पर्यटन

२५ औँ पोखरा सडक महोत्सव सुरु

पोखरा । ‘सडकमै खाऔँ, सडकमै रमाऔँ’ भन्ने नारासहित पोखरामा २५ औँ पोखरा सडक महोत्सव सुरु भएको छ। विगतका वर्षहरुमा जस्तै पोखराको हल्लन चोकबाट विभिन्न सांस्कृतिक झाँकी, परम्परागत पन्चे बाजासहित महोत्सव सुरु भएको हो। रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेवान) पोखराको आयोजनामा पोखरा सडक महोत्सवको २५ औं श्रृंखलाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । अङ्ग्रेजी नयाँ वर्षको पूर्व सन्ध्यामा हरेक वर्ष आयोजना गरिने महोत्सव यसवर्ष पुस १६ गतेसम्म चल्नेछ । महोत्सवमा मुख्य आर्कषकका रुपमा विभिन्न जातजातिको सांस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा… पुरा पढौ

ल्होसारका अवसरमा पर्यटन विषयक अन्तरक्रिया

पोखरा । तमुहरूको महान पर्व मुप्ह्रु ल्होसार÷ल्होछारका अवसरमा गुरुङ पर्यटन व्यवसायी संघ गण्डकी प्रदेशले मंगलबार पोखरामा ‘पर्यटन उद्यमशीलता, राजनीतिमा गुरुङहरूको सहभागिता एवम् गुरुङ संस्कार र संस्कृति’ विषयक अन्तरक्रिया सम्पन्न गरेको छ । अन्तरक्रियामा वक्ताहरूले पर्यटन क्षेत्रको विकासमा गुरुङ समुदायको विशिष्ट योगदान भएको बताउँदै पर्यटन आर्थिक समृद्धिको महत्वपूर्ण आधार भएकोमा जोड दिए । कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले गण्डकी प्रदेशको समृद्धिको प्रमुख आधार पर्यटन भएको बताए । समृद्धिका अन्य विभिन्न आधार रहे पनि यस प्रदेशको प्रमुख आधार… पुरा पढौ

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन हुँदै

पोखरा । पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने विषय लामो समयदेखि बहसमा छ । गण्डकी प्रदेश सरकारले आफ्नो राजधानी सहरलाई पर्यटकीय राजधानी घोषणाका लागि गत महिना अध्ययन समिति गठन गरेपछि यो विषय थप चर्चामा आएको छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले पटकपटक पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि सङ्घ सरकारलाई गरेको औपचारिक प्रस्ताव कार्यान्वयन नभएपछि प्रदेश सरकारले पर्यटकीय राजधानी घोषणाका लागि थप पहल लिएको हो । गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाको अध्यक्षतामा गठित ११… पुरा पढौ

पाथीभरामा केबलकार निर्माण सुरु गर्न स्थानीयको माग

फुङ्लिङ, ७ पुस । ताप्लेजुङको प्रसिद्ध शक्तिपीठ पाथीभरामा पुग्नेगरी केबलकार बन्ने कुराले चर्चा पाएको एक दशकभन्दा बढी समय भए पनि अहिलेसम्म निर्माण हुन नसकेकाले चाँडै काम सुरु गर्न स्थानीयले माग गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिको संयोजनमा गत महिना गएको एक सर्वपक्षीय अनुगमन टोलीले पाथीभरा क्षेत्र कोशी प्रदेशको मात्र नभएर देशकै एक प्रसिद्ध धार्मिक पर्यटकीयस्थल रहेकाले उक्त क्षेत्रमा पुग्न सहज गर्नेगरी केबलकार बन्नुपर्ने निष्कर्ष निकालेको थियो । त्यसका लागि आवश्यक वातावरण सिर्जना गर्न र कानुनी अड्चनहरु भए त्यसलाई फुकाई… पुरा पढौ

पोखरा सडक महोत्सव हुँदै

काठमाडौँ, ६ पुस । नयाँ वर्ष सन् २०२४ को अवसरमा नेपालको प्रमुख पर्यटकीय नगरी पोखरामा २५ औँ पोखरा सडक महोत्सव हुने भएको छ । रेष्टुराँ एण्ड बार एसोसिएसन (रेवान) पोखराको आयोजनामा आगामी पुस १२ गतेदेखि १६ गतेसम्म रजत जयन्ती महोत्सवका रुपमा २५ औँ पोखरा सडक महोत्सव हुन लागेको हो । रेवान पोखराले आज काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नरेश भट्टराईले स्थानीय उत्पादनको प्रवद्र्धनका लागि महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए । ‘सडकमै खाउँ, सडकमै रमाउँ’ भन्ने नारासहित पाँच… पुरा पढौ

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गरिनुपर्ने

काठमाडौँ, २ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि आवश्यक नीतिगत काम तत्काल अघि बढाउन मातहतका सम्बन्धित निकायलाई निर्देशन दिएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज सरोकारवालासँगको छलफलका क्रममा पर्यटनमन्त्री सुदन किरातीले गौतमबुद्ध विमानस्थलमा केही आधारभूत सुधारसहित विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि मातहत निकायलाई आग्रह गरे । उनले विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न आवश्यक समन्वय र सहजीकरणका लागि पनि सम्बन्धित निकायलाई निर्देशन दिए । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सङ्घीयताको मर्म र… पुरा पढौ

व्यवसायी–पाइलट विवादले पोखराको प्याराग्लाइडिङ बन्द

पोखरा । साहसिक पर्यटनका लागि पोखराको पर्याय प्याराग्लाइडिङ आन्तरिक विवादका कारण बन्द भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले तत्कालका लागि उडान बन्द गरिदिएको हो । नेपाल हवाई खेलकुद संस्था (ना) पोखराले आफू खुशी दर तोकेर बुकिङ गर्न पाउने गरी खुला गरिदिएपछि विवाद उत्पन्न भएको छ । बुकिङ खुला गर्ने र नगर्ने पक्षमा प्याराग्लाइडिङ कम्पनीहरु विभाजित छन् । सोही विवादका कारण देखाएर पाइलटले प्याराग्लाइडिङ नउडाउने निर्णय गरेका छन् । शुक्रबारदेखि पोखराको आकासमा प्याराग्लाइडिङ ठप्प छ । पोखराको आकाशमा दैनिक सरदर… पुरा पढौ