खेलकुद

पोखरा एभेन्जर्समाथि चितवन राइनोजको शानदार जित

काठमाडौँ । चितवन राइनोजले नेपाल प्रिमियर लिगमा लगातार दोस्रो जित निकालेको छ। आज भएको दोस्रो खेलमा चितवनले पोखरालाई ८७ रनले पराजित गरेको हो । १६२ रनको लक्ष्य पछ्याएको पोखरा १३ दशमलव २ ओभरमा ७४ रनमा अलआउट भयो । चितवनको लागि ब्याटिङमा रवि बोपाराले अर्धशतक पारी खेले भने बलिङमा सोहेल तनविर र रिजन ढकालको उत्कृष्ट प्रदर्शन रह्यो । पोखराका लागि नारायण जोशीले सर्वाधिक ३० रन बनाउनु बाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । पुरा पढौ

एनपिएलमा आजबाट दुई खेल हुँदै, पहिलो खेलमा काठमाडौँ र चितवन भिड्दै

काठमाडौँ । शनिबारदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदै छन् । पहिलो खेलमा काठमाडौँ गुर्खाज र चितवन राइनोजबीचमा आमनेसामने हुने छन् । यो खेल बिहान सवा नौ बजे सुरु हुनेछ । यी दुवै टोली बागमती प्रदेशअन्तर्गतकै टोली हुन् । काठमाडौँ स्पोर्ट्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमाडौँ गुर्खाजको मार्की खेलाडीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसी छन् । उनीसँग विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूको राम्रो अनुभव छ । काठमाडौँ गुर्खाजमा करणसँगै राष्ट्रिय टोलीबाट खेलिसकेका भीम सार्की… पुरा पढौ

एनपिएलको उद्घाटन खेलमा जनकपुर बोल्ट्स विजयी

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केही बेर अघि सम्पन्न खेलमा जनकपुर बोल्ट्सले विराटनगर किङ्सलाई आठ विकेटले पराजित गरेको हो । टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर एक सय २७ रन बनाएको थियो  एक सय २८ रनको विजयी लक्ष्य जनकपुर बोल्ट्सले १५ दशमलव तीन ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो । जनकपुर बोल्ट्सका लागि विदेशी खेलाडी लाहिरु मिलन्थाले अर्धशतक पारी खेले… पुरा पढौ

एनपीएल आजदेखि, उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्दै

काठमाडौँ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा सर्वाधिक चर्चा बटुलेको नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आजदेखि राजधानीमा सुरु हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा आगामी पुस ६ गतेसम्म सञ्चालन हुने पहिलो संस्करणको उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहेको छ । स्वदेशी तथा विश्व चर्चित खेलाडीको आगमनले पनि एनपिएलले बजारमा निकै चर्चा पाएको हो । त्यसो त दुलही झैँ सिँगारिएको कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानको चर्चा पनि उत्तिकै छ । त्रिवि मैदानमा कैयौँ खेल भए तर यसपटक भने आम दर्शकका… पुरा पढौ

नेपाल श्रीलङ्कासँग पराजित

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)मा आजदेखि सुरु भएको पुरुष यु–१९ एसिया कप–२०२४ को पहिलो खेलमा नेपाल श्रीलङ्कासँग पराजित भएको छ । नेपाल श्रीलङ्कासँग ५५ रनले पराजित भएको हो । युएईको शारजहास्थित शारजहा क्रिकेट रङ्गशालामा टस जितेर व्याटिङको निम्तो पाएको श्रीलङ्काले नेपाललाई दुई सय ३४ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य पछ्याउने क्रममा नेपालले सबै विकेट गुमाएर जम्मा १७८ रन मात्र बनायो ।श्रीलङ्काका लागि शरुजन षणमुगनाथनले सर्वाधिक ६२ रन बनाए । उनले ९९ बलमा दुई चौकाको मद्दतले ६२ रन… पुरा पढौ

नेपाललाई श्रीलङ्काले दियो २३४ रनको लक्ष्य

काठमाडौँ । यू–१९ एसियाकप–२०२४ अन्तर्गत श्रीलङ्काले नेपाललाई २३४ रनको लक्ष्य प्रस्तुत गरेको छ। संयुक्त अरब इमिरेट्स (युएई) मा आजदेखि शुरु भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलङ्कालो ५० ओभरमा सबै विकेट गुमाएर २३३ रन जोडेको छ । नेपालका लागि सन्तोष यादवले १० ओभरमा ४५ रन दिएर ४ विकेट लिए । त्यस्तै युवराज खत्रीले २ तथा कप्तान हेमन्त धामी र नरेन साउदले १(१ विकेट लिए । युएईको शारजहास्थित शारजहा क्रिकेट रङ्गशालामा सुरु भएको आजको पहिलो खेलमा नेपालले टस जितेर फिल्डिङ… पुरा पढौ

‘एनपिएल’को उत्साहपूर्वक प्रतीक्षा, विश्वका खेलाडी नेपालमा

गण्डकी । स्टार्टअप व्यवसायमा सक्रिय युवा निशान सापकोटा नेपाल प्रिमियर लिग (एनपिएल) पोखरा एभेन्जर्सले जितोस् भन्ने चाहन्छन् । एकातिर आफ्ना प्रिय खेलाडी कुशल भुर्तेलको कप्तानी, अर्कातिर आफ्नै भूगोलसँग जोडिएको टिम । पहिलोपटक हुन लागेको एनपिएललाई लिएर बागलुङका उनी उत्साहित छन् । “शनिबार हुने उद्घाटन खेलको टिकट लिइसकेको छु, सबै खेल नछुटाइ हेर्ने योजनामा छु”, उनले भने, “मनपर्ने खेलाडीको टिम रहेकाले पोखरा एभेन्जर्स मेरा लागि प्रतियोगिताभर विशेष रहनेछ ।” सापकोटाझैँ हरेक क्रिकेटप्रेमीको ध्यान यतिखेर एनपिएलतिर छ । देशभित्र मात्र नभएर विदेशमा रहेका… पुरा पढौ