समाचार

गण्डकीमा रास्वपालाई समानुपातिकतर्फ पाँच लाख मत

गण्डकी । गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ पाँच लाखभन्दा बढी मत प्राप्त गरेको छ ।  गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपातिकतर्फ पनि सर्वाधिक मत प्राप्त गरेको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।  सूचना अधिकारी न्यौपानेका अनुसार प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले कुल पाँच लाख २५ हजार ६३५ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले दुई लाख सात हजार ३८७ मत प्राप्त गरेको छ ।… पुरा पढौ

बालिका मृत्यु प्रकरणः दोषीलाई कारबाही गर्न माग

कर्णाली । गत शनिबार वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत सहिद उद्यानस्थित जनजागरण सामुदायिक वनमा बलात्कारपछि हत्या भएको भन्दै सो घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्न माग गरिएको छ । सुर्खेतका विभिन्न सङ्घसंस्थाहरूले संयुक्त विज्ञप्ति जारी गरी सो घटनाले आफूहरूलाई स्तब्ध बनाएको जनाउँदै घटनाको निष्पक्ष छानबिन गर्न तथा दोषीमाथि कारबाही गर्न माग गरेका छन् । वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेतमा बस्दै आएकी १६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको घटना अमानवीय र निन्दनीय भएकाले यस घटनाले सम्पूर्ण समाजलाई स्तब्ध बनाएको उक्त विज्ञप्तिमा उल्लेख छ । विज्ञप्ति भनिएको छ, “महिला… पुरा पढौ

सिरहा जिल्ला अदालत अगाडि बम विस्फोट, थप विवरण आउन बाँकी

सिरहा जिल्ला अदालत अगाडि बम विस्फोट भएको छ । प्रारम्भिक सूचनाअनुसार आज दिउँसो करिब ४ बजेतिर जिल्ला अदालत अगाडि कुकर बम विस्फोट भएको बताइएको छ। घटनापछि प्रहरी तथा सुरक्षा निकाय तत्काल घटनास्थलमा पुगेका छन् र क्षेत्रलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाले दिएको जानकारी अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। हालसम्म विस्फोट कसले गराएको हो भन्ने खुल्न सकेको छैन। प्रहरीका अनुसार हालसम्म क्षतिको विवरण प्राप्त भएको छैन। असुरक्षा निकायले स्थानीय बासिन्दालाई अनावश्यक भीड नगर्न र सतर्क… पुरा पढौ

कास्कीको रुपा गाउँपालिकामा एक लाख लिटर मह उत्पादन

गण्डकी । कास्कीको रुपा गाउँपालिकामा एक वर्षमा एक लाख लिटर मह उत्पादन भएको छ । कृषकहरूलाई मौरीपालनमा आकर्षित गर्ने गरी गाउँपालिकाले लगानी बढाउँदै जाँदा महको उत्पादन पनि बढेको हो । तीन वर्ष अघि मौरीपालनका लागि नमूना परीक्षा सुरु गरेको गाउँपालिकाले यसको सम्भावना देखेसँगै कृषकलाई प्रोत्साहित गर्ने गरी अनुदानको कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए । गाउँपालिकाभित्रका कृषकका लागि दुई हजार १०० मौरीका घार ५० प्रतिशत अनुदानमा वितरण गरिसकिएको बताउँदै उनले यस वर्ष गाउँपालिकाभित्र एक लाख लिटर मह… पुरा पढौ

नेप्से परिसूचक एक दशमलव ६४ प्रतिशतले घट्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४६ दशमलव ७८ अङ्कले घटेर दुई हजार ७९६ दशमलव ५७ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव ६४ प्रतिशतको गिरावट हो । आज ३२९ कम्पनीको तीन करोड ६० लाख ४९ हजार ४५१ कित्ता शेयर एक लाख १५ हजार ५५० पटक खरिदबिक्री हुँदा १३ अर्ब १८ करोड दुई लाख ५५ हजार १५७ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । यो कारोवार रकम हिजोको तुलनामा करिव ८ अर्ब रुपैयाँ कम हो । आज म्युचुअल… पुरा पढौ

यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

काठमाडौँ । नेपाल वायु सेवा निगमले आज राति ‘स्पेशल फ्लाइट’ (विशेष उडान) मार्फत दुबईको विमानस्थलमा रोकिएका यात्रुको उद्धार गर्ने जनाएको छ । निगमले मङ्गलबार एक उडान सूचना प्रकाशन गर्दै आज राति ११ः१५ बजे वाइडबडी विमानबाट नेपालमा रोकिएका यात्रु दुबई लैजाने छ भने दुबईबाट काठमाडौँ आउनका लागि रोकिएका यात्रुलाई उद्धार गरी स्वदेश फिर्ता ल्याउने भएको जनाएको हो। दुबईबाट उडेको आरए २३० (दुबई–काठमाडौँ) वाइडबडी बिहीबार बिहान ४ः१० बजे काठमाडौँ फर्किने तालिकामा उल्लेख गरिएको छ । अमेरिका–इरान युद्ध सुरु भएपश्चात् रोकिएका यात्रुको उद्धारका… पुरा पढौ

समानुपातिकतर्फको मतगणना सकियो

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न भएको छ । पछिल्लो समय गोरखा १ र इलाम १ को मतगणना सकिएसँगै समानुपातिकतर्फ पनि सबै मतगणना सकिएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए। मतगणना सकिएसँगै फारम सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट आयोगमा विवरण प्राप्त हुने क्रम भने जारी रहेको उनले बताए। समानुपातिकतर्फको मतगणना सकिएसँगै समानुपातिकतर्फ राजनीतिक दलले पाउने सिट सङ्ख्या निर्धारणको गृहकार्य पनि सुरु भएको आयोगले जनाएको छ । केही दिनमा यो… पुरा पढौ