फोटो ग्यालेरी

हराउँदै छन् भासोलूक

समुन्द्री सतह देखि ३०० मिटर सम्मको उचाईमा अत्यन्तै विरल र स्थान बिशेष आबासिय रहेको भासोलूक शुक्लाफाँटा, बर्दिया र चितवन राष्ट्रिय निकुञ्जमा अभिलेख गरेको भेटिन्छ । अंग्रेजीमा डस्की इगल आउल भनेर चिनिने यो प्रजाति वासस्थान बिनाश, अबैध चोरी शिकारका कारणले दिन प्रतिदिन संख्या पनि निकै घट्दो छ । राष्ट्रिय स्तरमा अति संकटापन्न यस प्रजातिलाई बर्दिया राष्ट्रिय निकुञ्जमा वन्यजन्तु फोटोग्राफर चुङ्बा शेर्पाले तस्बिर सहित अभिलेख गरेका छन् । पुरा पढौ

दुर्लभ खरमुजुर

करिब १२० को संख्यामा रहेको अनुमान गरिएको खरमुजुर कोसी टप्पु वन्यजन्तु आरक्ष, चितवन, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र तिनका मध्यवति क्षेत्रहरुमा कहिले काँहि देखिने विश्वमै दुर्लभ तथा अति संकटापन्न प्रजाति लाई हालसालै वन्यजन्तु फोटोग्राफार चुङ्बा शेर्पाले शुक्लाफाँटाको घाँसे मैदानमा फोटो खिचेका छन् । पुरा पढौ

दशैंमा दुई रुपैयामा चिया

पोखराको बगरमा सञ्चालित चियादानी पसल जसले आफ्ना ग्राहकलाई लक्षित गरि दशैंमा दुई रुपैयाको नोटमा चिया बेच्न अफर ल्याएको छ । तस्वीरः जमुना वर्षा शर्मा, रासस पुरा पढौ

गुलेली:

हालका दिनहरुमा गुलेलीको दुरुप्रयोग गरि धेरै मात्रामा पंछीको शिकार गरिएको पाईएको छ । राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, संरक्षण क्षेत्र वा मध्यवर्ती क्षेत्रभित्र अनुज्ञापत्र नलिइ संरक्षित पंछी मात्र नभई अन्य पंछी सिकार गरी मारेमा वा घाइते बनाएमा रु २० हजारदेखि रु ५० हजारसम्म जरिवाना वा छ महिनादेखि एक वर्षसम्म कैद वा दुवै सजाय व्यवस्था छ । बेलैमा सचेत होऔं । तस्बिर: मनशान्त घिमिरे पुरा पढौ