फिचर

‘ईलुस्ट्रेटर’ जीत गुरूङ

जीत गुरुङ वास्तवमा ‘ईलुस्ट्रेटर’ अर्थात पुस्तक चित्रकार हुन । नेपालमा प्रकाशित भएका धेरै पुस्तकहरूमा उनको रेखा चित्रले भरिएका छन । बालकथा, कविता, धार्मिक कथा, कमिक्स आदि चित्रहरू बनाएका छन् उनले । विदेशी नियोग, पुस्तक प्रकाशक र संघसंस्थाहरु (हेल्पटास, आईएनएफ आदि) का पुस्तकको भित्रि तथा पृष्ठको आवरण चित्रहरू बनाएका छन् । उनको रेखा चित्रमा सिद्वहस्त, निपुर्ण र प्रभाविलो छ । उनको यही विशेषताले राजधानीलगायतका स्थानहरुबाट समेत पुस्तकहरूको चित्र बनाउन आउने गर्छ । जीत गुरुङले तयार पारेका पुस्तक तथा पत्रिकाका कभर चित्रहरू… पुरा पढौ

क्होलको पुनः उत्खनन् गर्न करिब ८८ लाख लागत लाग्ने, बजेट विनियोजनका लागि प्रदेश सरकारसँग माग

पोखरा । गुरुङहरुको प्राचीन थलो क्होल पुनः उत्खनन्का लागि करिब ८८ लाख लागत लाग्ने अनुमान अनुसन्धान विज्ञले बताएको छ । सन् २००० अप्रिलमा गरेका पहिलो उत्खनन् कर्ता क्याम्ब्रिज विश्वविद्यालयका आक्र्योलोजिकल विभागका प्रमुख क्रिस्टोफर इभानले क्होल उत्खनन्को लागि ५७ हजार ५८० पाउण्ड अर्थात् करिब ८८ लाख रुपैयाँ लाग्ने जनाएको हो । गत फागुन २ गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग तत्कालिन क्होल उत्खनन्को को–डाइरेक्टरको रुपमा रहेका तमु प्ये ल्हु संघका संस्थापक सदस्य यारजङ क्रोम्छें गुरुङले भेट गरी पुनः उत्खनन् कार्यलाई अगाडि… पुरा पढौ

आज सगरमाथा दिवस, विश्वको सर्वोच्च शिखरमा मानव पाइला राखेको ६७ वर्ष पूरा

पोखरा, १६ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पहिलोपटक मानव पाइला टेकिएको आज ६७ वर्ष पूरा भएको छ । २ साहसी पर्वतारोही तेन्जिङनोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथाको शिखरमा पुगी विश्वलाई मानवीय साहस र क्षमताको ऐतिहासिक परिचय दिएका थिए । यस घटनाले विश्वभर नै ठूलो चर्चा पायो र नेपालले सगरमाथाको देश भनेर संसारभर ख्याति पायो । सोही ऐतिहासिक घटनाको स्मरण गर्दै मे २९ लाई अन्तर्राष्ट्रिय… पुरा पढौ

संरक्षण पर्खदै ओँत

सुजिता ढकाल पोखरा । अङ्ग्रेजीमा अटर भनेर चिनिने ओँतहरु अर्ध–जलीय जीवन बिताउने स्तनधारी जनावर हुन । सिमसार, तालहरु र नदिहरु जस्ता माछा प्रसस्त पाइने क्षेत्रमा पाईने ओंतहरु जलीय पारिस्थितिकीय प्रणालीहरुको महत्त्वपूर्ण जैविक सूचक हुन् । शिकार गर्न माहिर ओँतको सबैभन्दा प्रिय आहारा माछा हो र साथसाथै धेरै यसले भ्यागुता, गँगटाजस्ता उभयचर, क्रसटेशियन र साना स्तनपायी जनावर पनि मौसम अनुसार खाएको पाईन्छ । ओँतको लामो र पातलो शरीर हुनुका साथै छोटा खुट्टा हुने गर्दछन । ओँतको शरीरको बाहिरी भागले भित्री नरम… पुरा पढौ

पर्वतीय पर्यटनमा दोहोरो मर्का, बिकल्पमा बहस जरुरी

Mardinews
पोखरा, १३ जेठ । कोभिड– १९ (कोरोना भाइरस)को महामारीबाट विश्वमा सबैभन्दा धेरै असर पर्यटन व्यवसायमा परेको कुरामा कुनै विवाद छैन । दुई महिना भन्दा लामो बन्दाबन्दी नेपाल लगायत विश्वका धेरै देशहरुले झेल्नुपरेको छ । नेपालमा अहिलेसम्मको प्राथमिकता भनेको नागरिकहरु सुरक्षीत रहनु र संक्रमण बढ्न नदिनु नै हो । सरकार र सरोकारवाला निकायहरु सो को लागि खटेकै देखिन्छन् । यद्यपि प्रभावकारी रूपमा काम तथा नियमन हुन नसकेको गुनासोहरु पनि त्यतिकै छन । यो महामारी हो र अनन्तकालसम्म रहदैन । ढिलोचांडो खोप… पुरा पढौ

लकडाउन पछिको पर्यटन र पर्वतीय पर्यटन मजदुरको अवस्था

विश्वका दुईसय भन्दाबढी देशहरु कोरोना भाइरस (कोभिड(१९) को महामारीमा परेका छन । विश्वकै अर्थतन्त्रलाई चलायमान बनाउने पर्यटन उद्योग ठप्पप्राय छ । अन्तर्राष्ट्रिय उडान तथा यातायात सेवा डेढमहिनादेखि बन्द छन । कोरोनाको सुरुवात भएको स्थान चीनको वुहान लगायत युरोपका केहि देशहरुमा संक्रमण दर घट्दै गएको कारण अब यो महामारी नियन्त्रणमा आउनेतर्फ आशावादी भएतापनि ठ्याक्कै नियन्त्रणमा आएर दिन चर्या नियमित कहिले हुन्छ भनिहाल्न सकिने स्थिति छैन । नेपालको अर्थमन्त्रीले देशको जिडिपीमा पर्यटन क्षेत्रको योगदान ३ प्रतिशत मात्रै भन्नु भएतापनि सेवाक्षेत्रको योगदान समेत… पुरा पढौ

यार्सागुम्बा सङ्कलनमा प्रतिबन्ध

पोखरा, १४ वैशाख । नेपालका हिमाली जिल्लाहरुमा पाइने बहुमुल्य जडिबुटी यार्सागुम्बाको सङ्कलन तथा ओसारपसारमा यो वर्ष धेरैजसो जिल्लाहरुले प्रतिबन्ध लगाएका छन । नेपालमा समुन्द्र सतहबाट ३५ सय मिटरदेखि ४५ सय मिटरको उचाईमा यार्सागुम्बा पाइने भएता पनि तुलनात्मक रूपमा सुक्खा तथा वृष्टिछाया रहेका जिल्लाहरु मनाङ, मुस्ताङ, डोल्पा, मुगु, हुम्लामा पाइने यार्सागुम्बा उच्चगुणस्तरको हुन्छ । यी जिल्लाहरुमा सोही जिल्ला तथा अन्य पहाडी जिल्लाका दशौं हजार मानिसहरू यतिखेर यार्सागुम्बा सङ्गकनको लागि विभिन्न लेक तथा पाटनहरुमा पुग्दछन र अधिकतम दुई महिना (बैशाख र जेठ)… पुरा पढौ