प्रवास

‘अमेरिकन आइडल’को उपविजेतामा सिमित भए नेपालका दिवेश

अमेरिका । विश्व चर्चित गायन रियालिटी शो अमेरिकन आइडलमा नेपाली युवा दिवेश पोखरेल ‘आर्थर गन’ उपविजेता बनेका छन् । उनले सोमबार बिहान भएको १८औँ संस्करणको फाइनल प्रस्तुतिपछि भएको भोटिङमा दोस्रो स्थान हासिल गरेका हुन् । आर्थर गनको नामबाट सहभागी बनेका दिवेशलाई लाइबेरियन मूलकी गायिका जस्ट सामले पछि पारेकी हुन । पाँच जनामा भएको फाइनल प्रतिस्पर्धापछि उत्कृष्ट दुई जना छनोट गरिएको थियो । नेपालीले कलाकारले हासिल गरेको यो ऐतिहासिक उपब्धि हो । गत फागुनको पहिलो हप्ता भएको अमेरिकन आइडलमा अडिसनबाट छनोटसँगै… पुरा पढौ

दिवेश पोखरेल अमेरिकन आइडलको उत्कृष्ट ५ मा

काठमाडौं । नेपाली युवक दिवेश पोखरेल (आर्थर गन) अमेरिकन आइडलको उत्कृष्ट ५ मा पुग्न सफल भएका छन् । फाइनलमा प्रवेश गरेसँगै भोटिङ खुला गरिएको छ । फाइनलमा हरेक प्रतियोगीले दुई–दुई वटा गीत गाउँछन् । दुई घण्टाका बीच धेरै भोट पाउने प्रतियोगी अमेरिकन आइडलको १८ औं संस्करणको विजेता घोषणा हुनेछन् । कोभिड–१९ का कारण हरेक प्रतियोगीलाई घरबाटै गाउने व्यवस्था मिलाइएको छ । टप ७ मा पुगेकामध्ये दिवेशसहित ४ जना विदेशी मूलका थिए । दिवेशसँगै डिल्लोन जेम्स, जस्ट साम, जोन्नी वेस्ट, फ्रान्सिस्को मार्टिन टप ५ मा पुगेका छन् ।… पुरा पढौ

कोरोनाबाट विश्वभर ९६ नेपालीको मृत्यु

लण्डन, ४ जेठ । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिवार (१६ मे २०२०) साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ९६ पुगेका गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबै भन्दा बढी बेलायतमा ६३ जनाको मृत्यु भएको जनाएको छ । यसैगरी संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । यस्तै, संयुक्त अरब इमिरेट्स्ट (युएइ) मा ९, साउदी अरबमा २, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १,… पुरा पढौ

कोरोना भाइरस: उच्च जोखिममा बेलायतमा रहेका भूतपूर्व गोर्खा सैनिक परिवार

भगीरथ योगी लन्डन । ७२ वर्षीया दिलमाया थापा भूतपूर्व गोर्खा सैनिक परिवारकी हुन । उनी ब्रिटेनको अल्डरशट सहरमा बस्छिन् जहाँ नेपालीहरूको बाक्लो बसोबास रहेको छ। ब्रिटेनमा कोरोनाभाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिएपछि उनीजस्ता हजारौँ भूतपूर्व गोर्खा सैनिकका परिवार चिन्तित बनेका छन्। "हुलाकीले हामी बसेको घरको ढोकाको प्वालमा एउटा चिठी ल्याएर छोडिदिएको दुई दिन भयो, तर डरले मैले त्यो चिठी भित्र ल्याएकी छैन। फेरि मेरा श्रीमान्‌ले आँखा देख्दैनन्, मलाई पढ्न आउँदैन," उनले भनिन्। दिलमायाको डेरामा टेलिभिजन छैन। श्रीमान् बिरामी भएकाले उनी नेपालीहरूको… पुरा पढौ

कोरियामा एक नेपालीको मृत्यु

सउल । इपिएस प्रणालीमार्फत रोजगारीको सिलसिलामा दक्षिण कोरिया आएका एक नेपालीको मृत्यु भएको छ । दक्षिण कोरियाको ख्यङ्जु शहर नजिकै एक कम्पनीमा कार्यरत स्याङ्जाका ३३ वर्षीय खड्काबहादुर थापाको मङ्गलबार साँझ मृत्यु भएको हो । सात वर्षदेखि कोरियामा कार्यरत थापा, कम्पनीको ‘नाइटड्युटी’ सकेर मङ्गलबार बिहान ९ बजेतिर सुतेका थिए । कोठामा एक्लै सुत्ने गरेका थापा साँझको ६ बजेसम्म पनि नउठेपछि कम्पनीमा सँगै काम गर्ने साथीले हेर्न जाँदा मृतावस्थामा फेला परेका थिए । लगत्तै उनीहरूले दक्षिण कोरियाको प्रहरीलाई खबर गरेका थिए । उक्त कम्पनीमा… पुरा पढौ

कोरोनाबाट विश्वभर ७८ नेपालीको मृत्यु, पाँच हजार बढी संक्रमित

काठमाडौँ, २८ वैशाख । विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ७८ पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार सबैभन्दा बढी बेलायतमा ५१ जनाको मृत्यु भएको छ । यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । समितिका अनुसार न्युयोर्कमा १२, कोलोराडोमा दुई र भर्जिनियामा एक जनाको मृत्यु भएको हो । यस्तै संयुक्त अरब इमिरेट्स (युएइ) मा ६ तथा आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्डस, बहराइन… पुरा पढौ

कोरोना संक्रमणबाट विश्वभर ७३ नेपालीको मृत्यु, बेलायतमा मात्रै ४९ पुग्यो

विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ७३ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार बेलायतको ग्रेटर लण्डनमा २७, मिडल्याण्डमा आठ, साउथ इष्टमा ११ र साउथ बेष्टमा ती गरी ४९ जनाको मृत्यु भएको छ ।यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । तीमध्ये मध्य न्युयोर्कमा १२, कोलोराडोमा दुई र भर्जिनियामा एक जनाको मृत्यु भएको हो । यस्तै संयुक्त अरब इमिरेट्स् (युएइ)… पुरा पढौ