पर्यटन

आन्तरिक पर्यटन प्रवर्द्धनका गर्न ‘जाउँ है पोखरा’

गण्डकी, ३० मङ्सिर । आन्तरिक पर्यटन प्रवर्द्धनलाई लक्षित गरी होटेल सङ्घ पोखराको आयोजनामा शुक्रबारदेखि पश्चिम नेपालका विभिन्न सहरमा ‘जाउँ है पोखरा’ अभियान सुरु भएको छ । कोभिड–१९ को महामारी, आर्थिकमन्दीलगायत कारणले प्रभावित पोखराको पर्यटनलाई पुनः चलायमान बनाउने उद्देश्यका साथ आगामी पुस ४ गतेसम्म पश्चिम नेपालका विभिन्न सहरमा प्रवद्र्धनात्मक कार्यक्रम गरिने सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । पोखराका पर्यटन व्यवसायी, सञ्चारकर्मीसहित २० सदस्यीय टोली अभियानमा सहभागी छन् । अभियानले पर्यटनमा साझेदारी बढाउँदै पर्यटकीय गतिविधि वृद्धिमा योगदान गर्ने विश्वास पोखराका पर्यटन… पुरा पढौ

पर्वतको प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे

पर्वत, २९ मङ्सिर । पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित धार्मिक एवं पर्यटकीयस्थल पञ्चासे यतिबेला पर्यटकको पर्खाइमा रहेको छ । पर्यटकीय याम भए पनि अन्य क्षेत्रमा जस्तो यहाँ चहलपहल बढ्न सकेको छैन । यो गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य भए पनि उचित प्रचार–प्रसार र प्रवर्द्धनको अभावमा ओझेलमा परेको स्थानीय बताउँछन् । पञ्चासेमा पर्यटकलाई लोभ्याउने धेरै कुरा छन् । पर्यटकीय राजधानी पोखराबाट नजिकै रहे पनि सहज सडक पूर्वाधार तथा पदमार्गको अभावमा पपर्यटक पुग्न सकेका छैनन् । समुद्री सतहबाट दुई हजार पाँच… पुरा पढौ

जेठो हिमालको आधार शिविर पूर्वाधारको प्रतीक्षामा

म्याग्दी, २७ मङ्सिर । अन्नपूर्ण प्रथम हिमाल आरोहणका हिसाबले विश्वको जेठो मानिन्छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने यो हिमाल आठ हजार मिटरभन्दा अग्ला हिमालहरुमध्ये मानव पाइला परेको पहिलो हो । आठ हजार ९१ मिटर अग्लो अन्नपूूर्ण हिमाल फ्रान्सेली नागरिक मौरिज हर्जोगले सन् १९५० जुन ३ तारिकका दिन आरोहण गरेका थिए । अन्नपूर्ण प्रथम आरोहण भएको तीन वर्षपछि सगरमाथामा मानव पाइला परेको थियो । हर्जोगले अन्नपूर्ण नर्थ (उत्तरी) आधार शिविरबाट आरोहण शुरु गरेका थिए । म्याग्दी, कास्की, मनाङ र मुस्ताङ… पुरा पढौ

यसरी फेरियो पुम्दीकोटको परिचय

पोखरा, २५ मङ्सिर । पोखरा घुम्न आएका पर्यटक पोखरा बजार र आसपासको पर्यटकीय क्षेत्रमा मात्र सीमित हुन चाहन्नन् । उनीहरूको रोजाइ बन्ने गरेको छ, नजिकैका गाउँ अनि डाँडापाखाहरू । एकै मेसोमा फेवाताल, हिमशृङ्खला अनि पोखरा बजार हेर्नका लागि पोखरा नजिक धेरै डाँडा र थुम्का छन् । यसका लागि केही वर्षअघिसम्म शान्ति स्तुपा अनि सराङ्कोट धेरैको रोजाइ थियो । तर, पछिल्लो समय पोखरा महानगरपालिका–२२ स्थित पुम्दीकोट डाँडा पनि यसको विकल्प बनेको छ । शान्ति स्तुपाबाट केही पर विशाल महादेवको मूर्ति निर्माणपछि… पुरा पढौ

भक्तपुर भेटियो दुर्लभ चरा ‘स्वेतमाथा कलहाँस’

भक्तपुर, २३ मङ्सिर । भक्तपुरमा पहिलोपटक साइबेरियन दुर्लभ पक्षी स्वेतमाथा कलहाँस अर्थात् ग्रेटर ह्वाइट फेन्टेट गुज भेटिएको छ । पक्षी संरक्षण तथा अन्वेषणकर्ता सञ्जय था श्रेष्ठले काठमाडौँ उपत्यकामा पहिलोपटक भक्तपुरको हनुमन्ते फाँटमा हाँस प्रजातिको दुर्लभ चरा स्वेतमाथा कलहाँस भेटिएको जानकारी दिए । कलहाँस नेपालमा पहिलोपटक सन् २००४ मार्च २४ मा देखिएको थियो । त्यतिबेला कोशी टप्पु वन्यजन्तु आरक्षणमा दुईवटा कलहाँस भेटिएका थिए । गर्मी मौसममा निकै माथि उचाइमा उडेर बास बस्ने कलहाँस चरा गत वर्ष नारायणी नदी आसपास क्षेत्रमा चारवटा… पुरा पढौ

लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सव

लुम्बिनी (मर्चवार), २३ मङ्सिर । नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सव आयोजना गरेको छ । शुक्रबार सम्पन्न महोत्सवमा बौद्ध धर्मलाई केन्द्रमा राखी भारत र नेपालको समृद्ध सांस्कृतिक सम्पदा तथा परम्परा प्रस्तुत गरिएको थियो । महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किराती, र लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी नेपालका लागि भारतका लागि राजदूत नवीन श्रीवास्तवले संयुक्तरूपमा उद्घाटन गरे । त्यस अवसरमा मन्त्री किरातीले महोत्सवका माध्यमबाट दुई देशबीचको बलियो सांस्कृतिक एवं ऐतिहासिक… पुरा पढौ

पोखरामा पर्वतीय महोत्सव आजदेखि

पोखरा, २२ मङ्सिर । अन्तर्राष्ट्रिय पर्वतीय दिवसका अवसरमा पोखरामा आजदेखि पर्वतीय महोत्सव शुरु हुने भएको छ । नेपाल पर्वतारोहण सङ्घको आयोजनामा मङ्सिर २६ गतेसम्म पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय, रातोपैह्रोमा आठौँ पर्वतीय महोत्सव हुने भएको हो । बर्सेनि गर्दै आइरहेको महोत्सव यस वर्ष पाँच दिनसम्म मनाइने छ । यसअघिका वर्षहरुमा तीन दिन मनाउने गरिएका थिए । संयुक्त राष्ट्रसङ्घले डिसेम्बर ११ लाई अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाउँदै आएको छ । सोही दिन पारेर सङ्घले आठ वर्षदेखि निरन्तर पर्वतीय महोत्सव गर्दै आएको छ ।… पुरा पढौ