वातावरण

गिद्धका लागि वासस्थान गम्भीर चुनौती बन्दै

गण्डकी, १६ भदौ । वासस्थानको अभावमा प्रकृतिको कुचिकार मानिने गिद्ध सङ्कटमा पर्दै गएको छ । पछिल्ला दशकमा मानवीय अतिक्रमणका कारण पोखरा र आसपासमा रहेका गिद्धका प्रमुख वासस्थान सङ्कटमा पर्दै गएका छन् । पोखरा महानगरपालिका–१५ छिनेडाँडास्थित फोहर बिसर्जन स्थल परिवर्तन गरिएपछि थप चुनौती थपिएको छ । पोखरा उपत्यकामा बढ्दो बस्ती विकासको क्रमसँगै विगत दुई दशकयता गिद्धका प्रजाति लोपहुँदै गएका छन् । गिद्धको बासस्थान विशेषतः अग्लो सिमलको रूख नै हो । सिमलका रूखमा उनीहरू बस्ने र गुँड लगाउने गर्दछन् । पोखरा आसपासका… पुरा पढौ

गिद्ध संरक्षणमा लाग्न सरोकारवालाको जोड

नवलपुर, १५ भदौ । मानवीय गतिविधिका कारण प्रकृतिबाट गिद्ध लोप हुँदै गएको विषयप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । जथाभावी विषादी प्रयोग गर्दा पृथ्वीबाट करिब ९१ प्रतिशत गिद्ध लोप भइसकेको भन्दै यिनीहरुको संरक्षण गर्नुपर्नेमा बर्ड एजुकेशन सोसाइटीका पूर्वअध्यक्ष टीका गिरीले बताए । “नब्बे प्रतिशत गिद्ध हामीबाट लोप भइसकेको भन्ने तथ्याङ्क सार्वजनिक भइरहेको छ”, गिरीले भने, “हामीले गिद्धलाई बचाउनुपर्छ, हामीलाई आवश्यकता छ, गिद्धका कारण प्रकृति स्वच्छ भएको हुन्छ ।” मानवीय दृष्टिकोणबाट गिद्धलाई नराम्रो प्रजातिको रुपमा हेर्ने गरिएको भन्दै गिरीले गिद्धले मानवीय… पुरा पढौ

पर्वतमा चितुवा मृत फेला

पर्वत, १५ भदौ । पर्वतको मोदी गाउँपालिका–७ राम्जादेउरालीमा चितुवा मृत भेटिएको छ । राम्जादेउरालीस्थित गौतम कूल मन्दिर नजिकै धानखेतमा आज चितुवा मृत फेला परेको हो । स्थानीयवासीले देखेलगत्तै डिभिजन वन कार्यालयका कर्मचारी र प्रहरीसहित पुगेको टोलीले मृत चितुवालाई डिभिजन वन कार्यालय परिसरमा ल्याएर गाडेका छन् । डिभिजन वन कार्यालयका प्रमुख नवराज बरालका अनुसार झन्डै तीन वर्षजति उमेरको देखिने चितुवा केही दिन अगाडि नै मरेको पाइएको छ । चितुवाको शरीरमा घाउचोट भने देखिएको छैन । वन कार्यालयका कर्मचारी, जनप्रतिनिधि र सुरक्षाकर्मीको… पुरा पढौ

जगदिशपुर जलाशयः “ठिमाहा फ्यालफ्याले” ले नेपालमा पहिलो पटक बच्चा कोरले

अनियमित हिउँदे आगन्तुक तथा बसन्त ऋतुमा वटुवा प्रजातिको रुपमा भेटिने चरा "ठिमाहा फ्यालफ्याले" ले कपिलवस्तुको जगदिशपुर जलाशयमा नेपालका लागि पहिलो पटक वच्चा कोरलेको अभिलेख गरिएको छ । पंछी अवलोकनका क्रममा वन्यजन्तु फोटोग्राफर तथा पर्यटनकर्मीद्धय पेम्बा शेर्पा र सुगम ताम्राकारले आज विहान ११ः३० बजे उक्त फ्यालफ्याले ८ वटा गुँडमा बच्चा कोरल्दै गरेका र सयौंको संख्यामा उक्त क्षेत्र आसपासमा उड्दै गरेका भेटेका थिए । फोटोः पेम्बा शेर्पा सन् १९७१ मा सुनसरीवाट नेपालका लागि पहिलो अभिलेख गरिएको यस फ्यालफ्याले कोशी ब्यारेज क्षेत्र, चितवन… पुरा पढौ

बेतनामा फेला पर्‍यो अति सङ्कटापन्न ‘ब्लाक सफ्टसेल’ कछुवा

बेलबारी (मोरङ) । मोरङको बेलबारीस्थित बेतना सिमसारमा नयाँ जातको कछुवा फेला परेको छ । अति सङ्कटापन्न सूचीमा रहेको ‘ब्लाक सफ्टसेल’ नामक कछुवा दुई दर्जनभन्दा बढीको सङ्ख्यामा रहेको वैज्ञानिकको टोलीले पत्ता लगाएका छन् । ‘बेतना सिमसारमा धेरै वर्ष अघिदेखि पाउने गरिएको ती कछुवालाई मयूर प्वाँखे कछुवा भन्ने गरिन्थ्यो, तर त्यसको च्यापु हेरेपछि थाहा भयो यो नेपालको लागि नयाँ प्रजातिको कछुवा भनेर,’ वातावरण पत्रकार साथै प्राणी शास्त्रका उपप्राध्यापक रामचन्द्र अधिकारीले बताए । सन् २०२२ मा आरको नेपालको सहयोगमा अष्ट्रियाका वैज्ञानिक डा पिटर… पुरा पढौ

पर्यटक नहुँदा हात्ती सफारी सङ्कटमा

भरतपुर (चितवन), ८ भदौ । नेपालको प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक हो सौराहा । यहाँ चितवन राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तुको अवलोकनका लागि पर्यटक आउने गर्छन् । दुर्लभ एकसिङ्गे गैँडालगायतका वन्यजन्तु हेर्न यहाँ आउने पर्यटक लालयित हुन्छन् । निकुञ्जभित्रका वन्यजन्तु हेर्नका लागि विसं २०४१ बाट हात्ती सफारी गर्ने गरिएको हो । यहाँ हात्ती चढ्नकै लागि पर्यटक आउने गर्दथे । तर पछिल्लो समय यहाँको पहिचानका रूपमा रहेको हात्ती सफारी सङ्कटमा पर्दै गएको छ । पछिल्लो समय हात्ती सफारी गर्ने पर्यटकको सङ्ख्या क्रमशः घट्दै गएको… पुरा पढौ

आहा डल्फिन उफ्रँदै गरेको हेर्न क्या मज्जा !

टीकापुर (कैलाली), ६ भदौ । कैलालीको लम्कीचुहाका हरि सुनार डल्फिन हेर्न कैलालीको टीकापुरस्थित वडा नं ७ बैदी ढुङ्गानाटोलमा पुगे । साथीसहित बैदीस्थित मोहना, पथरैया र काँडा नदीको सङ्गममा पुगेका उनले डल्फिन उफ्रेको हेरेर आनन्द लिए । बर्खा लागेपछि कैलालीको टीकापुर–७ स्थित मोहना, पथरैया र काँडा नदीको सङ्गममा दैनिक डल्फिन देखापरिरहेका छन् । नदीमा साँझ र बिहानको समयमा साना र ठूला डल्फिन देखिने गरेका छन् । “नदीमा पानीको बहाव बढेको छ । डल्फिन उफ्रँदै रमाइरहेका देख्यौँ”, सुनारले भने, “डल्फिन बडो आनन्दले… पुरा पढौ