बाढी/पहिरो

बागलुङको पहिरोमा बेपत्ता एक चालकको शव फेला

बागलुङ, ११ साउन । शनिवार राति बागलुङ नगरपालिका–१ रामरेखाको निरहेघाट नजिकैको सुख्खा पहिरोमा परि बेपत्ता भएका दुईजना मध्ये एक जनाको शव फेला परेको छ । पहिरोमा ट्याक्टर पुरीँदा वेपत्ता भएका चालक रोसन भनिने धनबहादुर किसानको शव फेला परेको हो । बागलुङ नगरपालिका–५ मालिकाका २५ बर्षिया किसान शनिवार रातिको पहिरोमा परि वेपत्ता थिए । उनिसँगै बेपत्ता भएका अर्का एक जना टिपर चालकको खोजी भैरहेको प्रहरी निरीक्षक दिपक रिजालले जानकारी दिए । पुरा पढौ

पहिरोले गोर्खाको नौली खोला थुनियो, लापुबेसी जोखिममा

गोरखा । गोरखाको धार्चे गाउँपालिका–७ लापुस्थित मापुडाँडामा पहिरो जाँदा नौली खोला थुनिएको छ । शुक्रबार रातिबाट माथिल्लो चिंगार डाँडा नै खसेर खोला थुनिएको स्थानीय तथा शिक्षक बिरवल गुरुङले बताए । खोला थुनिएसँगै लापुवेशीको बान्द्राङ, नौलीखोला र नयाँवस्तीदेखि झरनासम्मको गाउँका करिव ८० घरधुरी जोखिममा रहेको उनले बताए । रातभरी वर्षात भईरहेकाले खोला बढेको छ भने पहिरो खस्ने क्रम रोकिएको छैन । पानीको बाहाव बढ्दै जाँदा स्थानीय त्रसित छन् । सो क्षेत्रमा सेना र प्रहरीको टोली खटाइ सकिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र… पुरा पढौ

नारायणगढ–मुग्लिन सडकको चारकिलोमा फेरि पहिरो, सडक अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ चारकिलोमा आज बिहान पुनः पहिरो खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराति खसेको पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन भएको केही समयमा नै पुनः सोही स्थानमा पहिरो खसेको हो । निरन्तरको वर्षाका कारण पहिरो खस्ने क्रम जारी रहेको प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । पहिरो ठूलो भएकाले कतिखेर पन्छाएर सकिन्छ भन्न नसकिने उनले बताए । सोही स्थानमा गत सोमबार पनि पहिरो खसेको थियो । सो पहिरो पन्छाउन… पुरा पढौ

नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्दा फेरि अवरुद्ध

चितवन, ७ साउन । भरतपुर महानगरपालिका वडा नं २९ स्थित मुग्लिङ नारायणगढ सडक खण्डको सत्र किलोनजिकै मंगलबार राति पहिरो खसेर सडक अवरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । नारायणगढदेखि १५ किलोमिटर पर भरतपुर महानगरपालिका–२९ मा पर्ने नारायणगढ–मुग्लिन सडकमा पहिरोका कारण यातायता ठप्प भएको छ । यसअघि सोही सडक खण्डमा पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड ३६ घन्टापछि एकतर्फी सञ्चालनमा आएको थियो । ठूलो पहिरो खसेका कारण बुधबार दिनभर सडक ठप्प हुने सम्भावना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी… पुरा पढौ

यस्तो छ देशभरको सडकको अवस्था [विवरणसहित]

काठमाडौं, ६ साउन । आइतबारदेखिको अविरल वर्षापछिको बाढीपहिरोले मुलुकभरका अधिकांश सडक अवरूद्ध भएका छन् । सडक विभागका अनुसार देशभरका ३० वटा राजमार्गका ३३ वटा सडकखण्ड पहिरोले अवरूद्ध भएको जनाएको छ । पहिरोले अवरूद्ध भएका ३६ वटा सडकखण्ड पूर्णरूपमा सञ्चालनमा आएका छन् भने १३ वटा सडक एकतर्फीरूपमा सञ्चालनमा ल्याइएको सडक विभागको सम्भार महाशाखाले जनाएको छ । काठमाडौं प्रवेश गर्ने मुख्य सडक पृथ्वी राजमार्गको मौवाखोलाको पुल बाढीका कारण भत्किएपछि यातायात पूर्णरुपमा बन्द भएको छ। त्यसैगरी पृथ्वीराजमार्गकै विभिन्न सानो ठूलो पहिरोले विभिन्न खण्डमा… पुरा पढौ

मध्यपहाडी लोकमार्ग ठुलो ढुङ्गा सडकमा खसेपछि अवरुद्ध

पर्वत । मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वतको कुस्माबाट बागलुङ, म्याग्दी र मुस्ताङ जाने सडक सोमबार रातीदेखि अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक विश्वराज अधिकारीका अनुसार सडक अन्तर्गत कुस्मा नगरपालिका २ खुर्कोटमा पहिरोसँगै ठुलो ढुङ्गा खसेपछि सोमबार राती ११ बजेबाट सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि बागलुङ र म्याग्दीबाट पर्वत र पोखराका लागि छुटेका सवारी तथा पोखरा र पर्वतबाट बागलुङ र म्याग्दीका लागि हिँडेका सवारीहरू पहिरो गएको स्थानको दुबैतर्फ रोकिएर बसेका छन् । पुरा पढौ

धादिङको पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्थित आगिञ्चोक गोलाङ खवासेमा गएको पहिरोमा परी घर पुरिदा एकै परिवारका ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । अविरल वर्षासँगै सोमबार राति आएको पहिरोले घर पुर्दा २६ वर्षिय सम्झना खाँण २८ वर्षिय मिलन खाँण र उनीहरुको दुई वर्षीया छोरी २ वर्षीया अन्जिता खाँणको मृत्यु भएको प्रहरीले जनाएको छ । अहिले घटना स्थलमा प्रहरी पुगि सकेको र स्थानीयको सहयोगमा मृतकहरुको शव निकालिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी रुपक खड्काले जानकारी दिए । आइतबारदेखि परेको… पुरा पढौ