प्रमुख समाचार

खोटाङ हेलिकप्टर दुर्घटनाका घाइतेलाई उपचारका लागि काठमाडौँ ल्याइयो

खोटाङमा भएको हेलिकप्टर दुर्घटनामा घाइते भएका एक यात्रुलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ। बुधबार दिउँसो केपिलासगढी गाउँपालिका-२ बालाबेसी क्षेत्रमा एयर डाइनेस्टीको ‘९ एन-एफक्यू’ कलसाइन भएको हेलिकप्टर दुर्घटनामा परेको थियो। उक्त घटनामा काजीबहादुर राई घाइते भएका थिए। जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार घाइते राईलाई सोही कम्पनीको अर्को हेलिकप्टरमार्फत काठमाडौँ ल्याई उपचारको व्यवस्था गरिएको हो। दुर्घटनाका बेला चालकसहित कुल ६ जना सवार रहेकोमा अन्य पाँच जना सकुशल रहेको जनाइएको छ। पुरा पढौ

पर्यापर्यटनको केन्द्रका रूपमा विकास हुँदै ‘म्हाजु’

वालिङ (स्याङ्जा) । आँधीखोला गाउँपालिका-१ मा अवस्थित म्हाजु भञ्ज्याङ पर्यटकको रोजाइमा परेको छ । सिरुबारी सामुदायिक घरबास (होमस्टे)पुग्ने मूल सडक किनारमा यो स्थानमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको छ । आँधीखोला गाउँपालिका–१ वडाध्यक्ष पवनकाजी अधिकारीका अनुसार आर्थिक वर्ष २०८०/८१ देखि यस ठाउँमा पर्यापर्यटनको माध्यमबाट स्थानीयलाई रोजगारीसँग जोड्नेगरी कार्यक्रम अगाडि सारिएको छ । “म्हाजु भञ्ज्याङमा पर्यापर्यटन उद्यान, माझकटेरी म्हाजु स्वागत द्वार निर्माण, आकर्षक झुला, प्रतीक्षालय, म्हाजुभञ्ज्याङ इकोभिलेज एन्ड रेष्टोको रूपमा विकास गरिएको छ”, उनले भने, “यहाँ आउने आन्तरिक तथा बाह्य… पुरा पढौ

यस्तो छ आजको मौसम पूर्वानुमान

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा पहाडी र तराईमा आंशिक बादल लाग्नेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति लुम्बिनी, कर्णाली र सुदुरपश्चिम, गण्डकी प्रदेशका पहाडी र हिमाली भागमा साधारणतया बादल लाग्ने छ । गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी र हिमाली… पुरा पढौ

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान गरिएको छ। प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश सरकार, मन्त्रिपरिषद्को सिफारिसमा यही चैत ८ गतेदेखि सुरु हुने गरी अधिवेशन आह्वान गरेका प्रदेशसभा सचिवालयले जनाएको छ।  चैत ८ गते आइतबार दिउसो १:०० बजेदेखि प्रदेशसभा भवन पोखरामा अधिवेशन बस्ने सचिवालयद्वारा मंगलवार जारी सूचनामा उल्लेख छ। पुरा पढौ

‘गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३’ बन्दीपुरमा हुने

गण्डकी । तनहुँको बन्दीपुरमा गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३ आयोजना गरिने भएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र बन्दीपुर गाउँपालिकाको संयुक्त आयोजना एवम् गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ) गण्डकी प्रदेशको सह–आयोजनामा सो मार्ट हुन लागेको हो । गण्डकी प्रदेशको ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित आगामी वैशाख १८ र १९ गते मार्ट गर्न लागिएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले बताए। पोखरा पर्यटन परिषद्, होमस्टे महासंघ नेपाल, गण्डकी प्रदेशलगायत पर्यटन सम्बद्ध संघसंस्थासँगको सहकार्यमा हुने मार्टमा… पुरा पढौ

पछिल्लो २४ घण्टामा प्राकृतिक विपदबाट ४ जनाको मृत्यु, १४ घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा विभिन्न प्राकृतिक विपद् घटनामा चार जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सो अवधिमा ७३ वटा विपद् घटना दर्ता भएका थिए। हावाहुरीका कारण दुई, चट्याङका कारण एक र सर्पदंशका कारण एक जनाको ज्यान गएको प्राधिकरणले जनाएको छ। उदयपुरमा सोमबार साँझको हावाहुरीले कटारी नगरपालिका-८ का मिनामाया तामाङ र कटारी-५ का ६४ वर्षीय वीरेन्द्र चौधरीको मृत्यु भएको थियो। सोही घटनामा पाँच जना घाइते भएका थिए। समग्रमा, पछिल्लो २४ घण्टामा १४ जना प्राकृतिक… पुरा पढौ

पोखरामा प्याराग्लाइडिङ पुनः सञ्चालनको तयारी, च्याम्पियनसिपमार्फत औपचारिक सुरुआत हुने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै रोकिएको प्याराग्लाइडिङ खेल पुनः सञ्चालनमा ल्याउने तयारी अघि बढाइएको छ। लामो समयदेखि स्थगित रहेको यो साहसिक खेल अब पुनः सुरु हुने भएको हो। आन्तरिक तथा बाह्य पर्यटकबीच लोकप्रिय मानिएको प्याराग्लाइडिङ विगतमा दैनिक रूपमा ठूलो संख्यामा सञ्चालन हुँदै आएको थियो। विमानस्थल निर्माणपछि आकाशीय गतिविधिमा प्रतिबन्ध लागेसँगै यो सेवा बन्द भएको थियो। हाल मौसम अनुकूल बन्दै जानुका साथै अन्नपूर्ण र माछापुच्छ्रे हिमश्रृंखलालगायतका प्राकृतिक दृश्य अवलोकनका लागि पोखरा आउने पर्यटकको सङ्ख्या बढ्न थालेको छ। यससँगै प्याराग्लाइडिङप्रतिको आकर्षण पनि पुनः… पुरा पढौ