मनोरन्जन

‘मिस युनिभर्स’को उपाधि सुजितालाई

काठमाडौं । ‘मिस युनिभर्स नेपाल २०२१’ को ताज सुजिता बस्नेतले पहिरिन सफल भएकी छन् । पन्ध्रजना प्रतियोगीलाई पछि पार्दै उनले उपाधि उचालेकी हुन् । विजेताले १० लाख नगदसहित हिराजडित ताज लगाउन सफल भइन् । उनलाई गत वर्षकी मिस युनिभर्स नेपाल विजेता अंशिका शर्माले ताज पहिर्‍याएकी थिइन् । शनिबार साँझ आयोजित ग्राण्ड फिनालेमा उत्कृष्ट १६ बाट १० र ५ मा छनोट हुँदै अन्तमा विजेता घोषणा गरिएको हो । उमङ्ग क्रियसनको आयोजना र प्रशोधन कम्पनी ओरिफ्लेम मुख्य प्रयोजक रहेको कार्यक्रमका विजेताले आगामी… पुरा पढौ

फिल्म सिटी निर्माणले गति लिँदै

दोलखा, ७ कात्तिक । सरकारले दोलखामा बन्न लागेको अन्तर्राष्ट्रियस्तरको चलचित्र नगरी (फिल्म सिटी)लाई प्राथमिकताका साथ अघि बढाउने भएको छ । फिल्म सिटीको पछिल्लो अवस्था बुझ्न सञ्चार मन्त्रालयका सचिव डा वैकुण्ठ अर्याल नेतृत्वको एक टोलीले दोलखाको डाँङडुँगेडाँडास्थित निर्माण क्षेत्रको अवलोकन गरेको छ । शनिबार अवलोकनपछि सचिव अर्यालले प्राकृतिक सौन्दर्यता र ‘इनडोर स्टुडियो’को लागिसमेत यो स्थानमा फिल्म सिटी उपर्युक्त हुने देखिएको भन्दै सरकारले प्राथमिकता साथ काम अघि बढाउने जानकारी दिए । मन्त्रिपरिषद्ले ५ वर्षअघि भीमेश्वर नगरपालिका–९ स्थित डाँङडुँगेडाँडामा चलचित्र नगरी बनाउन सूचना… पुरा पढौ

दिलकुमारी खाँणको तीज गीत ‘शिरफूल’ सार्वजनिक

पोखरा । रचनाकार एवं गायिका दिलकुमारी खाँण(लक्ष्मी हमाल)को नयाँ मौलिक तीज गीत ‘शिरफूल’ सार्वजनिक भएको छ । लय तथा शब्द संकलन लक्ष्मी र धनकुमारी हमालले गरेको गीतमा लक्ष्मीकोे आवाज सुन्न पाइन्छ । गीतलाई बिनोद रसाइलीले एरेन्ज गर्नुभएको हो । गीतको रेकर्डिङ क्रेजी स्टुडियोमा गरिएको हो । उत्पादन र वितरण “म्युजिकल दिल” युट्युब च्यानल मार्फत आज प्राज्ञ नगेन सिँहले गीतलाई सार्वजनिक गर्नु भएको हो ।प्राज्ञ नगेन सिँह ठकुरीले सस्कृति बढाउदैं लैजान पर्ने बताउदै यो शिरफूल तिज गितमा सस्कृति, मौलिकपन र ईतिहास… पुरा पढौ

तनहुँको बिमलनगर स्थित चुनपहरा जोगाउनको लागि अभियान शुरु

पोखरा । तनहुँ जिल्लाको बन्दिपुर गाउँपालिका, बिमलनगर स्थित चुन पहरा जोगाउने अभियान स्वरुप आज सरोकारवालाहरु बीच एक जुम मिटिङ्ग सम्पन्न भएको छ।चट्टान आरोहणको लागि यो पहरा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वको रहेको छ। नेपालको लगभग मध्य भागमा रहेको, अत्यन्तै सुगम ठाउँमा रहेको, थुप्रै लेभलका थुप्रै रुटहरु भएकोले पनि यसको पर्यटकीय हिसाबले समेत उत्तिकै महत्त्व छ।  चट्टान आरोहण भनेको पर्वतारोहणको आधार हो। यही पहरामा तालिम लिएर थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आरोहीहरुले आफ्नो करियर बनाउनुका साथै विभिन्न कीर्तिमान समेत कायम गरेका छन।पृथ्वी राजमार्गको… पुरा पढौ

चोखो प्रेमको कसीमा शिरसुबा

नेपाली सिने उद्योगको क्षेत्रमा गुरूङ फिल्म उद्योगले पनि आफनो राम्रै फड्को मार्न सकेको छ । नेपाली भाषामा गुरूङ परिवेशका चलचित्रहरू निर्माणक्रम तीव्ररूपमा बढेको छ । यसलाई सफलताको रूपमा मान्न सकिन्छ । हालै भदौ ६ गतेबाट प्रर्दशित भेज मेस्रो फिल्मस प्रोडक्सन घान्द्रुक प्रिन्जेन्टको प्रस्तुति शिरसुबा गुरूङ चलचित्र पोखरा मिडटाउन मुभि हलमा प्रर्दशन हुदै छ । बिमल गुरूङको कथा र माओत्से गुरूङको लेखन तथा निर्देशनमा नयां गुरूङ चलचित्र शिरसुबाले एउटा राम्रै छवि बनाउन सफल भएको छ । विशेष त यो नारी प्रधान… पुरा पढौ

भुषणको कलाकृति

तिर्खा र प्यास सायद नहुदो हो त यो संसार नै अधुरो हुन्थ्यो होला । कतै न कतै अन्तचक्षुले छोएसम्म मानिस कला सिर्जनामा तल्लिन हुदो रैछ । सायद यस्तै एक उदाहरणीय प्रतिभाका धनि हुन कलाकार भुषण राज राजभण्डारी । बाह्र वर्षको उमेरदेखि नै आफू चित्र कोर्न थालेको बताउने भुषण अहिले व्यावसायिक कलाकार भैसकेको छ । उनी अर्डर अनुसार पोट्रेट मुहार चित्र बनाउने गर्छ र सोहीअनुसार पारिश्रमिक पनि राम्रै लिने गर्छ । भुषणले दृश्य चित्र, मुहार चित्र धेरै बनाएका छन । कला… पुरा पढौ

स्टार्स खुल्ला एकल नृत्य प्रतियोगिताको फाइनल तथा स्रष्टा सम्मान कार्यक्रम आज

पोखरा । स्टार्स खुल्ला एकल नृत्य प्रतियोगिता–२०७७ मा उपाधिका लागि आज २१ जनाबीच प्रतिस्पर्धा हुँदैछ । स्टार्स स्टुडियो प्रालि पोखरा र स्टार फाउन्डेसन नेपालको वार्षिकोत्सवको अवसरमा यो प्रतियोगिताको आयोजना गरिएको हो । आज शनिवार बिहान ११ बजे पोखरा उद्योग वाणिज्य संघको हलमा आयोजना हुने प्रतियोगिताको फाइनलमा पुग्नेमा कास्कीका प्रिती गुरुङ, कृषा जिसी, अन्जना गुरुङ, सावित्री राना, विवेक थापा, रिमा गुरुङ, बन्दना घर्ती, ओशिका गुरुङ, अमृत सुनार, सरिता मगर, जमुना गुरुङ रहेका छन् । यसैगरी काठमाण्डौँका नेशान सुश्लिङ मगर, मोनिका गुरुङ,… पुरा पढौ