प्रवास

कोरोना भाइरस: उच्च जोखिममा बेलायतमा रहेका भूतपूर्व गोर्खा सैनिक परिवार

भगीरथ योगी लन्डन । ७२ वर्षीया दिलमाया थापा भूतपूर्व गोर्खा सैनिक परिवारकी हुन । उनी ब्रिटेनको अल्डरशट सहरमा बस्छिन् जहाँ नेपालीहरूको बाक्लो बसोबास रहेको छ। ब्रिटेनमा कोरोनाभाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिएपछि उनीजस्ता हजारौँ भूतपूर्व गोर्खा सैनिकका परिवार चिन्तित बनेका छन्। "हुलाकीले हामी बसेको घरको ढोकाको प्वालमा एउटा चिठी ल्याएर छोडिदिएको दुई दिन भयो, तर डरले मैले त्यो चिठी भित्र ल्याएकी छैन। फेरि मेरा श्रीमान्‌ले आँखा देख्दैनन्, मलाई पढ्न आउँदैन," उनले भनिन्। दिलमायाको डेरामा टेलिभिजन छैन। श्रीमान् बिरामी भएकाले उनी नेपालीहरूको… पुरा पढौ

कोरियामा एक नेपालीको मृत्यु

सउल । इपिएस प्रणालीमार्फत रोजगारीको सिलसिलामा दक्षिण कोरिया आएका एक नेपालीको मृत्यु भएको छ । दक्षिण कोरियाको ख्यङ्जु शहर नजिकै एक कम्पनीमा कार्यरत स्याङ्जाका ३३ वर्षीय खड्काबहादुर थापाको मङ्गलबार साँझ मृत्यु भएको हो । सात वर्षदेखि कोरियामा कार्यरत थापा, कम्पनीको ‘नाइटड्युटी’ सकेर मङ्गलबार बिहान ९ बजेतिर सुतेका थिए । कोठामा एक्लै सुत्ने गरेका थापा साँझको ६ बजेसम्म पनि नउठेपछि कम्पनीमा सँगै काम गर्ने साथीले हेर्न जाँदा मृतावस्थामा फेला परेका थिए । लगत्तै उनीहरूले दक्षिण कोरियाको प्रहरीलाई खबर गरेका थिए । उक्त कम्पनीमा… पुरा पढौ

कोरोनाबाट विश्वभर ७८ नेपालीको मृत्यु, पाँच हजार बढी संक्रमित

काठमाडौँ, २८ वैशाख । विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ७८ पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार सबैभन्दा बढी बेलायतमा ५१ जनाको मृत्यु भएको छ । यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । समितिका अनुसार न्युयोर्कमा १२, कोलोराडोमा दुई र भर्जिनियामा एक जनाको मृत्यु भएको हो । यस्तै संयुक्त अरब इमिरेट्स (युएइ) मा ६ तथा आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्डस, बहराइन… पुरा पढौ

कोरोना संक्रमणबाट विश्वभर ७३ नेपालीको मृत्यु, बेलायतमा मात्रै ४९ पुग्यो

विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ७३ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार बेलायतको ग्रेटर लण्डनमा २७, मिडल्याण्डमा आठ, साउथ इष्टमा ११ र साउथ बेष्टमा ती गरी ४९ जनाको मृत्यु भएको छ ।यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । तीमध्ये मध्य न्युयोर्कमा १२, कोलोराडोमा दुई र भर्जिनियामा एक जनाको मृत्यु भएको हो । यस्तै संयुक्त अरब इमिरेट्स् (युएइ)… पुरा पढौ

कोरोना भाइरसबाट विश्वभर ४९ नेपालीको मृत्यु

भुवनप्रसाद आचार्य काठमाडौँ । विश्वभर फैलिएको कोरोना भाइरस महामारीबाट शनिवार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ४९ पुगेको छ । गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा ३३,  अमेरिका १०, युएई दुई, आयरल्याण्ड एक, जापान एक, टर्कि एक र नेदरल्याण्डमा एक, जनाको ज्यान गएको हो । स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार नेपाल बाहेक विश्वभर एक हजार नौ सय ८२ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको… पुरा पढौ

कास्कीका विजय गुरुङको कोरोनाका कारण युकेमा मृत्यु

लण्डन । बेलायतको रेडिङ शहरमा बस्दै आएका ४९ वर्षीय विजय गुरुङको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ । रेडिङको ‘रोयल बर्कशायर अस्पताल’मा उपचारकै क्रममा गत आइतबार साँझ उनको निधन भएको रेडिङ तमु समाजका अध्यक्ष नन्द गुरुङले जानकारी दिए । उनले विगत केही महिनादेखि ढाडको समस्या झेलिरहेका थिए । ढाडकै समस्याका लागि नियमित औषधि सेवन गर्दै आएका गुरुङलाई श्वासप्रश्वासमा अफ्ठेरो भएपछि अप्रिल १३ तारिख आइतबार अस्पताल भर्ना गरिएको थियो । अस्पतालले परिवारलाई उपलब्ध गराएको ‘रिपोर्ट’मा उनलाई निमोनिया र कोरोना भाइरसको… पुरा पढौ

यस्तो छ आपतकालीन घोषणापछि जापानमा नेपालीको अवस्था

सन थापा जापान (क्योतो), वैशाख ७ (अप्रिल १९) । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ कोरोना भाईरस संक्रमित बढेपछि जापान सरकारले अप्रिल १७ मध्यरातबाट लागू हुने गरी देशव्यापी आपतकालीन घोषणा गरेको छ । घोषणापछि यहाँको जनजीवन प्रभावित बन्दै गएको छ । यातायात, कलकारखाना, उद्योग व्यवसाय सञ्चालन भए तापनि आंशिक रुपमा प्रभावित बनेको छ । करिब १ लाखको हाराहारीमा रहेको नेपाली समुदाय समेत प्रभावित बनेको छ । बढी प्रभावित होटेल रेष्टुरेन्ट आपतकालीन घोषणापछि व्यवसायमा ६०÷७० प्रतिशत घटेको करीब ८ वर्षदेखि फुकुओका प्रान्तमा… पुरा पढौ