प्रमुख समाचार

कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकै दिन ४० जना कारबाहीमा

गण्डकी । समाजमा अवैध गतिविधि, गुण्डागर्दी र शान्ति सुरक्षामा खलल पुर्‍याउने कार्यविरुद्ध जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘स्विप अप्रेसन’अन्तर्गत शनिबार जिल्लाका विभिन्न स्थानबाट ४० जनालाई नियन्त्रणमा लिई कारबाही गरिएको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले पोखरा महानगरपालिका–१७ दोबिल्लामा जाँच गर्दा मादक पदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउने दुई जना र ट्राफिक नियम उल्लङ्घन गर्ने आठ जनालाई कारबाही गरिएको हो । पोखरा–२३ र २४ को घाँटी छिना क्षेत्रमा मापसे गरी सवारीसाधन चलाएका नौ जना र ट्राफिक नियम उल्लङ्घन गर्ने… पुरा पढौ

काँडे भ्याकुरः मधेश प्रदेशमा पहिलो पटक अभिलेख

बारा, २४ जेठ । नेपालमा मात्र पाइने चरा काँडे भ्याकुर मधेश प्रदेशमा पहिलो पटक अभिलेख गरिएको छ। बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित दूधौरा खोलानजिकको चुरे वन क्षेत्रमा गरिएको चरा सर्वेक्षणका क्रममा उक्त चराको अभिलेख गरिएको हो। नेपाल पक्षीविद संघ र मिथिला वाइल्डलाइफ ट्रस्टको संयुक्त सहकार्यमा मधेश प्रदेशका आठ जिल्लामा सञ्चालन भइरहेको चरा सर्वेक्षणका क्रममा २०८३ जेठ २१ गते बिहान उक्त प्रजाति समुन्द्री सतह देखि ४४३ मिटरमा फेला परेको हो। यो अभिलेख हाल सम्मकै होंचो भूभागमा भेटिएको पुष्टि भएको छ ।… पुरा पढौ

हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने

देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले विभिन्न क्षेत्रमा बदली तथा वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ भने तराईमा आंशिक बदली भएको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली भागमा साधारणतया बदली रहने तथा… पुरा पढौ

हावाहुरीका कारण फेवातालमा फसेका १२ जना पर्यटकको सशस्त्र प्रहरी बलद्वारा उद्धार

आकस्मिक आएको हावाहुरीका कारण फेवातालमा छाल आई प्याडल तथा सर्फिङ बोटमा फसेका १२ जना पर्यटकहरूलाई उद्धार गरिएको छ ।  शनिवार साँझको करिब ४ बजे आकस्मिक आएको हावाहुरीका कारण फसेका १२ जना पर्यटकहरूलाई सशस्त्र प्रहरी बल नेपालबाट खटिएको टोलीले उद्धार गरेको हो । उनीहरू सर्फेस बोट र प्याडल बोटमा ताल भ्रमण गरिरहेका बेला मौसम अचानक प्रतिकूल बनेपछि किनारामा फर्किन नसकी अलपत्र परेका थिए । फेवाताल क्षेत्रमा एक्कासि आएको तीव्र हावाहुरीले तालमा छाल उत्पन्न गरेपछि पर्यटकहरू चढेका डुंगा तथा बोटहरू नियन्त्रणबाहिर जाने… पुरा पढौ

मुस्ताङ अस्पतालमा बढे बिरामी

मुस्ताङ । प्रदेश अस्पताल जोमसोममा पछिल्लो समय बिरामीको सङ्ख्या दैनिक रूपमा वृद्धि हुन थालेको छ । जिल्लाकै एक मात्र २५ शययाको अस्पतालमा आउने बिरामीको सङ्ख्या वृद्धिसँगै व्यवस्थापन पक्षमा समस्या र चुनौति थपिन थालेको छ । गर्मीयाम सुरु भइसकेको र पर्यटकलाई मुस्ताङ भ्रमण गर्न अनुकूल भएकाले यहाँको प्रदेश अस्पताल जोमसोममा बिरामीको सङ्ख्या अपेक्षाकृत रूपमा ह्वात्तै बढेको प्रदेश अस्पताल जोमसोमका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा समीक्षा कँडेलले जानकारी दिए । गर्मीयाम भएकाले मुस्ताङका स्थानीय बेसी छोडेर जिल्ला फर्किएका र यहाँ आएका पर्यटक विभिन्न… पुरा पढौ

चरा संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा जोड

कञ्चनपुर । विश्व वातावरण दिवसको अवसरमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आयोजित चरा अवलोकन कार्यक्रममार्फत संरक्षणसँगै चरा पर्यटन प्रवद्र्धनमा जोड दिइएको छ । नेपाल पन्छी संरक्षण सङ्घको व्यवस्थापन, प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाइ धनगढी कैलालीको आयोजनामा तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको मुख्य उद्देश्य चराको संरक्षण गर्दै चरा अवलोकन पर्यटनलाई प्रवद्र्धन गर्नु रहेकोे छ । निकुञ्जभित्र पाइने दुर्लभ तथा विभिन्न प्रजातिका चराको अवलोकन गराउँदै संरक्षण र पर्यटनबीचको सम्बन्धबारे सहभागीलाई जानकारी गराइएको थियो । कार्यक्रममा जिल्ला समन्वय… पुरा पढौ

१५ जिल्लाका सिडिओसहित सहसचिवहरूको सरुवा, कास्की सिडिओमा कुमानसिंह गुरुङ

गृह मन्त्रालयले सहसचिवहरूको सरुवा गरेको छ। गृहमन्त्रीसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले उनीहरूको सरुवा गरेको हो।सरुवासँगै १५ जिल्लाको प्रमुख जिल्ला अधिकारी हेरफेरसमेत गरिएको छ। गृह मन्त्रालयको निर्णयअनुसार कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको स्थानमा कुमानसिंह गुरुङ कास्कीको प्रमुख जिल्ला अधिकारीका रूपमा आएका छन् । शर्मा सरुवा भई धनकुटा गएकी छन् ।  यस्तै सूचीअनुसार निराजन घिमिरेलाई स्याङ्जा र लक्ष्मी पाण्डे गौतमलाई धादिङको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरिएको छ। त्यस्तै बलराम निरौलालाई अध्यागमन कार्यालय भैरहवामा पठाइएको छ। त्यस्तै ईश्वरी प्रसाद अर्याललाई संखुवासभा,… पुरा पढौ