प्रवास

दक्षिण कोरियाका नेपालीलाई कोरोनाको खोप निःशुल्क

कोरिया, ७ माघ । दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा विदेशी सबैलाई निःशुल्करूपमा प्रदान गर्ने भएको छ । दक्षिण कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका प्रमुख जुङ्ग इयुन क्युङले सोमबार आयोजित पत्रकार सम्मेलनमा कोभिड–१९ विरुद्वको खोप कोरियामा रहने सम्पूर्ण स्वदेशी तथा विदेशी नागरिकलाई निःशुल्क प्रदान गर्ने बताएको हो । यसअघि आफ्ना स्वदेशी नागरिकलाई मात्र निःशुल्क प्रदान गर्ने बताए पनि नयाँ निर्णय गर्दै विदेशीलाई पनि उक्त खोप निःशुल्क दिने भएको हो । यससँगै यहाँ रहेका ५०… पुरा पढौ

गायक बद्री केसीले गरे आत्महत्या : शुक्रबार फेसबुकमा साथी, परिवार र संसारलाई ‘गुडबाई’ लेखेका थिए

लण्डन, २६ पुस । करिब डेढ दशकदेखि बेलायतको लण्डनमा बस्दै आएका गायक बद्री केसी मृत भेटिएका छन् । शुक्रवार उपराह्न ४ बजे आफ्नो फेसबुकमा आफ्ना साथी, परिवार र संसारलाई गुडबाई लेखेका केसी आफ्नो कार्यस्थलको हातामा रहेको रुखमा झुण्डिको अवस्था भेटिएको समाजसेवी एवं पाल्पा समाज युकेका अध्यक्ष बाचस्पति रेग्मीले जानकारी दिए । पोखरा स्थायी घर भएका ३२ वर्षीय केसी अध्ययनका क्रममा बेलायत आएको थियो । केही वर्षअघि नेपाल नै बस्ने गरी आएका उनी पुनः बेलायत फर्किएका थिए । लण्डनको मिलहिल स्कूलको… पुरा पढौ

पोर्चुगलमा बझाङका सुरतले गरे आत्महत्या

पोर्चुगल, २४ पुस । बझाङका युवक सुरत कुँवरले पोर्चुगलको राजधानी लिस्बनमा आफू बसेको छात्रावासबाट हाम फालेर आत्महत्या गरेका छन् । पोर्चुगललाई कर्मथलो बनाउँदै आएका उनी आज शुक्रवार नेपाल जाने तयारीमा थिए । फेसबुकमा ‘मिल्ने भए दुःख हटाई खुशी किन्थेँ आमा, आफ्नो को हुन् पराइ को हुन् सबै चिन्थेँ आमा’ स्टाटस सेयर गरेर आफू बस्दै आएको होस्टेलको चार तलाबाट हामफालेर आत्महत्या गरेका हुन् । एउटै छात्रावासको कोठामा बसेका साथी र परिवारका सदस्यलाई आत्महत्या गर्ने आफ्नो बोली अन्तिम भनेर भनेपछि कुँवरले साथी… पुरा पढौ

कोरियामा नेपाली विद्यार्थीले पनि इ–९ भिसा पाउने

सउल, २४ पुस । दक्षिण कोरिया सरकारले यहाँ अध्ययनरत विदेशी विद्यार्थीलाई पनि इ–९ भिसा उपलब्ध गराउने गरी तयारी थालेको छ । इ–९ भिसा कोरियाली भाषा परीक्षा उत्तीर्ण गरी इपिएस प्रक्रियामार्फत कोरियामा रोजगारीका लागि आउने प्रवासी श्रमिकलाई दिने भिसा (प्रवेशाज्ञा) हो । यहाँ अध्ययनरत विज्ञान र इञ्जिनीयरिङ विषयमा स्नातक प्राप्त विदेशी विद्यार्थीलाई रोजगारी प्रदान गर्ने हेतुले सो भिसा प्रदान गर्न लागिएको यहाँको श्रम मन्त्रालयलाई उद्धृत गर्दै प्रवासी श्रमिक युनियनका अध्यक्ष उदय राईले बताए । यहाँको रोजगार तथा श्रम मन्त्रालयले तयार पारेको… पुरा पढौ

विद्यार्थीलाई रोजगार भिसा पाउनै कठिन

सन थापा,जापान, डिसेम्बर २९ । जापानमा विश्वबिद्यालय ग्राजुएट (सोचुग्योउ)पश्चात् रोजगार भिसा (स्युउस्योकु) पाउन कठिन बन्दै गएको छ । कोभिड–१९ को महामारीको कारण आर्थिक कारोबार धराशायी बनेपछि रोजगारदाता कम्पनीहरूले कामदारको माग अत्यन्त न्यून रूपमा मात्र गरेका छन् । जसका कारण विद्यार्थीहरूको भविष्य अन्यौल बन्दै गएको छ । सन् २०१३ अक्टोवरमा सुनौलो भविष्य बोकेर बिद्यार्थी भिसामा जापान प्रवेश गरेकी पोखराकी निशा गुरुङको एउटै सपना थियो, पढाई पूरा भएपछि राम्रो कम्पनीमा रोजगार भिसा (स्युउस्योकु) प्राप्त गर्ने । फुकुओकास्थित जापान यूनिभर्सिटी अफ इकोनोमिक्समा अन्तिम… पुरा पढौ

गैरआवासीय नेपालीले कोरोनाविरुद्ध लगाए खोप

गैरआवासीय नेपालीले कोरोनाविरुद्ध निर्माण गरिएको खोप लगाउन थालेका छन् । पहिलो चरणमा अग्रपङ्क्तिमा काम गर्ने नेपालीले खोप लगाउन थालेका गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले जनाएको छ । बेलायत, कतार, क्यानाडा, साउदी अरब, बहराइनमा रहेका गैरआवासीय नेपालीले कोरोनाविरुद्धको खोप लगाउन थालेका सङ्घले जनाएको छ । विश्वका विभिन्न मुलुकले कोरोनाविरुद्ध अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई आपत्कालीन अवस्थामा खोप दिन थालिसकेका छन् । ९४.५ प्रतिशत नेपाली कोरोनामुक्त विदेशमा कोरोना सङ्क्रमणमा परेका नेपालीमध्ये ९४.५ प्रतिशत कोरोनामुक्त भएका छन् । सङ्घका अनुसार शनिबार साँझसम्म विदेशमा ५२… पुरा पढौ

नेपाली शान्ति सैनिकद्वारा विद्रोहीको हमला विफल

नेपाली शान्ति सैनिकले सेन्ट्रल अफ्रिकन रिपब्लिकको प्रमुख शहर बमवारीलाई विद्रोहीको कब्जा हुनबाट जोगाएको छ। उक्त शहरलाई विद्रोहीले नियन्त्रणमा लिएपछि सोको प्रतिकार स्वरुप नेपाली शान्ति सैनिकको एक गुल्म त्यहाँ परिचालन भएपछि विद्रोही पछि हट्न बाध्य भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। नेपाली शान्ति सैनिकको मद्दत पाएपछि त्यहाँको सरकारी सेनाले पुनः उक्त शहर नियन्त्रणमा लिन सफल भएको जानकारी दिइएको छ। त्यहाँ तैनाथ नेपाली सेनाको रणशेर गणका गणपति प्रमुख सेनानी मिनराज तिवारीको कमाण्डमा गएको गुल्मले सरकारी सेना तथा सशस्त्र प्रहरीको क्याम्पमा… पुरा पढौ