पर्यटन

अन्नपूर्ण आरोहण सुरु, एकै दिन ३२ आरोही चुचुरोमा

म्याग्दी । म्याग्दीमा रहेको अन्नपूर्ण हिमालमा चालु वसन्त यामको आरोहण सुरु भएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्छ । आरोहण सुरु भएको पहिलो दिन सोमबार बिहान ८ देखि ११ बजेको बीचमा नेपाली शेर्पा र विदेशी पर्वतारोहीसहित ३२ जनाले सफल आरोहण गरेका नेपाल पर्वतारोहण सङ्घले जनाएको छ । सङ्घका महासचिव मोहन लम्सालले सेभेन समिट ट्र्याकबाट नौ, पायनियर एडभेन्चरबाट आठ, आठके एक्सपिडेसन बाट नौ, इमाइजिन नेपालबाट तीन र मकालु एभेन्चरबाट दुईजनाले अन्नपूर्णको सफल आरोहण… पुरा पढौ

‘पोखरा–छेन्दु उडान नियमित गर्न सबैको सहयोग आवश्यक’

लेखनाथ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट सुरु भएको चीनको सिचुवान प्रान्तस्थित छेन्दुको उडानलाई निरन्तरता दिन सबैको सहयोग आवश्यक रहेको बताएका छन् । पोखरा पर्यटन परिषद्द्वारा आज पोखरामा आयोजित पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट चीनको छेन्दुमा गरिएको पहिलो व्यावसायिक चाटर्ड उडानका सहभागीलाई सहभागिताको प्रमाणपत्र वितरण गर्दै उनले उक्त उडानसँगै पोखराबाट अन्तरराष्ट्रिय उडानका सम्भावना बढेको बताए । पहिलो अन्तर्राष्ट्रिय उडानका क्रममा छेन्दु, लुझाउ, छोङछिङलगायत सहरमा भएका कार्यक्रमले दुुई देशबिचको सम्बन्धसँगै पर्यटकीय साझेदारीलाई उजागर गरेको बताउँदै उनले सिचुवान एयरलायन्सको धेरै देशमा… पुरा पढौ

हिमपहिरामा हराएका चिनियाँ पर्यटकको शव भेटियो

कास्की । पदयात्राका क्रममा कास्कीको अन्नपूर्ण गाउँपालिका–११ देउरालीस्थित चुमरुङमा हिमपहिरोमा परी बेपत्ता भएका २८ वर्षीय चिनियाँ नागरिक ई–चेङ युआनको १३ दिनपछि आज शव फेला परेको छ । सशस्त्र प्रहरी बल कालिका गण पोखराको विशेष विपद् उद्धार टोलीले आज बिहान देउराली चुमरुङस्थित मोदी नदी किनारबाट २० मिटर उत्तरतर्फ उनको शव फेला पारेको कालिका गणका गणपति प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सिनाले जानकारी दिए । अन्नपूर्ण आधार शिविर (एविसी) को पदयात्रा सकेर घान्द्रुकतर्फ फर्कने क्रममा पर्यटक बेपत्ता भएपछि उनको खोजीमा प्रहरी टोली खटिएको थियो… पुरा पढौ

‘फेवा नव वर्ष महोत्सव-२०८२’ चैत ३० गतेदेखि

पोखरा । नेपाली संस्कृति संरक्षण र परम्परागत नेपाली खाना तथा आन्तरिक एवं वाह्य पर्यटन प्रवर्द्धन गर्ने मुख्य उद्देश्यसहित पर्यटन राजधानी पोखरामा ‘२०औँ फेवा नव वर्ष महोत्सव २०८२’ हुने भएको छ । होटेल संघ नेपाल (हान) ले शुक्रबार पत्रकार सम्मेलनमार्फत ३० चैतदेखि १ वैशाखसम्म फेवा किनारको करिब ३ किलोमिटर क्षेत्रमा महोत्सव चल्ने बताए । महोत्सवमा निःशुल्क प्रवेश व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ । नेपाली नयाँ वर्ष उल्लासमय बनाउन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रचार–प्रसार गरी आफ्नो मौलिक संस्कृति रक्षा गर्ने उद्देश्यले सांस्कृतिक… पुरा पढौ

मुस्ताङमा हालसम्म तीन लाख ९७ हजार पर्यटक भित्रिए

मुस्ताङ । चालु आर्थिक वर्षको हालसम्म धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा तीन लाख ९६ हजार ९०१ पर्यटक भित्रिएका छन् । गत साउनदेखि चैत १८ गतेसम्मको प्रहरी तथ्याङ्कअनुसार मुस्ताङमा आन्तरिक तथा बाह्य गरी उक्त सङ्ख्यामा पर्यटक भित्रिएका हुन् । मुस्ताङमा चालु वर्षको साउनदेखि हालसम्ममा तीन लाख ३३ हजार ८४५ आन्तरिक र ६३ हजार ५६ जना विदेशी पर्यटक जिल्लामा भित्रिएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिए । उनका अनुसार साउनदेखि हालसम्ममा दुई लाख ३८ हजार ३५४… पुरा पढौ

अन्नपूर्ण आधार शिविरमा पुग्न थाले आरोही

म्याग्दी । अन्नपूर्ण हिमाल आरोहणका लागि आरोहीहरू आधार शिविरमा पुग्न थालेका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्दछ । चालु वसन्तयाममा अन्नपूर्ण हिमाल आरोहणका लागि आएका आरोही, शेर्पा, पथप्रर्दशक, मजदुर र पर्यटकहरूको आधार शिविरमा चहलपहल बढेको अन्नपूर्ण गाउँपालिका–४ का वडासदस्य श्याम पुर्जाले बताए । “अन्नपूर्ण आधार शिविरमा आरोहण टोलीले टेन्ट टाँगेर गाउँ जस्तै बनाएका छन्”, उनले भने, “आरोहण टोलीका साथै आन्तरिक तथा बाह्य पर्यटकहरूको पनि आगमन सुरु भएको… पुरा पढौ

ल्हासा–पोखरा नियमित अन्तर्राष्ट्रिय उडान सुरु

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । पोखरा विमानस्थलमा चीनको ल्हासाबाट आएको हिमालय एयरलाइन्सको जहाज अवतरण गरेको छ । यससँगै हिमालय एयरलाइन्स पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान थाल्ने पहिलो वायुसेवा कम्पनी समेत बनेको छ । यो जहाजमा १ सय ७ यात्रु पोखरा अवतरण गरेका छन् । यसमध्ये ३२ चिनियाँ र ७५ नेपाली नागरिक आएका छन् । ल्हासाबाट आएका यात्रुलाई नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगर प्रमुख धनराज आचार्य, कास्कीका… पुरा पढौ