पोखरा, ३ मङ्सिर । ‘सामुदायिक होमस्टे, हाम्रो संस्कार र परम्परा’ नाराका साथ ‘साइकल सिटी भैरहवा’को टोली शनिबार पर्यटकीय नगरी पोखरा आइपुगेको छ । हरेक वर्ष तिहारको भाइटिकाको भोलिपल्ट साइकल यात्राका माध्यमबाट आन्तरिक एवं साइकल पर्यटनसँगै स्थानीय उत्पादनको प्रचारप्रसार गर्न टोली पोखरा आएको हो । यसवर्ष विशेषतः मगर र गुरूङ घरवाससँगै पर्यटकीय नगरी पोखराको प्रचारप्रसार गर्ने उद्देश्यका साथ १४ सदस्यीय टोली कात्तिक ३० गतेदेखि रूपन्देही सिद्धार्थनगरबाट साइकल यात्रामा निस्केको साइकल सिटी भैरहवाका अध्यक्ष सूूर्यकुमार सारू मगरले जानकारी दिए । टोलीले साइकल…
पुरा पढौ