फोटो ग्यालेरी

रोपाइँ गर्दै रोपाहार

म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरको फाँटमा रोपाइँ गर्दै गरेका स्थानीय बासिन्दा । पर्याप्त वर्षा नभएको कारण जिल्लामा पानीको सिँचाइ सुविधा भएका ठाउँमा मात्रै रोपाइँ भएको छ । तस्बिरः कमल खत्री/रासस पुरा पढौ

अन्नपूर्ण आधार शिविरमा पर्यटक

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण हिमालको आधार शिविरमा पुगेका पर्यटक । दुई दिनमै आधार शिविर पुग्न सकिने गरी पदमार्गको यात्रा छोटिएपछि आधार शिविर क्षेत्रको भ्रमणमा पुग्ने पर्यटकहरु बढेका छन् । तस्बिरः कमल खत्री/रासस पुरा पढौ

आलु-काउली स्तम्भ

तरकारी खेतीका लागि ख्याति कमाएको मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नं-४ स्थित नयाँगाउँमा निर्माण गरिएको आलु-काउलीको स्तम्भ। तस्बिर: हरिराम भेटुवाल/रासस पुरा पढौ

पञ्चकुण्ड ताल

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण हिमालको आधार शिविरमा अवस्थित पञ्चकुण्ड ताल । समुद्री सतहदेखि चार हजार १०० मिटर उचाईमा रहेको उक्त ताल करिब २० हजार वर्गमिटरमा फैलिएको छ । तस्बिरः कमल खत्री/रासस पुरा पढौ

धौलागिरी हिमालको फ्रेन्चपास

म्याग्दीको धवलागिरी गाउँपालिका-४ स्थित फ्रेन्चपास नाका । समुन्द्र सतहदेखि पाँच हजार मिटर उचाईमा रहेको फ्रेन्च पास धवलागिरी चक्रीय पदमार्गको म्याग्दी हुँदै मुस्ताङ जाने नाका हो । तस्बिरः सन्तोष गौतम / रासस पुरा पढौ

आकाशमा १२ औं चक्कर लगाउँदै बिमानहरु

हालका दिनहरुमा बाक्लो तुँवालोको कारणले धेरै दिन सम्म उडानहरु ढिलो र स्थगित भएको अबस्थामा आज मौसममा भएको परिवर्तनले थप समस्या थपेको छ । दोहाबाट काठमाण्डौंका लागि आएको कतार एयरलाइन्सको जहाज आकासमा आठ चक्कर लगाईरहेको छ भने दिल्लीबाट काठमाण्डौं अवतरण गर्ने विस्तारा एयर को जहाज १२ चक्कर लगाउँदै गन्तव्य तिर बढ्दै गरेको छ । फोटोः फ्लाईट राडार पुरा पढौ

मनासुलु हिमाल

चामे– १ तिमाङबाट मङ्गलबार बिहान देखिएको आठ हजार एक सय १६ मिटर अग्लो मनासुलु हिमाल । तस्बिर: नवीन लामिछाने÷रासस पुरा पढौ