समाचार

नारायणगढ-मुग्लिन सडकको खहरे खोलामा पुन:पहिरो

नारायणगढ-मुग्लिन सडक खण्डको खहरे खोलामा पुनः सुक्खा पहिरो खसेको छ । आज बिहान ८:३० बजे खसेको पहिरो दिउँसो १:१५ बजे पन्छाएर सञ्चालनमा ल्याइएको थियो । दिउँसो २:५० बजे पुनः पहिरो खसेर सडक अवरुद्ध भएको छ । डिभिजन सडक कार्यालय चितवनका इञ्जिनियर अर्जुन घिमिरेका अनुसार पहिरो पन्छाउन कम्तिमा २ घण्टा लाग्ने छ । पहिरो खस्ने जोखिम अझै कायमै रहेको उनले जानकारी दिए। पहिरो खसेसँगै पुनः सवारीसाधन रोकिएका छन् । पहिरो पन्छाउने कार्य सुरु गरिएको उनले बताए । चालीस मिटर माथिबाट ढुंगासहितको… पुरा पढौ

गण्डकी प्रदेशका दुई हजार ४३१ व्यावसायिक फर्मलाई कानुनी कारवाही

नापतौल यन्त्रको अनियमित तथा अवैध  प्रयोग गरेका गण्डकी प्रदेशका दुई हजार चार सय ३१ व्यावसायिक फर्मलाई कानुनी कारवाही गरिएको छ ।  नापतौल यन्त्रको अनियमित तथा अवैध प्रयोग गरेमा नापतौल ऐन, २०२५ र उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कानुनी कारबाही गरिएको गुणस्तर तथा नापतौल कार्यालय पोखराका प्रमुख मनोज पोखरेलले जानकारी दिए।  गण्डकी प्रदेशमा पर्ने कास्की, गोरखा, लमजुङ, स्याङ्जा, तनहुँ, मनाङ, मुस्ताङ, पर्वत, म्याग्दी र बागलुङ जिल्लाका व्यावसायिक फर्मका सञ्चालकलाई उक्त ऐनअनुसार कारबाही गरिएको हो ।   त्यसैगरी सो कार्यालयले नयाँ कारोबारका लागि… पुरा पढौ

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

नेपाल चिकित्सक संघले आज (मंगलबार) देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेको छ। संघले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै मंगलबारका दिन देशभरका सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवाहरू ठप्प पार्ने जानकारी गराएको हो । प्रेस विज्ञप्ति अनुसार साउन ९ गते नारायणी अस्पतालमा कार्यरत डाक्टरहरूमाथि सांघातिक आक्रमण र तोडफोड भएको थियो। सो घटनाका दोषीहरूलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा वार्ता भइरहेका बेला पर्साका प्रहरी प्रमुखद्वारा संघका केन्द्रीय कार्यकारिणी सदस्य तथा नारायणी शाखाका… पुरा पढौ

धन्सारमाथि पहिरो खस्दा पुरिएका एकै घरका चार जनाको सकुशल उद्धार

जिल्ला लमजुङ, मध्य नेपाल नगरपालिका-७ भाटबेशीमा कुलो भत्किँदा आएको पहिरोले धन्सार पुरिँदा एकै परिवारका चार जना घाइते भएका छन् । मंगलबार बिहान करिब २:३५ बजे चितिखोलाबाट भाटबेशीतर्फ ल्याइएको कुलो भत्किएर आएको पहिरोले स्थानीय विष्णु दत्त सुवेदीको ढुंगा–माटोले बनेको दुईतले कच्ची धन्सार पूर्ण रूपमा भत्काएको हो । धन्सार भित्र रहेका चार जना पुरिएको जानकारी प्राप्त हुनासाथ बिहान इलाका प्रहरी कार्यालय भोर्लेटारबाट प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो । प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा पुरिएका चारै जनाको उद्धार गरी प्रारम्भिक… पुरा पढौ

नारायणगढ-मुग्लिन सडक खण्ड : पहिरो पन्छाउन तीन ठाउँमा उपकरण

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा खस्ने पहिरो तत्काल पन्छाउन तीन स्थानमा एक्साभेटर, लोडर र ट्रिपरलगायतका उपकरण व्यवस्थापन गरिएको छ । बर्खामा हिलोसहितको पहिरो खस्न सक्ने भएकाले तत्कालै घटनास्थलमा पुग्ने गरी उपकरण राखिएको डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमिरे जानकारी दिए । उनका अनुसार मुग्लिनमा एउटा लोडर छ भने सेती दोभानमा लोडर, एक्साभेटर, व्याक हु लोडर, ट्रिपर, टेलर र मिनी एक्साभेटर राखिएको छ । हालै मात्र ठेक्का लागेको तुईन खोलामा निर्माण कम्पनीले एक्साभेटर र लोडरको व्यवस्थापन गरेको छ । त्यस क्षेत्रमा… पुरा पढौ

पोखरामा अमेरिकी नागरिकको मृत्यु

कास्कीको पोखरा महानगरपालिका-१८ सेदीमा आज बिहान हिँडिरहेको बेला अचानक बेहोस भई लडेका अमेरिकी नागरिक ४८ वर्षीय म्याथ्यु एलेक्स जोन्सको उपचारका क्रममा मृत्यु भएको छ। स्थानीयवासीको सहयोगमा घटनास्थलबाट तत्काल उद्धार गरी मेट्रोसिटी अस्पतालमा पुर्‍याइएकामा केहीबेरपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। शवलाई पोष्टमर्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले बताए। मृत्युको कारण पोष्टमर्टमपछि खुल्ने उनको भनाइ छ। मृतक अमेरिकी नागरिक एक महिनादेखि सेदीस्थित दामोदर पहारीको घरमा बस्दै आएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले… पुरा पढौ

पहिरोमा परी म्याग्दीमा एक वृद्धको मृत्यु, तीन जनाको सकुशल उद्धार

म्याग्दीमा अविरल वर्षापछि खसेको पहिरोले दुई छुट्टाछुट्टै स्थानमा घर पुरिँदा एक वृद्धको मृत्यु भएको छ भने अर्को घटनामा एकै परिवारका तीन जनाको सकुशल उद्धार गरिएको छ । सोमबार बिहान करिब २ बजे धवलागिरि गाउँपालिका–७ धारा पानी तल्लो हाडेभिर स्थित टकदेवी थापाको घरमाथिबाट पहिरो खस्दा घर पुरिएको थियो । घरमा रहेका तीनै जनाको प्रहरी र स्थानीयवासीको सहयोगमा सकुशल उद्धार गरिएको हो । उद्धार गरिएकामध्ये लक्ष्मण थापाको दाहिने खुट्टामा सामान्य चोट लागेको छ भने अन्य दुई जनाको अवस्था सामान्य रहेको छ ।… पुरा पढौ