समाचार

मुस्ताङ अस्पतालमा बढे बिरामी

मुस्ताङ । प्रदेश अस्पताल जोमसोममा पछिल्लो समय बिरामीको सङ्ख्या दैनिक रूपमा वृद्धि हुन थालेको छ । जिल्लाकै एक मात्र २५ शययाको अस्पतालमा आउने बिरामीको सङ्ख्या वृद्धिसँगै व्यवस्थापन पक्षमा समस्या र चुनौति थपिन थालेको छ । गर्मीयाम सुरु भइसकेको र पर्यटकलाई मुस्ताङ भ्रमण गर्न अनुकूल भएकाले यहाँको प्रदेश अस्पताल जोमसोममा बिरामीको सङ्ख्या अपेक्षाकृत रूपमा ह्वात्तै बढेको प्रदेश अस्पताल जोमसोमका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा समीक्षा कँडेलले जानकारी दिए । गर्मीयाम भएकाले मुस्ताङका स्थानीय बेसी छोडेर जिल्ला फर्किएका र यहाँ आएका पर्यटक विभिन्न… पुरा पढौ

चरा संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा जोड

कञ्चनपुर । विश्व वातावरण दिवसको अवसरमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आयोजित चरा अवलोकन कार्यक्रममार्फत संरक्षणसँगै चरा पर्यटन प्रवद्र्धनमा जोड दिइएको छ । नेपाल पन्छी संरक्षण सङ्घको व्यवस्थापन, प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाइ धनगढी कैलालीको आयोजनामा तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको मुख्य उद्देश्य चराको संरक्षण गर्दै चरा अवलोकन पर्यटनलाई प्रवद्र्धन गर्नु रहेकोे छ । निकुञ्जभित्र पाइने दुर्लभ तथा विभिन्न प्रजातिका चराको अवलोकन गराउँदै संरक्षण र पर्यटनबीचको सम्बन्धबारे सहभागीलाई जानकारी गराइएको थियो । कार्यक्रममा जिल्ला समन्वय… पुरा पढौ

१५ जिल्लाका सिडिओसहित सहसचिवहरूको सरुवा, कास्की सिडिओमा कुमानसिंह गुरुङ

गृह मन्त्रालयले सहसचिवहरूको सरुवा गरेको छ। गृहमन्त्रीसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले उनीहरूको सरुवा गरेको हो।सरुवासँगै १५ जिल्लाको प्रमुख जिल्ला अधिकारी हेरफेरसमेत गरिएको छ। गृह मन्त्रालयको निर्णयअनुसार कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको स्थानमा कुमानसिंह गुरुङ कास्कीको प्रमुख जिल्ला अधिकारीका रूपमा आएका छन् । शर्मा सरुवा भई धनकुटा गएकी छन् ।  यस्तै सूचीअनुसार निराजन घिमिरेलाई स्याङ्जा र लक्ष्मी पाण्डे गौतमलाई धादिङको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरिएको छ। त्यस्तै बलराम निरौलालाई अध्यागमन कार्यालय भैरहवामा पठाइएको छ। त्यस्तै ईश्वरी प्रसाद अर्याललाई संखुवासभा,… पुरा पढौ

पश्चिमी न्यून चापीय प्रणाली सक्रिय, वर्षासँगै तराईमा तापक्रम बढ्ने

मुलुकमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न क्षेत्रमा बदली र वर्षा हुनसक्ने छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा सुदूरपश्चिम प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाले आज दिउँसो कोशी प्रदेशसहित… पुरा पढौ

विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । ‘समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास’ मूल नारासहित सप्ताहव्यापी रूपमा मनाउन लागिएको हो । दिवसका अवसरमा वातावरण विभागले ललितपुरमा विशेष कार्यक्रम आयोजना गर्दैछ । विश्व वातावरण दिवसको मुख्य समारोहमा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ । वातावरण विभागले विभिन्न सरकारी निकाय, विकास साझेदार, वातावरणविद् तथा सरोकारवाला कार्यक्रममा उपस्थिति हुने जनाएको छ । विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वातावरण संरक्षण, जलवायु… पुरा पढौ

कोरोला नाकाबाट भित्रिएका ७७४ वटा विद्युतीय गाडी सशस्त्रको नियन्त्रणमा

मुस्ताङ । सशस्त्र प्रहरी बल नेपालले भन्सार छलेको आशंकामा मुस्ताङको कोरोला नाकाबाट भित्रिएका ७७४ वटा विद्युतीय गाडी नियन्त्रणमा लिएको छ । मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट गए राती सशस्त्र प्रहरी बलले ती गाडीहरु नियन्त्रणमा लिएको डिआइजी विष्णु प्रसाद भट्टले बताए। गाडी नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल नेपाल नं. ३३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नं. २५ चण्डिका गण पर्वत र नं. २४ कालिका गण कास्कीबाट सुरक्षाकर्मी परिचालन गरिएको थियो । यसैगरी नुवाकोटको पासाङल्हामु सडकखण्डबाट समेत २ वटा गाडी नियन्त्रणमा… पुरा पढौ

सेनाद्वारा फेवातालमा हावाहुरीले फसेका १९ विदेशीसहित ३३ जना पर्यटकको सकुशल उद्धार

बुधवार आएको हावाहुरी तथा पानीको कारण पोखरास्थित फेवातालमा फसेका १९ विदेशीसहित ३३ जना पर्यटकहरूलाई सकुशल उद्धार गरिएको छ । फेवातालमा डुंगा सयर तथा घुमघामका क्रममा रहेका अचानक मौसम बिग्रिएपछि जोखिममा परेका पर्यटकहरूलाई नेपाली सेनाको टोलीले उद्धार गरेको हो । तीव्र हावाहुरीसँगै परेको पानीका कारण तालमा छाल बढेको र डुंगामा रहेका पर्यटकहरू सुरक्षित रूपमा किनारासम्म आउन नसक्ने अवस्था बनेपछि उद्धार टोली परिचालन गरेको थियो । पुरा पढौ