शिक्षा

ढोरपाटनस्थित श्री ज्योति विकास माध्यमिक विद्यालयमा सुबिधा सम्पन्न आइसीटी ल्याबको उद्घाटन

ढोरपाटन । दात्रि निकाय, अभिभावक, शिक्षक र समुदायका अगुवाहरूको उपस्थितिमा ढोरपाटनस्थित श्री ज्योति विकास माध्यमिक विद्यालयमा एक नयाँ, सुबिधा सम्पन्न आइसीटी कम्प्युटर ल्याबको उद्घाटन गरिएको छ । ग्रामीण नेपालमा डिजिटल खाडल पुर्ने उद्देश्यले गरिएको यो पहल एडुटेक नेपाल, कर्माफ्लाइट्स फाउन्डेसन र ढोरपाटन नगरपालिका बीचको सहकार्यबाट सम्भव भएको हो । उद्घाटन सम्बोधनमा कार्यक्रमका प्रमुख अतिथि एडुटेक नेपालका संस्थापक र दाता न्युजिल्याण्ड निबासी माइक चिसोल्मले विद्यार्थी, शिक्षक र समुदायलाई ल्याब उपहार दिन पाउँदा खुशी व्यक्त गरे । नेपालसँगको आफ्नो सम्बन्धको सम्झना गर्दै… पुरा पढौ

धौलागिरि क्याम्पसद्वारा नि:शुल्क शिक्षा दिन १ करोडको कोष स्थापना

गलकोट (बागलुङ) । बागलुङको धौलागिरि बहुमुखी क्याम्पसमा जेहेन्दार र विपन्नलाई निःशुल्क रूपमा पठन-पाठन गर्नका लागि कोष स्थापना गरिएको छ । गत वर्षको तिहारमा देउसीभैलो खेलेर रु एक करोडको कोषको शुभारम्भ गरिएकामा कोष हस्तान्तरणको तयारीमा पुगेको छ । अहिले कोषमा रु ७५ लाख संकलन गरिएको छ । धौलागिरिको एक मात्र आङ्गिक क्याम्पस धौलागिरि बहुमुखी क्याम्पसमा जेहेन्दार र विपन्न विद्यार्थीलाई निःशुल्क उच्च शिक्षा दिनका लागि स्वतन्त्र विद्यार्थी युनियनको अगुवाइमा रु एक करोडको छात्रवृत्ति कोष गत वर्ष शुभारम्भ गरिएको थियो ।  उक्त कोषलाई… पुरा पढौ

प्राप्त ज्ञानलाई इमानदार भएर देशको हितमा उपयोग गर्न विद्यार्थीसँग प्रधानमन्त्रीको आग्रह

पाेखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ज्ञान, दर्शन, योग र खोजको उद्गम मुलुक भएकाले दीक्षित विद्यार्थीहरूले इमानदार भएर देशका लागि काम गर्नुपर्नेमा जोड दिएका छन् ।  कास्कीको ढुंगेपाटनमा आज आयोजित पोखरा विश्वविद्यालयको २० औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आत्मविश्वास र इमानदारीपूर्वक समाजका लागि सकारात्मक काममा आफूले प्राप्त गरेको ज्ञानको उपयोग गर्नुपर्ने बताएका हुन्। “इमानदारिताले मात्रै सकारात्मक सफलता पाउन सकिन्छ । बेइमानी गरेर पाएको सफलता समाजका लागि उपयोगी हुँदैन । तपाईँहरूले राम्रो पढेको हो भने पनि त्यसलाई समाजमा… पुरा पढौ

नेपाली शिक्षामा सम्मान र अभिमुखीकरण

पोखरा । नेपाली शिक्षा विभाग, पृथ्वीनारायण क्याम्पस पोखरामा यहि सोमावार शिक्षाशास्त्र सङ्काय स्नातकोत्तर तह प्रथम सत्रमा अध्ययन गर्न आउने विद्यार्थीहरूका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नव आगन्तुक विद्यार्थीहरूलाई पुष्प गुच्छा, टीका र खादाद्वारा स्वागत गरिएको थियो । कार्यक्रममा विभागका प्राध्यापक डा. रामनाथ ओझाले शिक्षाशास्त्र सङ्कायको सेमेस्टर प्रणालीमा आधारित भई पाठ्यक्रमका उद्देश्य, शिक्षण सिकाइ कार्यकलाप, मूल्याङ्कन शैली लगायतका विषयमा विद्यार्थीहरूलाई अभिमुख गराएका थिए। अन्य सङ्काय र विभागका तुलनामा शिक्षाशास्त्र सङ्काय नेपाली शिक्षाको पाठ्यक्रम प्रायोगिक प्रकृतिको भएकाले यस… पुरा पढौ

केआईआईटी कलेजले माग्यो माफी

काठमाडौं । नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्युसम्बन्धी घटनामा भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)ले माफी मागेको छ । कलेजका उपकुलपति शरणजित सिंहले एक विज्ञप्ति जारी गर्दै नेपाली विद्यार्थीहरूमाथि भएको दुर्व्यवहारमाथि माफी मागेका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘नेपाली विद्यार्थीप्रति भएको दुर्व्‍यवहार र हाम्रो कलेको कर्मचारीको गैरजिम्मेवार व्‍यहारप्रति हामी अत्यन्तै दुस्खी हुँदै माफी चाहन्छौं । हामी नेपाली विद्यार्थीलाई त्यति कै माया गर्छौं जति भारत र विश्वका विद्यार्थीहरूलाई गर्छौं।’ कलेजका उपकुलपतिले नेपाली विद्यार्थीहरूलाई आफ्नो कक्षामा सहभागी हुन अनुरोधसमेत गरेका छन्… पुरा पढौ

भारतमा नेपाली विद्यार्थीको मृत्यु प्रकरणबारे कूटनीतिक पहल भइरहेको छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमा नेपाली विद्यार्थीहरूलाई होस्टलबाट निकालिएको विषयमा कूटनीतिक पहल भइरहेको बताएका छन् । ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी विश्वविद्यालयको होस्टेलमा एक जना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको  सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीले त्यस विषयमा कूटनीतिक पहल भइरहेको जनाकारी गराएको हो । ‘भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा एकजना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको कुरा मिडिया र सामाजिक सञ्जाल मार्फत जानकारीमा… पुरा पढौ

ओडिसाको कलेजबाट जबरजस्ती निकालिएका नेपाली विद्यार्थी ट्रेन स्टेसनमा अलपत्र

काठमाडौँ । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ टेक्नोलोजी (केआइआइटी) मा नेपालकी छात्रा मृत भेटिएपछि नेपाली विद्यार्थीहरू लखेटिएका छन् । उक्त कलेजले नेपाली विद्यार्थीलाई राम्ररी सामान प्याक गर्न पनि नदिइकन जबरजस्ती बसमा हालेर रेल्वे स्टेसनमा छोडिदिएको छ । नेपाली छात्राको शंकाष्पद मृत्युलाई लिएर विद्यार्थीहरूले शान्तिपूर्ण प्रदर्शन गरेका थिए । तर, कलेजले विद्यार्थीहरूलाई होस्टेल छोड्न चेतावनी दिएको थियो । त्यसअघि कलेजका शिक्षिकाहरूले नेपाली विद्यार्थीहरूलाई धम्क्याएको भिडिओ पनि सार्वजनिक भएको छ । डीएनए इन्डियान्यूजले हालेको एउटा भिडिओमा विद्यार्थीहरूलाई उनीहरूका लगेजसहित गाडीमा ओसारिएको देखिन्छ… पुरा पढौ