पर्यटन

जेठो हिमालको आधार शिविर पूर्वाधारको प्रतीक्षामा

म्याग्दी, २७ मङ्सिर । अन्नपूर्ण प्रथम हिमाल आरोहणका हिसाबले विश्वको जेठो मानिन्छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने यो हिमाल आठ हजार मिटरभन्दा अग्ला हिमालहरुमध्ये मानव पाइला परेको पहिलो हो । आठ हजार ९१ मिटर अग्लो अन्नपूूर्ण हिमाल फ्रान्सेली नागरिक मौरिज हर्जोगले सन् १९५० जुन ३ तारिकका दिन आरोहण गरेका थिए । अन्नपूर्ण प्रथम आरोहण भएको तीन वर्षपछि सगरमाथामा मानव पाइला परेको थियो । हर्जोगले अन्नपूर्ण नर्थ (उत्तरी) आधार शिविरबाट आरोहण शुरु गरेका थिए । म्याग्दी, कास्की, मनाङ र मुस्ताङ… पुरा पढौ

यसरी फेरियो पुम्दीकोटको परिचय

पोखरा, २५ मङ्सिर । पोखरा घुम्न आएका पर्यटक पोखरा बजार र आसपासको पर्यटकीय क्षेत्रमा मात्र सीमित हुन चाहन्नन् । उनीहरूको रोजाइ बन्ने गरेको छ, नजिकैका गाउँ अनि डाँडापाखाहरू । एकै मेसोमा फेवाताल, हिमशृङ्खला अनि पोखरा बजार हेर्नका लागि पोखरा नजिक धेरै डाँडा र थुम्का छन् । यसका लागि केही वर्षअघिसम्म शान्ति स्तुपा अनि सराङ्कोट धेरैको रोजाइ थियो । तर, पछिल्लो समय पोखरा महानगरपालिका–२२ स्थित पुम्दीकोट डाँडा पनि यसको विकल्प बनेको छ । शान्ति स्तुपाबाट केही पर विशाल महादेवको मूर्ति निर्माणपछि… पुरा पढौ

भक्तपुर भेटियो दुर्लभ चरा ‘स्वेतमाथा कलहाँस’

भक्तपुर, २३ मङ्सिर । भक्तपुरमा पहिलोपटक साइबेरियन दुर्लभ पक्षी स्वेतमाथा कलहाँस अर्थात् ग्रेटर ह्वाइट फेन्टेट गुज भेटिएको छ । पक्षी संरक्षण तथा अन्वेषणकर्ता सञ्जय था श्रेष्ठले काठमाडौँ उपत्यकामा पहिलोपटक भक्तपुरको हनुमन्ते फाँटमा हाँस प्रजातिको दुर्लभ चरा स्वेतमाथा कलहाँस भेटिएको जानकारी दिए । कलहाँस नेपालमा पहिलोपटक सन् २००४ मार्च २४ मा देखिएको थियो । त्यतिबेला कोशी टप्पु वन्यजन्तु आरक्षणमा दुईवटा कलहाँस भेटिएका थिए । गर्मी मौसममा निकै माथि उचाइमा उडेर बास बस्ने कलहाँस चरा गत वर्ष नारायणी नदी आसपास क्षेत्रमा चारवटा… पुरा पढौ

लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सव

लुम्बिनी (मर्चवार), २३ मङ्सिर । नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सव आयोजना गरेको छ । शुक्रबार सम्पन्न महोत्सवमा बौद्ध धर्मलाई केन्द्रमा राखी भारत र नेपालको समृद्ध सांस्कृतिक सम्पदा तथा परम्परा प्रस्तुत गरिएको थियो । महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किराती, र लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी नेपालका लागि भारतका लागि राजदूत नवीन श्रीवास्तवले संयुक्तरूपमा उद्घाटन गरे । त्यस अवसरमा मन्त्री किरातीले महोत्सवका माध्यमबाट दुई देशबीचको बलियो सांस्कृतिक एवं ऐतिहासिक… पुरा पढौ

पोखरामा पर्वतीय महोत्सव आजदेखि

पोखरा, २२ मङ्सिर । अन्तर्राष्ट्रिय पर्वतीय दिवसका अवसरमा पोखरामा आजदेखि पर्वतीय महोत्सव शुरु हुने भएको छ । नेपाल पर्वतारोहण सङ्घको आयोजनामा मङ्सिर २६ गतेसम्म पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय, रातोपैह्रोमा आठौँ पर्वतीय महोत्सव हुने भएको हो । बर्सेनि गर्दै आइरहेको महोत्सव यस वर्ष पाँच दिनसम्म मनाइने छ । यसअघिका वर्षहरुमा तीन दिन मनाउने गरिएका थिए । संयुक्त राष्ट्रसङ्घले डिसेम्बर ११ लाई अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाउँदै आएको छ । सोही दिन पारेर सङ्घले आठ वर्षदेखि निरन्तर पर्वतीय महोत्सव गर्दै आएको छ ।… पुरा पढौ

घोडेपानी र पुनहिलमा बढे विदेशी पर्यटक

म्याग्दी । राउण्ड अन्नपूर्णको प्रमुख पर्यटकीय स्थल मानिएको म्याग्दीको घोडेपानी र पुनहिलमा पछिल्ला चार महिनामा विदेशी पर्यटकको संख्या बढेको छ। गत साउनदेखि मंसिरको पहिलो सातासम्म घोडेपानी र पुनहिल क्षेत्रमा १२ हजार ३६१ विदेशी पर्यटकले भ्रमण गरेको पर्यटक प्रहरी कार्यालय घोडेपानीले जनाएको छ। घोडेपानी अन्नपूर्ण चक्रीय पदमार्गमा आउने पर्यटकको रोजाईमा पर्ने गरेको छ। साउन महिनामा ९७६ जना, भदौमा ९९३ जना, असोजमा ३ हजार १११ जना, कात्तिकमा ५ हजार ७७९ जना र मंसिर १० गतेसम्म १ हजार ५०२ जनाले भ्रमण गरेको पर्यटन… पुरा पढौ

बढ्यो गिद्धको सङ्ख्या

नवलपुर, १८ मङ्सिर । लोपोन्मुख अवस्थामा पुगेको गिद्ध संरक्षणका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा स्थापनामा गरिएको जटायु (गिद्ध) रेष्टुराँका कारण गिद्धको सङ्ख्यामा वृद्धि भएको छ । गिद्ध संरक्षण गर्न भन्दै एसियामै पहिलोपटक समुदायस्तरबाट सन् २००६ मा सुरु गरिएको रेष्टुराँका कारण यस क्षेत्रमा गिद्धको सङ्ख्यामा चार सय प्रतिशतले वृद्धि भएको एक अध्ययनले देखाएको छ । जटायु रेष्टुराँ व्यवस्थापन समितिका अध्यक्ष एवं संरक्षणकर्मी डिबी चौधरीले पछिल्लो गणनाअनुसार यहाँ पाँच सय १७ गिद्ध भेटिएको जानकारी दिए । “रेष्टुराँ सुरु गर्ने बेलामा यहाँ सात प्रजातिका… पुरा पढौ