समाचार

अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा घट्यो

काठमाडौँ । इन्धनको बजार मूल्यमा आएको गिरावटपछि सरकारले अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा दर घटाएको छ। यातायात व्यवस्था विभागले बिहीबार सूचना जारी गर्दै यात्रुवाहक तथा मालवाहक सार्वजनिक सवारी साधनको भाडा २ प्रतिशतले घटाइएको जनाएको हो। विभागका अनुसार अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा निर्धारणमा प्रयोग हुने वैज्ञानिक स्वचालित प्रणालीअनुसार इन्धनको मूल्य ५ प्रतिशत वा सोभन्दा बढी बढे वा घटेमा भाडा दर स्वतः समायोजन हुने व्यवस्था छ। पछिल्लो पटक भाडा समायोजन गर्दा डिजेलको औसत मूल्य प्रतिलिटर १२५ रुपैयाँ ५३ पैसा रहेकोमा हाल… पुरा पढौ

आजको मौसम: यी स्थानमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभावका कारण देशभर साधारणतया बादल लागेको जल तथा मौसम विभागले जनाएको छ । हाल गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका साथै देशको पहाडी भू-भागका केही स्थानमा तथा कोशी, मधेस र बागमती प्रदेशको तराई भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ । बिहीबार देशको हिमाली र पहाडी भू-भागको केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशको तराई भू-भागका पनि केही स्थानमा, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको तराई… पुरा पढौ

पोखरा महानगरको बजेट पारित

कास्की । पोखरा महानगरपालिकाको १९औँ नगर सभाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक विकास कार्यक्रम (बजेट) पारित गरेको छ । नगर उपप्रमुख मन्जुदेवी गुरुङले गत असार ५ गते प्रस्तुत गरेको महानगरको आगामी आवको विकास कार्यक्रम सञ्चालनका लागि विनियोजित बजेट रु. सात  अर्ब १५ करोड २५ लाख सर्वसम्मतिले पास गरेको हो । महानगरले प्रस्तुत गरेको आगामी वर्षको बजेटका स्रोतहरूमा सङ्घीय सरकार सशर्त अनुदानबाट रु. दुई अर्ब ६१ करोड ९१ लाख, सङ्घीय सरकार विशेष अनुदानबाट रु. पाँच करोड ५० लाख, समपूरक… पुरा पढौ

नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४४ दशमलव ५९ अङ्कले उकालो लागेर दुई हजार ६५२ दशमलव ९३ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ७७ अङ्कले उकालो लागेर ४५८ दशमलव ५७ मा पुगेको छ । कूल ३६२ कम्पनीको ९५ लाख ४७ हजार ६७८ कित्ता शेयर रु तीन अर्ब ८६ करोड ११ लाख ८३ हजार चार सय १० मूल्यमा खरिद बिक्री… पुरा पढौ

पहिरोले अवरुद्ध मुग्लिन नारायणगढ सडक सञ्चालनमा

चितवनको मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत तुइन खोलामा खसेको सुख्खा पहिरो हटाइएपछि सडकमा सवारीसाधनको आवागमन पुनः सञ्चालनमा आएको छ। बुधबार बिहान करिब १०:३० बजे सडकमाथिबाट खसेको पहिरोका कारण केही समय यातायात प्रभावित भएको थियो। डिभिजन सडक कार्यालय भरतपुरले डोजर प्रयोग गरी पहिरो पन्छाएपछि र थप पहिरो खस्ने क्रम रोकिएसँगै सडक खुलाइएको जनाएको छ। कार्यालयका अनुसार पहिरोको जोखिम रहेका स्थानमा आवश्यक मेसिन तथा उपकरण तयारी अवस्थामा राखिएको छ। हाल उक्त सडक खण्डमा सवारीसाधनको आवागमन नियमित रूपमा सञ्चालन भइरहेको जनाइएको छ। पुरा पढौ

आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द

चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्रको जङ्गल सफारी सेवा आजदेखि बन्द हुने भएको छ । निकुञ्जले वर्षातको समयमा भलबाढी आउने, रुख ढलेर बाटो अवरुद्ध हुनेजस्ता कारणले पर्यटकलाई असहज हुने जनाउँदै सफारी बन्द गरेको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार अर्को सूचना नगरिएसम्मका लागि सफारी सेवा बन्द गरिएको हो । उनले भने, “वन्यजन्तु र चराचुरुङ्गीको प्रजननका लागि वर्षायाम उपयुक्त समय हुने, निकुञ्जभित्रका कच्ची वनपथहरू बिग्रिने, जङ्गलमा भएका स–साना खोलाखोल्सीमा भलबाढी आउने, रुख ढलेर बाटो अवरुद्ध हुनेजस्ता कारणले गर्दा सफारी बन्द… पुरा पढौ

बागलुङमा कुकुरलाई ‘होस्टेल’

बागलुङ । बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय सुविधासहित व्यवस्थापन सुरु गरेको छ । नगरपालिकाले ‘कुकुर होस्टेल’ स्थापना गरी कुकुरको उद्धार सुरु गरेको हो । बागलुङ बजारमा सामुदायिक कुकुरका कारण समस्या बढेपछि नगरपालिकाले दिगो व्यवस्थापनका लागि जग्गा व्यवस्थापन, आवास तथा कुकुर खेल्न सक्ने चौर निर्माण गरेको थियो । पचास वटा कुकुर राख्ने क्षमताको होस्टेलमा पहिलो चरणमा बेवारिसे, बिरामी तथा अशक्त भएका २० सामुदायिक कुकुरलाई राखिएको बागलुङ नगरपालिकाले जनाएको छ । बागलुङ नगरपालिका–३ स्थित पाँच रोपनी जग्गामा रु. एक करोड… पुरा पढौ