पर्यटन

बेगनास तालमा राष्ट्रिय ड्रागन बोट रेस प्रतियोगिता सुुरु

पोखरा । पर्यटन राजधानी पोखराको बेगनास तालमा आइतबार प्रथम राष्ट्रिय बेगनास ड्रागन बोट रेस प्रतियोगिता सुरु भएको छ । पोखरा महानगरपालिका–३१ स्थित तालमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय र पोखरा महानगरपालिकाको आयोजना एवं नेपाल ड्रागन बोट सङ्घ गण्डकी प्रदेश र होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथको सहआयोजनामा प्रथम राष्ट्रिय बेगनास ड्रागन बोट रेस आयोजना गरिएको हो । देशका विभिन्न स्थानबाट १४ वटा समूहको सहभागिता रहेको प्रतियोगिता आज सोमवारसम्म चल्नेछ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले प्रतियोगिताको शुभारम्भ गर्नुहुँदै खेल क्षेत्रलाई… पुरा पढौ

पर्यटन राजधानी नजिकैको ठूलाकोट–ठूलास्वाहाँरा क्षेत्रको प्रवर्द्धनमा भिटोफ

गण्डकी, १० चैत । यही चैत ४ गते पर्यटन राजधानी घोषणा भएको पोखरासँगै आसपासका पर्यटकीय गाउँको पर्यटकीय प्रवर्द्धन र विकासलाई गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशले सक्रियता देखाएको छ । पर्यटन राजधानी आसपासका पर्यटकीय गाउँलाई प्रवर्द्धन गर्दै त्यहाँ पर्यटकीय गतिविधि बढाउनुपर्छ भन्ने उद्देश्यका साथ ठूलाकोट–ठूलास्वाहाँरा क्षेत्रको प्रवर्द्धनात्मक परिचयात्मक अवलोकन भ्रमण गरिएको भिटोफ गण्डकी प्रदेशका अध्यक्ष शोभा सापकोटाले बताए । ‘हरेक गाउँ, पर्यटकीय ठाउँ’ भन्ने नाराका साथ भिटोफले गाउँ पर्यटनको विकास गर्दै आएको बताउँदै उनले धेरै पर्यटकीय सम्भावना भएर पनि… पुरा पढौ

प्रथम आदिवासी जनजाति सांस्कृतिक महोत्सव सुरु

भरतपुर (चितवन), ९ चैत । चितवनमा ‘प्रथम आदिवासी जनजाति सांस्कृतिक महोत्सव’ सुरु भएको छ । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् चितवनको आयोजनामा आजदेखि सुरु महोत्सवको लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गरे । सो अवसरमा उनले देश सबैको साझा रहेको भन्दै एक–अर्काको धर्म, संस्कृतिको सम्मान गर्नुपर्ने बताए । उनले आदिवासी जनजातिका हक अधिकारका लागि सबै एकजुट हुनुपर्ने भन्दै संविधानमा व्यवस्था भएका कुरा व्यवहारमा लागू हुनुपर्ने बताए । यस्तै भरतपुर महानगर प्रमुख रेनु दाहालले आदिवासी जनजातिका हक अधिकारका लागि… पुरा पढौ

विश्व भँगेरा दिवसः गण्डकीको पर्यटनमा नयाँ आयाम, नवलपुरमा चरा अवलोकन पदमार्ग

पोखरा, ७ चैत । बढ्दो प्राकृतिक विनाशले चराचुरुङ्गीका आश्रयस्थल सङ्कटमा परिरहेको अवस्थामा पोखरा पंछी समाज भने चराहरूको संरक्षण गर्दै त्यसलाई पर्यटनसँग जोड्ने अभियानमा जुटेको छ । संकटापन्न अवस्थामा परेका गिद्धलगायतका पंक्षीहरूको संरक्षणमा निरन्तर जुटिरहेको समाज पोखरासहित समग्र गण्डकी प्रदेशमा चरा पर्यटनको विकासमा पनि उत्तिकै सक्रिय छ । चरा संरक्षण अभियान अन्तर्गत नेपाल चरा उत्सव (वर्ड फेयर) सञ्चालन गरिहेको समाजले गत माघ २६ देखि २८ गतेसम्म नवलपुरको कावासोती नगरपालिका वडा नं १३ मा दोस्रो नेपाल चरा उत्सव सम्पन्न गरिसकेको छ ।… पुरा पढौ

बेगनासमा प्रथम राष्ट्रिय ड्रागन दौड प्रतियोगिता हुने

लेखनाथ (कास्की), ६ चैत । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखराको पर्यटकीयस्थल लेखनाथको बेगनास तालमा प्रथम राष्ट्रिय ड्रागन बोट दौड प्रतियोगिता गरिने भएको छ । फागु पूर्णिमाको अवसर पारेर यही चैत ११ र १२ गते होटल तथा रेष्टुरेन्ट एसोसिएसन लेखनाथ, पोखरा महानगरपालिका र ड्रागन बोट सङ्घ गण्डकीले बेगनासतालमा प्रतियोगिता गर्न लागेका हुन् । प्रतियोगितामा १२–१६ समूहले सहभागिता जनाउने आज बेगनास ताल किनारमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था ड्रागन बोट सङ्घ गण्डकीका अध्यक्ष दीपक सुवेदीले जानकारी दिए । बेलनास तालमा ड्रागन बोट… पुरा पढौ

पर्यटकीय राजधानी घोषणाले पोखरालाई के फरक पार्छ ?

गण्डकी, ५ चैत । “प्राकृतिक सांस्कृतिक तथा साहसिक क्षेत्रको अद्वितीय सङ्गम पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गर्दछु”, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले औपचारिकरुपमा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्दा समारोहस्थलमा तालीको गडगडाहड गुञ्जिएको थियो । उसो त पोखरेलीले हिजो आइतबार बिहानैदेखि उत्सव मनाइरहेका थिए । आफ्नो प्रिय सहर पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने समारोहमा उनीहरु झाँकी र नाचगानसहित सामेल भएका थिए । फेवाताल छेउ बाराहीघाटमा उल्लासको माहोल छाइरहेको थियो । पोखरालाई पर्यटकीय राजधानी बनाउने वर्षौँअघिदेखिको सपना पूरा हुँदा पोखरेलीहरु खुसीले गद्गद् थिए… पुरा पढौ

जब प्रधानमन्त्री छमछमी नाचे…

पोखरा, ४ चैत । पोखरेलीले आज बिहानैदेखि उत्सव मनाइरहेका थिए । आफ्नो प्रिय सहर पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने समारोहमा उनीहरु झाँकी र नाचगानसहित सामेल भएका थिए । फेवातालछेउ बाराहीघाटमा उल्लास छाइरहेको थियो । मध्यान्हपख घोषणा समारोह सुरु भयो । समारोहको बीचबीचमा कलाकारले प्रादेशिक मौलिकता झल्काउने गीत र नाचको प्रस्तुति दिइरहेका थिए । ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा…’ का गायक प्रमोद खरेलदेखि प्रकाश सपुतसम्मले पोखरेलीलाई गीत सर्मपण गरे । धर्मेन्द्र सेवानले आफ्ना दिवङ्गत बुबा बुद्धि परियारले गाएको ‘रेशम फिरिरि…’… पुरा पढौ