प्रवास

एनआरएनए कान्साई क्षेत्रीय समिति जापानको संयोजकमा भीमबहादुर घर्ती सर्वसम्मत

सन थापा, जापान । १५ असार । गैरआवासीय नेपाली संघ (एनआरएनए) कान्साई क्षेत्रीय कार्य समितिको आइतबार ओसाकामा सम्पन्न १०औं अधिवेशनले संयोजकमा भीमबहादुर घर्ती (अनुप)लाई सर्वसम्मत चयन गरेको छ । सन् २०२५–२०२७ कार्यकालका लागि भएको उक्त अधिवेशनले तीनजना उपसंयोजकमा शंकर भूसाल, नारायण थापा (राम), लक्ष्मण न्यौपाने चयन गर्यो । त्यस्तै सचिवमा लक्ष्मण गैरे, सह(सचिवमा प्रकाश कॅंडेल र चुडामणि कॅंडेल चयन भए । कोषाध्यक्षमा बलबहादुर कॅंडेल क्षेत्री, सहकोषाध्यक्षमा रोशन सापकोटा, युवा संयोजकमा टंकप्रसाद न्यौपाने (राजन) चयन भए । त्यसैगरी महिला सदस्यमा सरिता… पुरा पढौ

प्रधानमन्त्री ओली र तान्जानियाका उपराष्ट्रपति फिलिपबीच भेटवार्ता

दोहा ।प्रधानमन्त्री केपी शर्मा ओली र तान्जानियाका उपराष्ट्रपति डा फिलिप एम पाङ्गोबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट) चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा जाने क्रममा उनीहरूबीच कतारको दोहास्थित हमाद अन्तरराष्ट्रिय विमानस्थलमा भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा दुई देशको आपसी सम्बन्धका विविध आयामबारे कुराकानी भएको थियो । भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाललगायत सहभागी थिए । पुरा पढौ

जापानको टोकियोस्थित नेपाली विद्यालयले ल्यायो एसइईमा उत्कृष्ट नतिजा

काठमाडौँ, १४ असार । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यामिक शिक्षा परीक्षा (एसइई) २०८१ को नतिजामा जापानको टोकियोस्थित एभरेष्ट इन्टरनेशनल विद्यालयले उत्कृष्ट नतिजा हासिल गरेको छ । उक्त परीक्षामा त्यस विद्यालयबाट सहभागी २९ विद्यार्थीमध्ये छ जनाले ४ जिपिए र बाँकीले ३.८ जिपिएभन्दा माथिको नतिजा ल्याएका विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद भट्टले जानकारी दिए । विद्यालयबाट सो परीक्षामा ११ जना छात्र र १८ जना छात्रा सहभागी भएका थिए । विद्यार्थीहरूको मेहनत, शिक्षकको मार्गदर्शन र अभिभावकको सहकार्यले गर्दा विदेशमा रहेर पनि विद्यालयले उत्कृष्ट नतिजा… पुरा पढौ

जापानको क्योतोमा नेपाली कम्युनिटी गठन अध्यक्षमा ओली

सन थापा, जापान । जापानको प्राचीन राजधानी क्योतोमा बिहीबार सम्पन्न प्रथम अधिवेशनले नरेश ओलीको अध्यक्षमा “क्योतो नेपाली कम्युनिटी जापान” गठन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा शंकर भूसाल,उपाध्यक्षहरूमा गोपाल खत्री, गोबिन्द सापकोटा, रामभक्त सापकोटा, धीरेन्द्र शाही, महिला उपाध्यक्षमा लालसा सापकोटा, सचिवमा सुबिन न्यौपाने, सहसचिवमा बिमल गैरे कपिल आचार्य र कोषाध्यक्षमा मदन अधिकारी र सह-कोषाध्यक्षमा सिन्धु शर्मा रहेका छन् । त्यसैगरी युवा तथा खेलकूद संयोजकमा सुजनजंग क्षेत्री, सांस्कृतिक संयोजकमा काजल गुरुङ, सह(संयोजकमा सबिन सापकोटा, प्रचारप्रसार संयोजकमा सुरज थिङ्ग रहेका छन् भने… पुरा पढौ

सर्तसहित ‘स्टुडेन्ट भिसा’ पुनः सुरु गर्ने अमेरिकाको घोषणा

अमेरिकाले एक महिना अगाडि स्थगित गरेको अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना प्रक्रिया पुनः सुचारु गर्ने भएको छ । यद्यपि जसका लागि केही सर्त थपिएको छ । प्रमुखरुपमा पढ्न जाने विद्यार्थीको सामाजिक सञ्जालको एकाउन्ट भने पब्लिक बनाउन भनेको छ । जसबाट उनीहरूले अमेरिकी नागरिक, सिद्धान्तप्रति आफ्नो देशमा आउने विदेशी विद्यार्थीहरूको सोच विचार र भावना गलत भएमा रोक्ने नीति अमेरिकाले लिएको हो । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले गत मे महिनामा केही समयका लागि भन्दै रोकिएको अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा प्रक्रिया पुनः सुरु गरेको हो ।… पुरा पढौ

ट्रम्पको यात्रा प्रतिबन्ध, १२ देशका नागरिकलाई अमेरिकामा प्रवेशमा रोक

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक नयाँ यात्रा प्रतिबन्ध सोमबार मध्यरातपछि लागु भएको छ । यसले एक दर्जन देशका नागरिकलाई संयुक्त राज्य अमेरिकामा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ र उनको पहिलो कार्यकालबाट विभाजनकारी उपायलाई पुनर्जीवित गरेको छ । यो कदमले शरणार्थी मार्गहरूमा बाधा पुर्‍याउने र ट्रम्प प्रशासनले अवैध प्रवेशमाथिको कारबाहीलाई विस्तार गर्दै अध्यागमनलाई थप प्रतिबन्धित गर्ने अपेक्षा गरिएको छ । प्रतिबन्धले समेटेका इरान र अफगानिस्तान जस्ता धेरै राष्ट्रको संयुक्त राज्य अमेरिकासँग शत्रुतापूर्ण सम्बन्ध छ भने हाइटी र लिबिया जस्ता मुलुकले गम्भीर… पुरा पढौ

अमेरिकाले ‘डिपोर्ट’ गरेका ४० बढी नेपालीलाई आज काठमाडौं ल्याईंदै

काठमाडौं । अमेरिका पुगेका ४० जनाभन्दा बढी नेपालीलाई देश निकाला गरी आज चार्टर्ड विमानबाट काठमाडौँ ल्याइँदैछ । आज अपराह्न ४ बजेतिर अमेरिकाले देशनिकाला गरेका नेपालीहरू ल्याइरहेको विमान अवतरण गर्ने जानकारी अध्यागमन विभागका महानिर्देशक गोविन्दप्रसाद रिजालले दिएका हुन् । अमेरिका बस्न पाउने कागजपत्रविहीन नेपालीहरूलाई पक्राउ गरी नेपालतर्फ पठाइँदै गरेको हो । शुरुमा ५० जनालाई निकाला गरी काठमाडौँ पठाउने जानकारी आएपनि त्यो संख्या ४० देखि ५० को बीचमा रहने महानिर्देशक रिजालले बताए । नेपाल पठाउने सूचीमा रहेकामध्ये केहीलाई अमेरिकामै राखेर अनुसन्धान अघि बढाइएको… पुरा पढौ