#पोखरा पंछी समाज

देशभर आजदेखि एकै साथ जलपन्छी गणना सुरु हुँदै

कञ्चनपुर । देशभरका ताल, तलैया नदी र सिमसार क्षेत्रमा आजदेखि एकै साथ जलपन्छी गणना कार्य गरिने भएको छ । हरेक वर्षको जनवरी महिनाको पहिलो शनिवारदेखि जलपन्छी गणना कार्य गरिँदै आएको छ । जनवरी ४ तारिखदेखि १९ सम्म(पुस २० गतेदेखि माघ ६ गतेसम्म) जलपन्छीको सङ्ख्या, प्रजाति, वासस्थानको अवस्था बारे जानकारी लिनका लागि गणना कार्य हुन लागेको नेपाल पंछीविद संघका वरिष्ठ चरा विद् तथा वेटल्याण्ड्स इन्टरनेशनल नेपालका लागि जलपन्छी गणना संयोजक लक्ष्मणप्रसाद पौडयालले बताए। उनका अनुसार यस अवधिमा पानीमा आश्रित तथा पानी… पुरा पढौ

कास्की र तनहुँका ८ स्थानमा गिद्ध गणना हुने

१६ औं गिद्ध सचेतना दिवसका अवसरमा भोली मिति २०८१ साल भाद्र २२ गते शनिवार कास्की र तनहुँका ८ स्थानमा गिद्ध गणना हुने भएको छ । पोखरामा रहेर विगत १ दशक देखि गण्डकी प्रदेशमा चरा तथा यीनका वासस्थान संरक्षण, सम्वद्र्धन एवं चरा पर्यटनमा काम गरीरहेको संस्था पोखरा पंछी समाजले विगतका वर्षहरु झै यस वर्ष पनि उक्त गणना कार्यक्रम गर्न लागेको हो । सेप्टेम्बर महिनाको पहिलो शनिवारका दिन मनाईने यो दिवस दक्षिण अफ्रिकावाट Endangered Wildlife Trust ले सन् २००५ वाट राष्ट्रिय रुपमा… पुरा पढौ

चिनियाँ बकुल्लाको दोस्रो अभिलेख पोखराबाट

नेपालका लागि पहिलो पटक गत वर्ष चितवनमा भेटिएको चिनियाँ बकुल्ला आज जेठ ६ गते पोखराको मैदी तालमा दोस्रो पटक फोटो सहित अभिलेख गरिएको छ । योसँगै पोखरा उपत्यकामा पाइने पन्छीहरुको प्रजाति संख्या ४८८ पुगेको छ । फोटोः अमृत कुमार पौडेल पोखरा पंछी समाजले प्रत्येक शनिवार आयोजना गर्ने पंछी अबलोकन कार्यक्रम अन्तर्गत आज गरिएको कार्यक्रममा समाजका सदस्यद्धय अमृत कुमार पौडेल र मिलन बरालले फोटो सहित अभिलेख गरेका थिए । त्यसपश्चात समाजका सदस्यहरु दुर्गा तिमिल्सिना, रामबाबु बस्ताकोटी, रेशम गुरुंग, गौतम नेपाली, मनशान्त… पुरा पढौ