शिक्षा

विदेश पढ्न जानेले एक महिनामै लगे ३२ अर्ब ७६ करोड

काठमाडौँ । उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीमार्फत ठूलो मात्रामा रकम विदेशिएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको दोस्रो महिनाको आर्थिक विवरणअनुसार, भदौमा मात्रै विदेश जाने विद्यार्थीले रु. ३२ अर्ब ७६ करोड लगेका छन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो रकम रु. २८ अर्ब २० करोड थियो ।  समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय नौ दशमलव छ  प्रतिशतले वृद्धि भई रु. ४७ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु.… पुरा पढौ

उत्तरपुस्तिका जलेपछि पुनः परीक्षा गर्ने त्रिविको निर्णय

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयले जेनजी आन्दोलनका क्रममा उत्तरपुस्तिका जलेर नष्ट भएको परीक्षा केन्द्रमा पुनः परीक्षा गर्ने निर्णय गरेको छ । परीक्षा नियन्त्रण कार्यालय, बल्खुका अनुसार तीन वटा परीक्षा केन्द्रमा ६५२ जना विद्यार्थीको उत्तरपुस्तिका जलेर नष्ट भएको छ । वार्षिक परीक्षा प्रणालीअन्तर्गत व्यवस्थापन संकाय, मानविकी तथा सामाजिक शास्त्र संकाय र शिक्षा शास्त्र संकायको गत भदौ २२ गते देखि सञ्चालित ४ वर्षे स्नातक तह दोस्रो वर्षको आंशिक तथा मौका परीक्षाको उत्तरपुस्तिका जलेको हो । २२ गते र २३ गतेका परीक्षाहरूको उत्तर पुस्तिकाहरू सुरक्षाका… पुरा पढौ

एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक(ग्रेड वृद्धि)को नतिजा सार्वजनिक गरेको छ । बोर्डले प्रकाशित गरेको नतिजाअनुसार ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छन् । कुल परीक्षामा सहभागी भएका १ लाख ४३ हजार २५७ परीक्षार्थीमध्ये ५९ हजार ६९३ जना अनुत्तीर्ण अर्थात् अवर्गीकृत भएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए ।  परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म सञ्चालन भएको थियो । गत वैशाखमा सञ्चालित वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड’प्राप्त गरेका वा अनुपस्थित भएका विद्यार्थीहरूका लागि बोर्डले पूरक परीक्षाको… पुरा पढौ

शिक्षकहरूको तलब निकासा नगर्ने प्रअलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले दसैँ–तिहारको बेला शिक्षकहरूको तलब रोक्ने विद्यालयका प्रधानाध्यापकहरूलाई कारबाही गर्ने चेतावनी दिएका छन्। मन्त्री पुनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत दसैँ–तिहारको अवसरमा कतिपय विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकहरूले शिक्षकहरूको तलब समयमा नदिएको गुनासो बढेको बताउँदै भोलि (आइतबार)भित्र तलब निकासा गर्न चेतावनी दिएका हुन्। उनका अनुसार शिक्षा मन्त्रालयबाट दसैँअघि नै शिक्षकहरूको तलब सम्बन्धित विद्यालयहरूमा पठाइएको हो। तर पनि केही विद्यालयले शिक्षकहरूको तलब जानाजान रोकेको भन्दै उनले आपत्ति जनाएका छन्। ‘भोलि सम्ममा कुनै नाजायज र अन्यायपूर्ण तरिकाले तलब… पुरा पढौ

कक्षा १२ को पूरक परीक्षा आजदेखि सुरु हुँदै

काठमाडौँ । आजदेखि कक्षा १२ को मौका (पूरक) परीक्षा सुरु हुँदैछ । भदौ २८ र २९ गतेका लागि तोकिएको परीक्षा जेन जेड आन्दोलनका कारणले परीक्षा सरेको थियो । परीक्षा आज र भोलि दुई दिन सञ्चालन गर्न लागिएको राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । अनिवार्य अङ्ग्रेजी र अनिवार्य नेपाली दुवै विषयका (पूरक) परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अङ्ग्रेजी (००४१) र दोस्रो दिन अनिवार्य नेपाली (००२१)को परीक्षा दिनुपर्ने तालिका सार्वजनिक गरेको छ ।   त्यसै गरी, असोज ८ दुई… पुरा पढौ

ठोस नतिजा निकाल्ने गरी अघि बढ्न कर्मचारीलाई मन्त्री पुनको निर्देशन

काठमाडौँ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले ठोस नतिजा निकाल्ने गरी अघि बढ्न कर्मचारीलाई निर्देशन दिएका छन् । सोमबार केशरमहलस्थित मन्त्रालयमा पदभार ग्रहणपछि मन्त्री पुनले अनावश्यक र औचित्यहीन समिति गठनमा आफूलाई रुचि नभएको बताएका छन् । पदभार ग्रहणका बेला मन्त्रालयका सचिवसहितको टोलीले मन्त्रीको पहिलो निर्णयमा हस्ताक्षर गरिदिन आग्रह गर्दा उनले नाम मात्रको समिति गठन गर्न जरुरी नरहेको बताए । ‘हाजिर गर्ने, दुई चार पटक मिटिङ बस्ने, सदस्य भएर एउटा पद लिने, म चैँ यो समितिको सदस्य हुँ… पुरा पढौ

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ । यसअघि भदौ २८ र २९ गते सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गरे पनि देशको वर्तमान अवस्थाका कारण परीक्षा तालिका संशोधन गरी बोर्डले नयाँ तालिका सार्वजनिक गरेको हो । बोर्डले असोज ७ गते अनिवार्य अङ्ग्रेजी (००४१), एक विषयको मात्र परीक्षा दिने परीक्षार्थीका लागि सबै विषय र दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयमध्येको सानो कोड नम्बर भएको विषय… पुरा पढौ