अन्तर्राष्ट्रिय

इरान र अमेरिकाबीच दुई साता युद्धविराम र स्ट्रेट अफ होर्मुज खोल्ने सहमति

बीबीसी । संयुक्त राज्य अमेरिका र इरानले दुई साताका लागि युद्धविराम गर्ने घोषणा गरेका छन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले "सम्पूर्ण सभ्यता नष्ट हुने" चेतावनीसहित दिएको समयसीमा सकिन केही बेरअघि युद्धविरामको सहमति भएको हो। संयुक्त राज्य अमेरिका र इरानले दुई साताका लागि युद्धविराम गर्ने घोषणा गरेका छन्। ट्रम्पले स्ट्रेट अफ होर्मुज खोल्न दिएको समयसीमा सकिनुभन्दा १० मिनेट अगाडी वार्ताको मध्यस्थता गरेका प्रधानमन्त्री शहबाज शरीफ युद्धविराम "तत्कालै लागु हुने" बताएका थिए। उक्त समयसीमा नेपाली समय अनुसार बुधवार बिहान ५:४५ मा सकिँदै थियो।… पुरा पढौ

इरानले अमेरिकासँग सम्झौता नगरे पूरै सभ्यता आज राति नष्ट हुने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग सम्झौता गर्न तयार नभए पुरै सभ्यता आजै राति नष्ट हुने चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसियलमा पोस्ट गर्दै चेतावनी दिएका छन्,’पूरै सभ्यता आज राति नष्ट हुनेछ, जुन फेरि कहिल्यै फर्किने छैन । म यस्तो होस भन्ने चाहन्न, तर सम्भवतः त्यस्तै हुनेछ।’ उनले इरानलाई समाप्त पार्न चाहेको सन्देश दिँदै यस्तो लेखेको हुन् । उनले भनेका छन्, ‘तर, अब पूर्ण र सम्पूर्ण शासन परिवर्तन भइसकेपछि, जहाँ फरक, बुद्धिमान र कम उग्र विचार… पुरा पढौ

इजरायलमा इरानको मिसाइल आक्रमण जारी

हाइफा, इजरायल । इजरायली फायर फाइटरहरूले उत्तरी शहर हाइफामा एक आवासीय भवनमा मिसाइल प्रहारपछि दुई हराइरहेका व्यक्तिको खोजी गरिरहेका छन् । यस आक्रमणमा अन्य दुईको मृत्यु भएको छ । सात तलाको भवनमा मिसाइलको सिधा प्रहारले भवनको केही भाग भत्काएको छ । सेनाले भने अनुसार उद्धारकर्ताहरूले भग्नावशेष र ठूला काँक्रिट ब्लकहरू बीच खोजी गरिरहेका छन् । इजरायली गृह मोर्चा कमाण्डका प्रमुख एलाड एड्रीका अनुसार चार व्यक्ति हराइरहेका छन् । “हामीसँग ठूलो विनाश भएको क्षेत्र छ,” उनले भिडियो वक्तव्यमा भने । इजरायलको… पुरा पढौ

इरान–अमेरिका युद्ध: दुई अमेरिकी विमान नष्ट

वासिङ्टन । इरानले शुक्रबार मध्यपूर्वमा दुई अमेरिकी सैनिक विमान नष्ट गरेको छ । यस घटनामा एक चालक उद्धार गरिएको छ भने कम्तीमा अर्को अझै हराइरहेको छ । यो घटना युद्धको क्रममा पहिलो पटक अमेरिकी विमान नष्ट भएको क्षणको रूपमा लिइएको छ । पहिलो विमान इरानभित्र नष्ट भएको थियो । उद्धार गरिएको चालकको जीवन सुरक्षित छ, तर हराइरहेको अर्को चालकको खोजीका लागि अमेरिकी सेनाले व्यापक उद्धार अभियान सुरु गरेको छ । विवरण अनुसार, इरानी सुरक्षा बलले फारसको खाडीमा अर्को अमेरिकी युद्धक… पुरा पढौ

इरानबाट भारत आउने तयारीमा रहेको विमान अमेरिकी हमलामा क्षतिग्रस्त

इरानबाट भारतको राजधानी नयाँदिल्ली आउने तयारीमा रहेको एक विमान अमेरिकी हवाई हमलामा परी क्षतिग्रस्त भएको छ । सोमबार महान एयरलाइन्सको एउटा विमान अमेरिकी हमलामा क्षतिग्रस्त भएको हो । यो विमान मशहद विमानस्थलमा पार्क गरिएको थियो र नयाँदिल्ली आउने तयारीमा थियो । औषधि र अन्य अत्यावश्यक राहत सामग्री ल्याउन भारत आउने तयारीमा रहेका बेला विमानमाथि हमला भएको हो ।अमेरिका–इजरायल र इरानबीचको युद्ध आज ३१औँ दिनमा प्रवेश गरेको छ । तनाव साम्य हुने संकेत अझै देखिएको छैन । पुरा पढौ

अमेरिका–इरानबीच सकारात्मक वार्ता, सैन्य आक्रमण पाँच दिनका लागि स्थगित

अमेरिका र इरानबीच पछिल्ला दिनहरूमा भएको कूटनीतिक संवाद सकारात्मक दिशामा अघि बढेको संकेत देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताबाट उपलब्धि हासिल भएको जनाउँदै इरान लक्षित सैन्य गतिविधि अस्थायी रूपमा रोक्ने निर्णय सार्वजनिक गरेका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत दुई देशबीचको छलफल फलदायी भएको उल्लेख गर्दै मध्यपूर्व क्षेत्रका तनाव न्यूनीकरणतर्फ प्रगति भएको बताएका छन्। उनका अनुसार इरानको ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै हुने अमेरिकी आक्रमणहरू पाँच दिनका लागि स्थगन गरिनेछ। ‘म यो जानकारी दिन पाउँदा खुशी छु कि सयुक्त राज्य अमेरीका… पुरा पढौ

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि मध्य इजरायललाई लक्षित गरेर थालिएको हमलामा परेर कम्तीमा डेढ सय जना घाइते भएको इजरायली सेनाको रेडियोले पुष्टि गरेको छ । यसक्रममा ठूला ठूला भवनहरू क्षतिग्रस्त भएका छन् भने इजरायली ऊर्जा केन्द्रहरूलाई लक्षित गरेर हमला तीब्र पारिएको छ । अमेरिका र इजरायल मिलेर इरानका ऊर्जा तथा तेल खानीहरूमाथि हमला गरेपछि तेहरान जवाफी कारबाहीमा उत्रिएको हो । अल जजीराका अनुसार तेहरानको आक्रमणबाट इजरायलमा ठूला ठूला विष्फोटका आवाज सुनिएका छन् । इजरायली… पुरा पढौ