समाचार

कोरला नाका जोड्ने (कोवाङ-जोमसोम) सडक फेरि अलपत्र

मुस्ताङ । यहाँस्थित उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी-जोमसोम–कोरला) सडकअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका-२ कोवाङदेखि घरपझोङ-४ जोमसोम जोड्ने १७ किलोमिटर कालोपत्र सडक स्तरोन्नति कार्य पुनः अलपत्र परेको छ । कालीगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला) सडक आयोजनाअन्तर्गत सुरु गरिएको (बेनी-जोमसोम) ७४ किलोमिटर सडकको चौथो खण्ड निर्माण कम्पनीको पटकपटकको ढिलासुस्ती र बेवास्ताका कारण सडक स्तरोन्नतिको काम अलपत्र पर्दै आइरहेको हो । बेनी-जोमसोम सडकअन्तर्गत दोस्रो र तेस्रो खण्ड निर्माण सम्पन्न भइसकेर आयोजनालाई हस्तान्तरण भइसकेको छ । तर यहाँको कोरलानाका जोड्ने कोवाङ–जोमसोम सडकको ८५ प्रतिशत भौतिक प्रगति भइसक्दा… पुरा पढौ

पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

हाल मुलुकमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव परेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत पहाडी र हिमाली भागमा सामान्यतया बादल लाग्ने छ भने बाँकी भागमा आंशिक बदली हुनेछ ।  कोशी प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भेगका साथै मधेश, बागमती र गण्डकी प्रदेशका तराईका एकरदुई… पुरा पढौ

डेडिकेटेड र ट्रंकलाइन महसुल विवाद : आयोगमा चैत १ गते सुनुवाइ हुने

काठमाडौँ । विवादित डेडिकेटेड र ट्रंक लाइन महसुल विवादका सम्बन्धमा विद्युत् नियमन आयोगमा आगामी चैत १ गते सुनुवाइ हुने गरी निर्धारण गरिएको छ । आयोगले सो दिन पञ्चकन्या प्लास्टिक इन्डस्ट्रिज प्रालि र पञ्चकन्या स्टिलका सम्बन्धमा सुनुवाइ गरिने जनाएको छ । विवादित महसुलका सम्बन्धमा सुरुआती सुनुवाइ आयोगमा हुने र आयोगले दिने निर्णयमा चित्त नबुझेको खण्डमा अदालत जान पाइने व्यवस्था छ । नेपाल विद्युत् प्राधिकरणले निर्धारण गरेको महसुलका सम्बन्धमा चित्त नबुझेको भन्दै केही उद्योगी आयोग गएका थिए । आयोगले निरन्तर रूपमा महसुलका… पुरा पढौ

समानुपातिक सिट बाँडफाँट, कसले कति पाए ?

काठमाडौँ । समानुपातिकतर्फ दलहरूले पाउने सिटको टुंगो लागेको छ । निर्वाचन आयोगले बिहीबार (फागुन २८) समानुपातिक मतका आधारमा सिटको टुंगो लगाएको हो । जसअनुसार ६ दलले समानुपातिक सिट पाएका छन् ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५७ सिट पाएको छ । दोस्रो बनेको काँग्रेसले २० सिट प्राप्त गरेको छ । एमालेले १६ सिट पाएको हो छ भने नेपाली कम्युनिष्ट पार्टीले ९ सिट पाएको छ ।  श्रम संस्कृति र राप्रपाले समान ४/४ सिट पाए । फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फको… पुरा पढौ

महावीर पुनलाई अभद्र व्यवहार गर्ने विकास ३ पटक लागू औषध मुद्धामा सजाय पाएका व्यक्ति

पोखरा । पोखराको पृथ्वीचोकमा पुस्तक बिक्री गरिरहेको अवस्थामा डा। महावीर पुनमाथि अभद्र व्यवहार गर्ने एक व्यक्तिलाई कास्की प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका वडा नम्बर १३ बाँझापाटन बस्ने ४३ वर्षका विकास गुरुङलाई बिहीबार पक्राउ गरिएको हो । गएको फागुन २५ गते पोखरा महानगरपालिका वडा नम्बर ९ पृथ्वीचोकमा महाबिर पुन र उनको टोली ‘ महावीर पुन’ नामक पुस्तक बिक्री गरिरहेका थिए । सोही समयमा एक अपरिचित व्यक्तिले पुनमाथि अभद्र व्यवहार गरेका थिए । उक्त घटनाको… पुरा पढौ

चुनावी समीक्षा बैठकमा बोल्दाबोल्दै ढलेका एमाले नेता थापाको निधन

एमाले केन्द्रीय सदस्य एवं कास्की इन्चार्ज कृष्ण थापाको बिहीबार निधन भएको छ । पोखरा-९ शान्तिवनस्थित जिल्ला पार्टी कार्यालयमा बैठकमा बोल्ने क्रममा एक्कासि ढलेपछि उनलाई मणिपाल अस्पताल पुर्‍याइएको थियो । पोखराका पूर्व मेयरसमेत रहेका थापालाई प्रतिनिधि सभा सदस्यको निर्वाचन–२०८२ को समीक्षा भइरहेका बेला हृदयघात भएको थियो । कास्की-१ को निर्वाचनको समीक्षा बैठकलाई १० मिनेट सम्बोधन गरेपछि उनी हृदयाघात भई ढलेका थिए । उनलाई तुरुन्तै मणिपाल अस्पताल लगिएकामा चिकित्सकले मृत घोषित गरेको अस्पताल स्रोतले जनाएको छ । थापा तत्कालीन पोखरा नगरपालिकामा २०५४–२०५९… पुरा पढौ

पहाडी र हिमाली भागमा हल्का वर्षा र हिमपातको पूर्वानुमान

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागमा साधारणतया बादल लाग्ने छ भने बाँकी भागमा आंशिक बादल रहने अनुमान गरिएको छ । कोशी , बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भागका केही स्थानहरू, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भाग तथा मधेश प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति कोशी प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया… पुरा पढौ