अर्थतन्त्र

सुन तोलामा एक सय रुपैयाँले बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा एक सय रुपैयाँले बढेर एक लाख ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  आइतबार सुन प्रतितोला एक लाख ९६ हजार ५ सय रुपैयाँमा कायम भएको थियो ।  यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी पाँच रुपैयाँले बढेर दुई हजार २५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी दुई हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो । पुरा पढौ

सुनको मूल्य ३४ सयले बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । एकै दिन तोलामा ३४ सय रुपैयाँले बढेर आज एक लाख ९६ हजार ५ सय रुपैयाँका कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन  सुन प्रतितोला एक लाख ९३ हजार १ सयमा कायम भएको थियो । यस्तै, चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढेको छ । चाँदी प्रतितोला दुई हजार २ सय ५० रुपैयाँमा खरिद-बिक्री भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला दुई हजार २ सय ३५ रुपैयाँमा कारोबार… पुरा पढौ

अर्थतन्त्रको मेरुदण्ड: उद्योगबिना सम्भव छैन

आज नेपालले भोगिरहेको प्रमुख चुनौतीमध्ये रोजगारी अभाव सबैभन्दा गहिरो समस्या बनिसकेको छ । प्रत्येक वर्ष हजारौं युवाशक्ति विदेशिने क्रम बढ्दो छ तर त्यसको मूल कारणमा सरकारको योजनाविहीन नीति, उद्योगविहीन आर्थिक ढाँचा र स्थानीय रोजगारी सिर्जनाको प्रति उदासीनता स्पष्ट देखिन्छ । नेपालजस्तो कृषिप्रधान देशमा समेत उत्पादनमूलक उद्योगहरू स्थापनामा राज्यको कमजोरी देखिएको छ । विगत दुई दशकको तथ्यांक हेर्दा स्पष्ट हुन्छ सरकारले उद्योगलाई प्राथमिकता दिएको छैन र यही कारणले देशको समग्र विकास र आर्थिक आत्मनिर्भरता सपनाजस्तै बनेको छ । वास्तविकता के हो… पुरा पढौ

सेयर बजारमा ४७ अंकको करेक्सन, कारोबार रकम पनि घट्यो

साताको चौथो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ। अघिल्लो दिन मंगलबार ३० अंकले बढेको नेप्से यसदिन ४७.९२ अंकले घटेर २९५४.१४ विन्दुमा झरेको छ। कारोबार सुरु भएपछि प्राय: घटेको बजार अन्तिमसम्म कायम रह्यो । कारोबार रकम अघिल्लो दिनको तुलनामा केही घटेको छ । अघिल्लो दिन १८ अर्ब ५२ करोडको कारोबार भएकोमा आज १६ अर्ब ४४ करोडको कारोबार भएको छ । पुरा पढौ

सुन र चाँदीको मूल्य वृद्धि, कतिमा हुँदै छ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार ६ सय रुपैयाँले बढेर एक लाख ९४ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन एक लाख ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।  यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १० रुपैयाँले बढेर दुई हजार ३१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी दुई हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । पुरा पढौ

४ वर्षकै उच्च विन्दुमा, नेप्से परिसूचक ३० अङ्कले बढ्यो

मंगलबार सेयर बजार करिब ४ वर्षकै उच्चतम विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३० दशमलव ७६ अङ्कले बढेर तीन हजार दुई दशमलव ०७ विन्दुमा कायम भएको छ । आज नेप्से एक दशमलव ०३ प्रतिशतले बढेको हो । आज ३२१ कम्पनीको चार करोड १८ लाख आठ हजार ९६६ कित्ता शेयर एक लाख ५७ हजार ५२५ पटक खरिदबिक्री हुँदा रु १८ अर्ब ५२ करोड ९३ लाख २२ हजार ८८५ बराबरको कारोबार भएको छ । आजको कारोबारमा विकास बैङ्क, वित्त… पुरा पढौ

नेप्से परिसूचक झिनो अंकले घट्यो, १९ अर्बभन्दा बढीको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज सामान्य अंकले घटेको छ । परिसूचक शून्य दशमलव ०६ प्रतिशत अर्थात् दुई दशमलव ०७ अंकले घटेर दुई हजार ९६२ दशमलव १३ विन्दु कायम भएको छ । आजको कारोबार रकममा भने उत्साह देखिएको छ । विभिन्न ३२१ कम्पनीका चार करोड ४१ लाख २४ हजार ९२४ कित्ता शेयर एक लाख ७० हजार ७२६ पटक खरिदबिक्री हुँदा रु १९ अर्ब ३६ करोड आठ लाख ७३ हजार ३४ दशमलव २९ बराबरको कारोबार भएको छ । आज… पुरा पढौ