वातावरण

पोखरा उपत्यकामा गिद्धको संख्यामा २२ प्रतिशतले वृद्धि

पोखरा । अन्तर्राष्ट्रिय गिद्ध संरक्षण दिवसको अवसरमा पोखरा पंछी समाजले हरेक वर्ष जस्तै यस वर्ष पनि गिद्धको गणना गरेको छ । पोखरा पंक्षी समाजले सन् २०१७ देखि नै पोखरा आसपासमा गिद्धको संख्या अध्यावद्यिक गर्दै आइरहेको छ । यसवर्ष गतवर्षको तुलनामा झण्डै २२ प्रतिशतले बढेको समाजको तथ्याङ्कले देखाएको छ । कास्कीको घाचोक, बाच्छेबुडुवा, पुम्दी-भुम्दि, विजयपुर खोला करिडोर, लामेआहाल एवम् तनहुँको गाछेपानी, सिशुवा/भतेरी र दमौली ल्याण्डफिल साइटमा समेत गरी एकै पटक ८ स्थानमा छुट्टा-छुट्टै टोलिले गणना गरेको हो। यी स्थानहरुमा गिद्धको सङ्ख्या… पुरा पढौ

मुस्ताङमा वन्यजन्तुसँगै रमाउन थाले पर्यटक

म्याग्दी, २२ भदौ । मुुस्ताङ भन्ने बित्तिकै धेरैले मुक्तिनाथ मन्दिर, कागबेनी, दामोदरकुण्ड, लोमान्थाङ, जोमसोम, लेते, मार्फालगायत स्थान, तालतलैया, हिमाल, मौलिक कला, संस्कृति र अनि पृथक भूगोलको दृश्यको कल्पना गर्दछन् । प्रकृति, संस्कृति, उजाड भूगोल र हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल, ऐतिहासिक दरबार, गुम्बा, नदी, तालतलैया, हिमाली जीवनशैली, तालतलैया र गुफा रहेको मुस्ताङमा पछिल्लो समय दुर्लभ वन्यजन्तुहरुको सहजै देखिन थालेपछि अर्को आकर्षण थपिएको छ । लोमान्थाङ गाउँपालिका–५ लोमान्थाङका वडा सदस्यसमेत रहनुभएका पर्यटन व्यवसायी छेवाङ रिनजिन गुरुङले जोमसोम–कोरला सडक आसपासकै क्षेत्रमा… पुरा पढौ

कास्की र तनहुँका ८ स्थानमा गिद्ध गणना हुने

१६ औं गिद्ध सचेतना दिवसका अवसरमा भोली मिति २०८१ साल भाद्र २२ गते शनिवार कास्की र तनहुँका ८ स्थानमा गिद्ध गणना हुने भएको छ । पोखरामा रहेर विगत १ दशक देखि गण्डकी प्रदेशमा चरा तथा यीनका वासस्थान संरक्षण, सम्वद्र्धन एवं चरा पर्यटनमा काम गरीरहेको संस्था पोखरा पंछी समाजले विगतका वर्षहरु झै यस वर्ष पनि उक्त गणना कार्यक्रम गर्न लागेको हो । सेप्टेम्बर महिनाको पहिलो शनिवारका दिन मनाईने यो दिवस दक्षिण अफ्रिकावाट Endangered Wildlife Trust ले सन् २००५ वाट राष्ट्रिय रुपमा… पुरा पढौ

जलविद्युत् आयोजनाको बाँध निर्माणस्थलमा अजिङ्गर भेटियो

दमौली (तनहुँ), १९ भदौ । जिल्लाको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणस्थलमा आज दिउँसो अजिङ्गर भेटिएको छ । आयोजनाको चरण–१ अन्तर्गत एक सय ४० मिटर अग्लो बाँध निर्माणस्थलमा अजिङ्गर भेटिएको हो । उक्त अजिङ्गरलाई आयोजनाको वन्यजस्तु संरक्षण व्यवस्थापन योजनाबमोजिम जिल्लास्थित डिभिजन वन कार्यालयसँगको समन्वयमा उद्धार गरिएको जलविद्युत् आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । उद्धार गरिएको अजिङ्गरलाई डिभिजन वन कार्यालयले सुरक्षित स्थानमा लगेर छोड्ने उनले बताए । दुई दिनअघि पनि व्यास नगरपालिका–२… पुरा पढौ

खुम्बुमा बाढी : थामे खोलाको तटीय क्षेत्रमा कटान जारी

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे खोलामा आएको बाढीले तटीय क्षेत्रमा कटान जारी रहेको छ । शुक्रबार दिउँसो थामे खोलामा आएको बाढीपछि खुम्बु र तल्लो सोलुका नदी आसपासका क्षेत्रमा कटान जारी रहेको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण गिरीका अनुसार नदीमा पानीको मात्रा केही कम भए पनि कटान भने जारी रहेको छ । बाढीले खुम्बु पासाङल्हामु–५ थामेका २० घर तथा होटल लज, एउटा स्वास्थ्यचौकी र विद्यालय बगाएको थियो । बाढीले स्थानीय विद्युत् आयोजनाको विद्युत् गृह पूर्ण रूपले… पुरा पढौ

गुल्मीको रेसुङ्गा र मदानेमा भेटिए नयाँ प्रजातिका आठ चरा

गुल्मी ।  रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्रमा आठ प्रकारका नयाँ प्रजातिका चरा फेला परेका छन् । नेपाल पक्षी संरक्षण सङ्घले गरेको सर्वेक्षणअनुसार मदाने र रेसुङ्गा संरक्षित वन क्षेत्रमा ती चरा फेला परेका सङ्घका परियोजना अधिकृत भरत पन्थीले जानकारी दिए । मदाने वन क्षेत्रमा भेटिएका थप नयाँ प्रजातिका चरामा चाकासूचक, कालोकण्ठे भुइँरोबिन, श्यामश्वेत अर्जुनक, कालो बुङ्गेचरी, आली चुइँया र हिमाली लेकचरी र रेसुङ्गा वन क्षेत्रमा सानो सेतो बकुल्ला नामको नयाँ प्रजाति फेला परेको परियोजना अधिकृत पन्थीले बताए । वर्षमा दुई… पुरा पढौ

बडिगाड पहिरोः ५० परिवार विस्थापित

बागलुङ । बाढी पहिरोका कारण बडिगाडमा ५० परिवार विस्थापित भएका छन् । बडिगाड गाउँपालिका–९ को नयाँबस्ती र वडा नं १० आरुपाता, पात्ले, क्लावझिङ, खोर, सल्लेनधारालगायत बस्तीका ५० परिवार विस्थापित भएका हुन् । हालैका पहिरोमा परी ११ जनाको मृत्यु भएको छभने एक जनाको अवस्था अझै अज्ञात छ । विस्थापित परिवारको अहिले बिचल्ली भएको छ । पहिरोका कारण खानेपानी, विद्युत् आपूर्ति हुनसकेको छैन । बालबालिका र वृद्धवृद्धालाई बढी समस्या परेको छ । स्थानीय भीमबहादुर बुढाले गाउँका धेरै घर पहिरोको जोखिममा रहेको हुँदा… पुरा पढौ