पर्यटन

जाउँ है पोखरा अभियान सम्पन्न

पोखरा, २३ फागुन । मकवानपुरको हेटौंडामा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी यसवर्षको जाउँ है पोखरा अभियान औपचारिक रुपमा सम्पन्न गरिएको छ । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अमनकुमार मास्केले विहीबार अभियानको समापन गर्दै जाउँ है पोखरा अभियान पर्यटन क्षेत्रका लागि अनुकरणीय अभियान भएको भनाई राखे । आफ्नो खुट्टामा आफैं उभिन सक्ने वातावरण जाउँ है पोखरा जस्ता अभियानले सिर्जना गर्न सक्ने उनले बताए । कार्यक्रममा बोल्दै अभियानका संयोजक एवं आयोजक होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले नयाँ बर्षको अवसरमा… पुरा पढौ

चैत १८ गतेदेखि पोखराबाट ल्हासा उडान गर्दै हिमालय एयरलाइन्स

पोखरा । अन्तर्राष्ट्रिय हवाई सेवा प्रदान गर्दै आएको निजी हवाई कम्पनी हिमालय एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट तिब्बतको ल्हासा विमानस्थलमा नियमित उडान गर्ने घोषणा गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आगामी चैत १८ (मार्च ३१) देखि पोखरालाई ल्हासासँग जोड्ने गरी हिमालय एयरलाइन्सले उडान सुरु गर्न लागेको हो। यसका लागि टिकट बुकिङ खुला गरिएको छ। ल्हासाको गोंगार विमानस्थलले स्लटको अनुमति दिएपछि पोखरा विमानस्थलमा पहिलो नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान सुरु हुने भएको हो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०७९ सालको पुस महिनादेखि सञ्चालनमा आए… पुरा पढौ

लमजुङको पस गाउँमा १५औँ महोत्सव सुरु

लमजुङ । लमजुङको क्व्होलासोंथर गाउँपालिका–६ पस गाउँमा पन्ध्रौँ पस गाउँ महोत्सव सुरु भएको छ । व्यवसायिक होमस्टे र स्थानीय संस्कार संस्कृतिसहित गाउँको पर्यटन प्रवर्द्धनका लागि महोत्सव आयोजना भएको हो । महोत्सवको गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै मन्त्री बस्यालले कोदोको घरेलु रक्सी अब ब्राण्डिङ गर्नुपर्ने बताएका छन् । कानुनी रूपमा लोकल मदिरा बिक्री गर्न प्रतिबन्ध छ । कोदोको रक्सीलाई ‘ब्राण्डिङ’ गरी बिक्री गर्न कानुनी र व्यावहारिक पक्षको अध्ययन थालिएकाले अब यसको ब्रान्ड… पुरा पढौ

ऐनापहराबाट सात महिनामा ३० लाख आम्दानी

तनहुँ । आँबुखैरेनी गाउँपालिकाले ऐना पहरा उद्यानबाट सात महिनामा रु. ३० लाख आम्दानी गरेको छ । साउन पहिलो सातादेखि सञ्चालनमा आएको ऐनापहराबाट माघ मसान्तसम्ममा उक्त रकम आम्दानी भएको हो । पृथ्वी राजमार्गको छेउमै रहेको आँबुखैरेनी गाउँपालिका-४ स्थित ऐनापहरामा पर्यटन प्रवर्द्धन गर्न गाउँपालिकाले रु. दुई करोड लगानी गरिसकेको छ । यस पहरामा रहेका ढुंगालाई कलात्मक बनाएर पर्यटकलाई आकर्षित गरिएको छ । झरना झरेको ठाउँको ढुंगामा गणेशको आकृति बनाइएको छ भने झरना नजिकैको ढुंगामा आमा र बच्चा तथा परीको आकर्षक आकृति निर्माण… पुरा पढौ

पर्यटन राजधानी पोखरामा त्रिदेशीय पर्यटन प्रदर्शनी

गण्डकी । पर्यटन राजधानी पोखरामा पहिलो पटक त्रिदेशीय पर्यटन प्रदर्शनी नाइस–२०२५ (नेपाल–इण्डिया चाइना–प्रदर्शनी) आजदेखि सुरु भएको छ । छिमेकी मुलुक भारत र चीनबाट बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउने उद्देश्यका साथ प्रदर्शनी सुरु गर्न लागिएको जनाइएको छ । तीन दिनसम्म चल्ने प्रदर्शनीमा पर्यटन क्षेत्रका ८० क्रेता, ७० बिक्रेता र ७५ अन्तर्राष्ट्रिय प्रतिनिधिसहित छ सयभन्दा बढीको सहभागिता छ ।  प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले नेपाल पर्यटन बोर्ड, पोखरा पर्यटन परिषद् र अन्य सरकारी तथा निजी क्षेत्रका साझेदार सरोकारवालाहरुको सहकार्यमा प्रदर्शनी… पुरा पढौ

धौलागिरि आधार शिविर पुग्न डोरीमा झुण्डीएर यात्रा गर्नुपर्ने बाध्यता

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको धौलागिरि आधार शिविर पुग्न डोरीमा झुण्डीएर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ ।  कोखेभिर र धौलागिरि भ्यु प्वाइन्ट हिलमा जोखिम मोलेर अक्करे भिर पार गर्न डोरी र खरको गाँजको साहरा लिनुपर्छ । कोखेभिरमा ५० मिटर र धौलागिरि भ्यु प्वाइन्टमा करिब एक सय मिटरमा रसी र खरको गाँज समाएर यात्रा गर्नुपर्ने समस्या रहेको हालै धौलागिरि आधार शिविर पुगेर फर्किएका पोखराका पर्यटन व्यवसायी तारा गर्बुजा पुनले बताए ।  “बेनी–चिमखोला–घ्याँसीखर्क हुँदै सुगुरथलासम्म राहुघाट र सहायक नदीहरूमा निर्माणाधीन… पुरा पढौ

सराङकोट धार्मिक पर्यटकीय क्षेत्र ः सञ्चारमन्त्री गुरुङ

पाेखरा । सञ्चार तथा सुचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले कास्कीको सराङकोट धार्मिक पर्यटकीय क्षेत्र बन्दै गएको बताएका छन् । आज विहान सो क्षेत्रको अवलोकन पछि स्थानीयलाई सम्बोधन गर्नुहुँदै मन्त्री गुरुङले पोखरालाई नजिकैबाट नियाल्न तथा फेवातालसँगै विभिन्न हिमशृङ्खलाको अवलोकनका लागि सराङकोट पुग्नैपर्ने बताए । उनले पछिल्लो समय सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिको अग्रसरतामा निर्माण गरिएका संरचनाले त्यस क्षेत्रको सुन्दरता थप बढाएको चर्चा गर्नुहुँदै पोखराको पर्यटनमा सराङकोटको भूमिका महत्वपूर्ण रहँदै आएको स्पष्ट पारे ।  सराङकोटमा वि.स २०६१… पुरा पढौ