वातावरण

अन्तर्राष्ट्रिय पर्वतीय संवादमा हिमालमा परेको जलवायु परिवर्तनसम्बन्धी समस्याको समाधान खोजिनेछः डा. भुसाल

पछिल्लो समय जलवायु परिवर्तनको प्रभावको चर्चा विश्वस्तरमा नै चुलिँदै गइरहेको छ । यसको प्रभावका कारण हिमालको हिउँ पग्लिरहेको र कालान्तरमा हाम्रो हिमालको नै कुनै अस्तित्व नरहलाका भन्ने चिन्ताको विषय पनि बनेको छ । हिमाली क्षेत्रका प्रभावको मुद्दा विश्व समुदायमा स्थापित गराउने लक्ष्य साथ भोलि र पर्सि काठमाडौँमा पर्वत, मानव र जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय संवाद सुरु हुँदैछ । मुख्यगरी पर्वतीय क्षेत्रसँग सम्बन्धित विषयमा केन्द्रित रहेर छलफल सुरु हुनेछ । नेपालले जलवायु परिवर्तनको असरको कारणले पर्वतीय क्षेत्रको पारिस्थितिकीय प्रणाली, जनजीवन र जैविक… पुरा पढौ

माछा मर्नेक्रम नरोकिएपछि आँधीमूलमा क्षमापूजा

दमौली (तनहुँ), ५ जेठ । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल मन्दिर परिसरमा रहेका पोखरीका माछा मर्नेक्रम नरोकिएपछि क्षमापूजा गरिने भएको छ । गत सोमबारदेखि मन्दिर परिसरमा रहेका माछा धमाधम मर्न थालेपछि यहाँ क्षमापूजाको तयारी गरिएको हो । आँधीमूल क्षेत्र संरक्षण समितिका अध्यक्ष हिमाल थापाको अध्यक्षतामा बसेको जनप्रतिनिधि र स्थानीयवासीको भेलाले सोमबार मन्दिर परिसरमा क्षमापूजा गर्ने निर्णय गरेको हो । मन्दिरमा परम्परागतरुपमा चली आएको रीतिरिवाज अनुसार बोका बलि दिइ क्षमापूजा गरिने उनले जानकारी दिए । यस ठाउँका सबै स्थानीयवासीको सहभागितामा क्षमापूजा… पुरा पढौ

उपल्लो मुस्ताङमा भेटियो नयाँ प्रजातिको चरा

गण्डकी, ४ जेठ । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने उपल्लो मुस्ताङको लोमान्थाङमा नयाँ प्रजातिको चरा भेटिएको छ । नेपाल पन्छीविद् सङ्घका अनुसार उक्त चरालाई ‘फुस्रो सारौँ’ अभिलेख गरिएको छ । चराविद् शङ्कर तिवारीले पदयात्राका क्रममा गत वैशाख २५ गते बिहान ८ः४९ बजे उक्त चरा देख्नुभएको नेपाल बर्ड रेकर्ड कमिटीका अध्यक्ष डा तुलसी सुवेदीले जानकारी दिए । कमिटीले चराका तस्बिर र विवरणको अध्ययन तथा राष्ट्रिय÷अन्तर्राष्ट्रिय चराविद्सँगको राय सुझावका आधारमा नयाँ प्रजाति पहिचान गरेको हो । चराविद् तिवारीले अवलोकनका क्रममा भेटाएको सो चराको… पुरा पढौ

मादीमा असला र सहर संरक्षण

दमौली (तनहुँ), ३१ वैशाख । तनहुँ जलविद्युत् आयोजनाले सञ्चालन गरेको मादी नदी माछा संरक्षण कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ । आयोजनाको मस्त्य संरक्षण व्यवस्थापन योजनाअन्तर्गत कार्यान्वयनमा ल्याइएको मादी नदी माछा संरक्षण कार्यक्रमका विषयमा प्रभावित क्षेत्रका बासिन्दालाई जानकारी दिन सन्देशमूलक सन्देश प्रसारण थालिएको छ । असारदेखि भदौ महिनासम्म माछाको प्रजनन समय हुनेहुँदा उक्त अवधिभर मादी नदीमा माछा नमार्न तथा प्रतिबन्ध लगाइएका क्रियाकलाप गरिएमा हुने कानुनी कारबाहीलगायतका विषयमा प्रभावित क्षेत्रका बासिन्दालाई सचेत गराउन थालिएको तनहुँ जलविद्युत् आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए ।… पुरा पढौ

फेवातालको जलकुम्भी हटाउने अभियान सुरु

कास्की, ३० वैशाख । फेवातालमा बढ्दै गएको जलकुम्भी झारका कारण ताल कुरुप बन्न थालेपछि आजदेखि सरसफाइ अभियानको शुभारम्भ गरिएको छ । वातावरण संरक्षणका लागि महाअभियान कास्कीको आयोजनामा ‘वातावरण एवं सम्पदा संरक्षणमा नागरिक खबरदारी’ को नारासहित अभियान सुरु गरिएको हो । पोखरा महानगरपालिका–१८ खपौदी ढल्केबरबाट डुङ्गा तथा अन्य साधनको मद्दतमा ताललाई ढाकेको जलकुम्भी झार बाहिर निकाल्न सुरु गरिएको थियो । वातावरण संरक्षणका लागि महाअभियान कास्कीका संयोजक एवं नागरिक अभियन्ता रामबहादुर पौडेलले अभियान कम्तीमा दुई साता निरन्तर चल्ने बताए । उनका अनुसार… पुरा पढौ

तनहुँमा प्लाष्टिक झोलामुक्त अभियानः पसल–पसलमा सचेतना कार्यक्रम

तनहुँ, २८ वैशाख । आगामी जेठ १ गतेदेखि व्यास नगरपालिकालाई प्लाष्टिक झोलामुक्त तुल्याउने अभियान सञ्चालन भएको छ । अभियानअन्तर्गत नगरपालिकाको एउटा टोली पसल–पसलमा पुगेर सचेतना कार्यक्रम सञ्चालनमा व्यस्त छ । व्यास नगरपालिका प्लाष्टिक झोलामुक्त अभियानका संयोजक रनसिंह नेपालीको संयोजकत्वमा छ जनाको टोली पसल–पसलमा पुगेर प्लाष्टिक झोला प्रयोग नगर्न अनुरोध गरिरहेको छ । सुरुमा बजार केन्द्रित अभियान अहिले नगरपालिका–१, २, ३ र ४ मा सक्रिय छ । टोलीले बजार क्षेत्रमा निरन्तर ‘माइकिङ’ गरेर प्लाष्टिक झोला प्रयोग नगर्न क्रेता तथा बिक्रेतालाई आग्रह… पुरा पढौ

वर्षाले केही घट्यो वायु प्रदूषण

कामठाडौं । मुलुकका विभिन्न स्थानमा हिजोदेखि सुरु भएको वर्षासँगै काठमाडौँ उपत्यका लगायतका मुख्य सहरको वायु प्रदूषण पनि न्यूनीकरण भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्क अनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय २७ छ । वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) गत शनिबार एक सय ९२, आइतबार एक सय ७६, सोमबार एक सय ५६ पुगेको थियो । वायु प्रदूषण घटेर आज वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय २७ पुगेको हो । डढेलोविद् सुन्दर शर्माले लामो समयसम्म वर्षा नहुँदा बढिरहेको… पुरा पढौ