारोबार भने महानगरले तोकेका स्थानबाट मात्रै गरिन्छ । महानगरपालिकाले बन्दाबन्दी अवधिभर र कोरोना भाइरस नियन्त्रण नहुँदा सम्मका लागि विभिन्न ११ स्थानमा अस्थायी बजार स्थापना गरी बिक्री वितरणको प्रबन्ध मिलाउन कालीमाटी समिति र थोक व्यापारीलाई आग्रह गरेको छ । साथै तरकारी बिक्रीका लागि आवश्यक… पुरा पढौ

दश रुपैयाँले पेट्रोल र डिजेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेलको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाइएको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर ९६ रुपैयाँ तथा डिजेलको मूल्य ८५ रुपैयाँ पर्नेछ । कोरोना भाइरसको महामारीबाट अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावट आएसँगै पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । इण्डियन आयल कर्पोरेशनले प्रत्येक महिनाको १ र १६ तारिखमा नयाँ मूल्य सूचि पठाउने गर्दछ । सोही बमोजिम १ अप्रिल २०२० मा… पुरा पढौ